कोरियामा छायांकन गरिएको म्युजिक भिडियो ‘गयौ तिमी’ सार्वजनिक

नमस्ते नेपाल कोरिया डट कम -
दक्षिण कोरियाको बुसान र किम्हेमा छायांकन गरिएको  ‘गयौ तिमी मेरो मन झस्काएर गयौ'' बोलको  म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 दक्षिण कोरियामा कार्यरत डि.आर अटुको संगीत,गजलकार बिनोद वान्तवा राईको शब्द  र सि.डि.विजय अधिकारीको स्वर रहेको उक्त गीतलाई मोडेल तथा निर्देशक संजीव राईले निर्देशन गरेका छन् ।  उक्त म्युजिक भिडियोमा निर्देशक संजीव राईका साथमा केदार भण्डारी, डेनिसा थुलुङ र बालकलाकार किम अन्हेको अभिनय रहेको छ । बिक्रम नेमबाङले छायांकन गरेको उक्त म्युजिक भिडियोको सम्पादन मनिष कार्कीले गरेका छन् । मुनलाइट फिल्म्सको प्रस्तुति रहेको म्युजिक भिडियो सार्वजनिक हुनसाथ संगीतकार डि.आर अटुले
 उक्त म्युजिक भिडियो राम्रो बनेको छ र  धेरैले हेर्ने विश्वास गरेको बताए l

म्युजिक भिडियोमा अभिनय गर्दागर्दै निर्देशनतिर लागेका संजीवले केही म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । ” प्रदेशी भइयो छोडी आफ्नै गाउँ- वेशीलाई सम्झना छ भनिदिनु है मेरी प्रियसीलाई” .. ..बोलको म्युजिक भिडियोबाट मोडलिङ यात्रा शुरू गरेका राईले तयाहांमा राईको ” आउ तिमी सम्झनाको विमान चढी ..” बोलको म्युजिक भिडीयो निर्देशन गरेर निर्देशकीय क्षमता समेत प्रस्फुटन गरेका थिए । ‘मोडलिङ  रहर हो र निर्देशन मेरो इच्छा र सौख । त्यसैले दुबैलाई अगाडि बढाउदै लानेछु’, संजीव भन्छन् ।  मोडलिङ र निर्देशनसँगै सामाजिक क्रियाकलापमा समेत त्यत्तिकै सक्रिय राई नेपालमा हुँदा विद्यार्थी राजनीतिमा समेत सक्रिए रहेका थिए । नेपालको उदयपुरका संजीव राई त्रिभुवन विश्वविद्यालय अन्तर्गत विज्ञान विभाग जियोलोजीमा एम एस सी गर्दागर्दै २०१३ मा वैदेशिक रोजगारीका लागि कोरिया आएका हुन् ।

,

0 comments

Write Down Your Responses

-->