शेयर बजारमा सामान्य घटबढ,कमाउनेमा बिकाश बैंक अगाडि

नमस्ते नेपाल कोरिया डट कम 
साताको अन्तिम दिन शेयरमा बजारमा  विकास बैंक बाहेक सबै समूह झरेपछि बजार ७  अंक बढीले ओरालो लागेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ । दिनभर उतारचढाब आएको बजारमा केही साना कम्पनीहरु धेरै कमाउनेको अग्रपक्तिमा देखिएका छन् ।

 विहीबार सेयरबजार परिसूचक नेप्से ७.३८ अंकले घटेर १३८२.४५ विन्दुमा झरेको छ । यसदिन विकास बैंक बाहेक सबै समूह ओरालो लागे । विकास बैंक समूह पनि एक अंकले मात्र सकारात्मक बनेको हो । अन्य सबै समूह ओरालो लागेका छन् ।

१४० कम्पनीको सेयर किनबेच भएको बजारमा १२ लाख ९५ हजार कित्ता सेयर ५४ करोड ३१ लाख रुपैंयामा किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार समेत ६ करोडले बढीले कम हो ।

२८ प्रतिशत बोनस सुरक्षित गर्नतर्फ लगानीकर्ता लागेपछि यसदिन एसबिआई बैंकको सबैभन्दा धेरै ४ करोड १३ लाख बराबरको सेयर किनबेच भयो । नेपाल लाइफको ३ करोड ९० लाख बराबरको कारोबार हुदा प्रभु बैंक, सानिमा र गरिमाले पनि दुई करोड बढीको कारोबार गरे । गरिमाको पनि २० प्रतिशत बोनसका लागि भोलिबाट सेयरधनीदर्ता पुस्तिका बन्द हुने भएपछि उच्च कारोबार भएको हो ।

सामान्य रुपमा झरेको बजारमा केही साना कम्पनीका लगानीकर्ता धेरै कमाउनेमा देखा परे । यसदिन नेरुड लघुवित्त र राप्तीभेरी विकास बैंकका लगानीकर्ताले दश प्रतिशतकै हाराहारीमा कमाएका छन् । नेरुडेले धितोपत्रबोर्डबाट ५० प्रतिशत हकप्रद निष्कासनको अनुमति पाएपछि नेरुडको सेयरमूल्य एकाएक बढेको हो ।

यस्तै राप्तीभेरी पनि दुईसय प्रतिशत हकप्रद जारी गर्ने अनुमति लिन बोर्ड पुगेकोे खबरले यसको पनि सेयरमूल्य बढेको देखिन्छ । यस्तै जानकी फाइनान्स, जनउत्थान लघुवित्त, शाइन रेसुङा तथा साझा विकास बैंक लगायतका कम्पनी धेरै कमाउनेमा परे ।



यसदिन सहयोगी वकास बैंककासेयरधनीहरुले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य आठ प्रतिशत भन्दा धेरैले बढेको छ । एनएमबि बैंक संस्थापक, पोखरा फाइनान्स तथा जलविघुत लगानी तथा विकास लगायतका सेयरधनीहरु धेरै गुमाउनेमा परे ।

0 comments

Write Down Your Responses

-->