कोरियाको रेस्टुरेन्टमा लोक दोहारी साँझ हुने

लिलु डुम्रे,कोरिया -
लोक दोहारी पारखीहरुको लागि दक्षिण कोरियामा प्रत्येक महिनाको एक साँझ बिशेष दोहोरी साँझ आयोजना गरिने भएको छ । नेपाली लोक संस्कृति तथा दोहोरी गायन मार्फत मनोरज्नन प्रदान गर्न लागिएको हो । दोहोरी गायक तथा गायिका मार्फत स्वच्छ मनोरन्जन दिने हेतुले सुवन स्थित एभरेस्ट रेस्टुरेन्टमा दोहोरी साँझ संचालन गर्न लागिएको हो ।

फेब्रुअरी १८ अर्थात् आगामी सनिबार दोहोरी साँझ आयोजना गरिएको छ । शुरुवातका चरणमा दोहोरी साँझ हरेक महिनाको एक साँझ मात्रै गरिने रेस्टुरेन्ट संचालक प्रेम गुरुङले जानकारी गराए । व्यवसायिक भन्दा पनि हाम्रो कला संस्कृति तथा नेपाली चिनारी लोक दोहोरी भएकोले दोहोरी साँझ राखिएको गुरुङले बताए ।
दुख पिडा विर्सन तथा मौलिक स्वर सुन्न दोहोरी साँझको प्रारम्भ गरिएको उनले बताए । नेपाली भेषभुषा पहिरनमा भएका दुइ गायिकासँग उपस्थितले दोहोरी गित मार्फत प्रत्यक्ष सबाल जवाफ गर्न गर्न सक्नेछन । दोहोरी साँझलाई शब्य र मर्यादित रुपमा सम्पन्न गर्नका लागि यामु थापा र सन्तोष कश्यपले संयोजन गरिरहेका छन । श्लील शब्दमा लोक दोहोरी गायन मार्फत स्वच्छ मनोरञ्जनका प्रदान गरिने संयोजन मध्यका एक यामु थापाले बताए । एभरेस्ट रेस्टुरेन्ट सुवन (१२ गेट नजिक ) मा प्रस्तुत हुने दोहोरी साँझ शालीन हुने सन्तोष कश्यपले जानकारी दिए ।

0 comments

Write Down Your Responses

-->