बिधार्थी राजनीति कतातिर ?

बिमल सुबेदी -सउल , कोरिया -
केहि दिनदेखि पत्रपत्रिका र सामजिक संजालमा आउदै गरेको स्ववियु चुनाब र यो संगै सम्बन्धित बिभिन्न समाचारले मलाई प्रबासमा रहेपनि नेपालको बिधार्थी राजनीतिको बारेमा सोचमग्न बनायो | यथार्थाता हो आधुनिक नेपालको आज सम्मका सम्पूर्ण परिवर्तन, बिधार्थी जगतमा रहेको राजनैतिक चेतनाको उपज भएतापनि ति बिरलैरुपमा बिधार्थी आन्दोलनका उपलब्धिका रुपमा स्थापित भए |

२०३७ सालको जनमत संग्रह बाहेक अन्य कुनै पनि एजेण्डालाइ आफैलाई सबैभन्दा शिक्षित र सचेत ठान्ने बिधार्थी र बिधार्थी राजनैतिज्ञले राष्ट्रिय एजेण्डाका रुपमा स्थापित गर्ननै सकेनन् | सधै एक इमान्दार सिपाही सरह आफ्ना माहु पार्टीको आज्ञा र बाटोमा निरही रुपमा हिडीनै रहे | आफनाले गल्ति गर्दा ढाल भनेर उभिए तर आफु इतरका गल्ति गर्दा सधै सडक तताई नै रहे |
समय र परिस्थिति अनुसार अनेकन नारा र माग राखेर बिधार्थी आन्दोलनले अनेकन मोड र घुम्ती पार गर्यो| जनआन्दोलन ६२-६३ पछाडी बिधार्थी जगतले बोकेको अर्को नारा या आन्दोलनको अधिकतम लक्ष्य भनेको उनीहरुको शब्दमा नयाँ नेपालको निर्माण रहेको छ! जुन रुप र आकारमा यो माग अघि सारिएको छ, लाग्छ यो कुनै शासक वा नेताको हातमा कैद छ र चर्का चर्का आवाज, हडताल, बिरोध वा कुनै राजनीतिक पार्टीको डम्फु बजाउदै हनुमान हुदैमा प्राप्त हुने अधिकार हो | के ‘नयाँ नेपाल निर्माण’ अधिकारहरुको प्राप्ति मात्र हो या कुनै सरकार नेता वा प्रतिनिधिसंग गरिने कागजी सम्झोता मात्र हो? के अधिकार माग्दा कर्तव्य र जिम्मेवारी संगसंगै आउदैनन्?

तसर्थ नयाँ नेपाल निर्माणको महायज्ञमा बिधार्थी राजनीतिको भूमिका के र कस्तो हुने भन्ने बिषयमा बहस हुन् अति अवास्यक रहेको छ! परिवर्तित र परिमार्जित नयाँ नेपालको अपेक्षा र माग राख्ने बिधार्थी जगत के आफैपनि परिमार्जित हुन आवस्यक छैन? हिजोको जस्तो निरकुंश र अपराजन्त्रिक शासन व्यवस्थामा बिधार्थी राजनीतिज्ञ र स्वबियुले खेलका राजनैतिक भूमिकाको कटौती गरि पूर्णता शैक्षिक परिधिमा केन्द्रित गरिनु पर्दैन? के स्वबियु भबिश्यका नेता जन्माउने कारखाना मात्र हो? र राजनैतिक आधारमा स्वबियु चुनाव हुन दिने कि नदिने? र स्वबियु को अधिकार कुन तह र कुन उमेर सम्म दिने यी र यस्तै बिषयमा अब ढिला नगरी बहसको सुरुवात गरिनु पर्छ| अब ढिला नगरी स्वबियु अन्तरास्ट्रिय प्रचलन बमोजिम स्नातक तह सम्म कायम गरि अहिले प्रस्तावित उमेरहदलाई २८ बाट २५ वर्ष कायम गरिनुपर्छ|

पछिल्लो दशकमा बिधार्थी राजनीति र स्वबियु, विधार्थी र शैक्षिक समस्याको समाधान तथा सहजीकरण भन्दा आफै शैक्षिक क्षेत्रको सबैभन्दा बिकराल समस्या बन्न पुगेको छ! समय बदलिएको छ अबको बिधार्थी राजनीतिक नेत्रितोले राजनैतिक होइन बैचारिक बहसको केन्द्रबिन्दु बन्दै राष्ट्रिय बैचारिक आन्दोलनको थालनी गर्दै देश निर्माणको मार्गनिर्देश गर्नुपर्छ| जसका लागि पहिलो र प्राथमिक प्रस्थानबिन्दु भनेको आफै सुध्रदै अरुलाई सुधार्नु हो|

के अब पनि स्वबियु र बिभिन्न मागका नाम गरिने तालाबन्धि र बिरोधका कारण दिनानुदिन हुने शैक्षिक अवरोध निरही भएर हेरीनै रहेने? के बिधार्थीको अराजक झुण्डले आफ्नै बिधालयमा गरिने तोडफोड, र शैक्षिक संस्थामा हुने विभिन्न राजनैतिक कार्यक्रम एवंम गतिविधिलाई निरन्तर गरिराख्ने ? के अझै पनि शैक्षिक सामग्री समाउनु पर्ने हातहरुले मसाल समाएका तस्बिर वा निश्चित पार्टी भक्तिताका तस्बिर गर्बका साथ सामाजीक संजालमा राख्दा कुनै लज्जा बोध नगर्ने? अनि स्ववियु चुनाबका नाममा फेरी हप्तौ कक्षा स्थगन र बिधालय बन्द गरिने रहने?

हो अब नयाँ नेपाल निर्माण गर्ने हो भने प्रथम परिवर्तनको सुरुवात हामी आफैबाट गरिनुपर्छ र अबको स्वबियु चुनाव परिवर्तन र नयाँ नेपालको पहिलो सूचक बन्न सक्नु पर्छ| आशा गरौ अबको स्वबियु चुनाव राजनीतिक पार्टीहरुको प्रतिस्पर्धाबाट माथि उठेर शैक्षिक एजेण्डाहरुले प्राथमिकता पाउनेछन्| स्वबियु चुनावको नाममा शैक्षिक गतिविधिहरुमा कुनै अवरोध हुने छैनन| साथै स्वबियु अधिकारलाइ निश्चित शैक्षिक र रचनात्मक गतिबिधिको परिधि भित्र सिमित गरि विधालय नितान्त शैक्षिक थलोको रुपमा रुपान्तरित हुनेछ र बिधालयमा बिधार्थी शिक्षा आर्जनका लागि मात्र जानेछन्|

0 comments

Write Down Your Responses

-->