अनलाइन कारोबार स्थापना हुने खबरले नेप्सेमा ६३ अंक बढ्यो

नमस्ते नेपाल कोरिया -१९ माघ,
 बुधबार नेप्सेले अनलाइन कारोबार प्रणाली स्थापनाका लागि सफ्टवेयर निर्माता कम्पनीलाई निर्देशन दिएको खबरका कारण बजारमा उछाल आएको छ ।

विगत लामो समयदेखि मडारिएको कालो बादल अनलाइन कारोबार प्रणाली स्थापनाको काम अगाडि बढेको खबरले बुधबार नेप्से परिसूचक ६३.२३ अंकको  उछालको गतिमा दौडदै १३८९.८३ अंकको उचाईमा फर्किएको हो । यो दिन सबै समूहको सूचकमा उच्च बढोत्तरी भएको छ । कारोबार रकम पनि ६० करोड माथि पुुगेको छ ।

बुधबार सबैभन्दा बढी बिमा समूहको सूचकमा उछाल आएको छ । यो समूहको सूचक ६.५९ प्रतिशत(३७६ अंक)ले बढ्यो । वाणिज्य बैंक समूह ६४.०५ अंकले बढ्दा विकास बैंक, बित्त, जलविद्युत र होटल समूहमा क्रमशः ५६.५, १९.४१, ८०.८९ र ४४.५१ अंकले बढे । अन्य समूहमा पनि २५.४५ अंकको बढोत्तरी देखियो ।

'क' वर्गका कम्पनीको कारोबार वृद्धि सँगै सेन्सेटिभ इण्डेक्स १३.६३ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ४.७६ अंकले वृद्धि भयो ।

धेरै कारोबार गर्ने कम्पनी
बुधबार १३७ कम्पनीको कुल १८ लाख ३३ हजार ४ सय ४० कित्ता सेयर ६० करोड ६७ लाखमा किनबेच भयो । सबैभन्दा बढी सिद्धार्थ बैंकले ८ करोड २२ लाखको कारोबार गर्यो । नेपाल टेलिकमको ६ करोड १७ लाख बढीको सेयर किनबेच भयो भने जलविद्युत लगानी तथा विकास कम्पनीको ३ करोड ७० लाख, एनबी बैंकको २ करोड ३१ लाख, प्रभूू बैंकको २ करोड २३ लाख, सानिमा बैंकको १ करोड ९७ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ७२ लाख बढीको कारोबार भयो । बुधबार धेरै कारोबार गर्ने १० कम्पनीको सूूचिमा वाणिज्य बैंक ६ स्थानमा रह्यो भने २ स्थानमा जलविद्युत कम्पनी, एक स्थानमा विकास बैंक र बाँकी एक स्थानमा अन्य समूहको बर्चश्व रह्यो ।

धेरै कमाउने र गुुमाउने कम्पनी
बुधबार ४ कम्पनीले १० प्रतिशतले सम्पत्ति कमाए भने थप १० कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतकै हाराहारीमा वृद्धि भयो । स्वालम्बन विकास बैंक, हिमालयन जनरल इन्स्योरेन्स, साना किसान विकास बैंक, छिमेक लघुवित्त विकास बैंकको सेयर मूल्यमा १० प्रतिशतको उछाल आयो । यस्तै, नेपाल ग्रामीण विकास बैंक, एनएलजी इन्स्योेरेन्स, प्रभू इन्स्योेरेन्स, यूनाइटेड इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक, सानिमा माई हाइडो पावर, प्रूडेन्सियल इन्स्योरेन्स, नेरुडे लघुवित्त विकास बैंक, रिदी हाइडोपावर डेभलपमेन्ट कम्पनी, प्राइम कमर्सियल बैंक र सिनर्जी फाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । ९ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतको हाराहारीमा वृद्धि भयो ।

यो दिन १२३ कम्पनीको सेयर मूूल्य बढ्यो भने ९ कम्पनीको सेयर मूल्य मात्र घट्यो । बजारमा उछाल आउँदा समेत एनएमबी बैंकको प्रोमोटर सेयरको मूल्यमा १० प्रतिशतको हाराहारीमा पहिरो गयो ।



0 comments

Write Down Your Responses

-->