कोरियामा संघिय लिम्बुवान सामाजिक मञ्चको बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

-मिसेक लिम्बु -सउल ,कोरिया -
संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रबाश समिति संघिय लिम्बुवान सामाजिक मञ्च द. कोरियाले कोरियाको नयाँ बर्ष सलनालको बिदामा गत जनवरी २७ गते सउलको तुङ्देमुनमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
 

 संघियता , पहिचान र अादिबाशी जनजातिहरूको अधिकार बिषयमा सम्पन्न उक्त कार्यक्रममा नेपाल अादिबाशी जनजातिमहा संघ, जातिय संस्था , संघिय गठबन्धन र पहिचानबादी संगठनका अध्यक्ष तथा प्रतिनिधिहरूको ब्यापक उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा अायोजक संघिय लिम्बुवान सामाजिक मञ्चका अध्यक्ष मिराप काम्बाङ्ले संघियता र पहिचान सहितको लिम्बुवान राज्य प्राप्तिको लागि  संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च दशकौ देखि सडक अान्दोलनमा रहेको र लिम्बुवान प्राप्ति नभए सम्म निरन्तर अान्दोलनमै रहि रहने स्पष्ट पार्दै  पहिचान बिरोधी एकात्मक राज्यले भिराएको जातिय राज्यको बिल्ला माथि बिश्वाश नगर्न अाग्रह गर्नु भयो । एेतिहासिक पृष्ठ भूमिको अाधारमा नेपाल अन्तर्गतको लिम्बुवान चाहेको र एकात्मकबादीहरूले भ्रम फैलाएको जस्तो स्वतन्त्र राज्यको माग नरहेको प्रष्ट पार्दै उक्त भ्रमलाई चिर्न पहिचानबादीहरूको सहकार्य अावश्यक रहेको चर्चा गर्नु भयो ।

अादिबाशी जनजातिहरू २५० बर्ष देखि राज्यले दोस्रो दर्जाकोरूपमा ब्यवहार गर्दै अाएकोले अब अाफ्नो हकअधिकारको लागि सबै जनजातिहरू एकजुट भएर अघि बढ्नुको बिकल्प नरहेको बताउदै नेपाल अादिबाशी जनजाति महासंघका अध्यक्ष चित्र मोक्तानले अादिबाशी जनजातिको लागि महासंघले निरन्तर अावाज उठाई रहने छ भन्नु भयो ।

संघिय समाजबादी फोरमका ब. उपाध्यक्ष धिरेन गुरूङले जब सम्म एकले अर्कोलाई स्विकार गर्ने हामिमा चेतनाको बिकाश हुँदैन तब सम्म राज्यले एकअापसमा जुधाए "फुटाउ अनि राज्य गर " भन्ने निति  लागु गरेर हालिमुहालि गरि रहनेछ त्यसैले एक अर्कालाई स्विकार गरेर एकजुट भएर जान अाग्रह गर्नु भयो ।
नयाँ शक्ति नेपालका लोचन राई , नेपाल अादिबाशी जनजातिमहा संघका ब. उपाध्यक्ष  पवन राई , किरात राई यायोख्खा उपाध्यक्ष पदम राई , थारू कल्याणकारिणी सभाका अध्यक्ष पुष्प चौधरीले पनि अा- अाफ्नो मन्तब्य राख्नु भएको थियो ।

0 comments

Write Down Your Responses

-->