कोरियाली सरकारद्धवारा सरकारी टेलिभिजनको मूल्यांकन समितिमा नेपाली डाक्टर राजेशचन्द्र जोशी नियुक्त

लिलु डुम्रे ,सउल ,कोरिया 
 दक्षिण कोरियाली सरकारले सरकारी टेलिभिजनको मूल्यांकन समितिमा एक नेपाली डाक्टरलाई नियुक्त गरेको छ । केबिएस टेलिभिजनको थेगु प्रसारणमा डा. राजेशचन्द्र जोशीलाई नियुक्त गरिएको हो । १२ सदस्यीय मूल्यांकन समितिमा डा. जोशी पहिलो बिदेशी नागरिक हुन् । २७ औ मूल्यांकन समितिमा नियुक्ति पाएका डा. जोशीको कार्यकाल एक बर्षको हुनेछ । प्रसारित कार्यक्रमहरुको मुल्याकन गरि अझ प्रभावकारी बनाउन राय दिने आफ्नो मूल्यांकन समितिको दायित्व रहेको डा जोशीले बताए ।

२०१४ देखि ख्यांग्जु नगरपालिका स्थित गेरियात्रिक हस्पिटलमा फेमिली मेडिसिन बिशेषज्ञको रुपमा कार्यरत जोशीले प्रबाशी कामदार केन्द्रित कार्यक्रम उत्पादनका लागि जोड दिने बताए । कोरियाको बिकाशमा इपिएस कामदारको महत्वपूर्ण देन रहेको बताउदै जोशीले भने उत्पादित कार्यक्रम कामदारहरुका बिषयमा पनि केन्द्रित हुनुपर्छ । २००३ बाट सरकार मातहत संचालन गरिएको केबिएस टेलिभिजनका दक्षिण कोरियामा सबैभन्दा बढी दर्शक छन । क्षेत्रीय प्रसारणबाट उत्पादित कार्यक्रमहरु केन्द्रीय प्रसारणबाट पनि प्रसारण गरिने व्यवस्था छ । सोहि टेलिभिजनमा यस अघि सल्लाहकार रहेका जोशी १९९२ देखि कोरियामा रहेका छन ।

जोशी नेपालीहरुमा एक मात्रै मेडिकल डाक्टर हुन् । जोशीको सक्रियतामा नेपालमा स्वयमसेवी कार्यमार्फत सेवा पुर्याउन हाननेसा सस्था गठन गरिएको छ । जोशीले तनाव व्यवस्थापनका लागि प्रत्येक सनिबार साँझ नेपाली कामदारहरुलाई परामर्श दिदै आएका छन । डा. जोशीको सक्रियतामा नेपालका विभिन्न स्थानमा कोरियन डक्टरहरु सम्मिलित निशुल्क स्वास्थ्य क्याम्पहरु पनि गरिदै आएको छ । आगामी दिनमा दुर्गम जिल्लाहरुका स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन सहयोग केन्द्रित गरिने जोशीले बताए ।

,

0 comments

Write Down Your Responses

-->