१३ औ सिबिटि परिक्षा जेष्ठ १० गते देखि

दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनः कोरिया जाने मौका दिन लिदै आइरहेको १३ औ सिबिटी परिक्षा  जेष्ठ १० गते , ( मे – २३ ) तारिक देखि हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले २०७३ बैशाख २२ गते देखि २४ सम्म फारम् भर्ने मिती ( मे ४ – ६ ) , त्यस्तै बैशाख ३१ , ( मे- १३ ) गतेमा परिक्षा तालिका घोषणा, जेष्ठ १० ( मे २३ ) गते देखिमा परिक्षा हुने र असार १० ( जुन २४ ) गतेमा नतिजा प्रकाशन मिति तोकेको छ ।
ko
कोरियाबाट तीन बर्ष काम गरि फर्केका ३९ बर्ष नकटेका ब्यक्तीहरु मात्र सिबिटीमा सामेल हुन पाउदछन । मानब संशाधन बिकास (एचआरडी) कोरियाले सञ्चालन गर्ने कम्युटरमा आधारित परिक्षा (सिविटी)मा उत्पादनमुलक, कृषि तथा पशुपालन, निर्माण, मत्स्यपालन र सेवामुलक क्षेत्रमा काम गर्नका लागि फारम भर्न पाइन्छ । कोरियामा गैर कानुनी नबसेको, फौजदारी अभियोगमा जेल नपरेको, नेपालबाट विदेश जान रोक नलगाइएका ब्यक्तिहरु सिविटीका लागि योग्य हुन्छन् । सिविटीमा सामेल हुनका लागि कोरियाबाट फर्किँदा एलाइन्स रेजिष्ट्रेसन कार्ड कोरियाको अध्यागमनमा बुझाएको हुनुपर्दछ ।
10862587_414105852072669_6085730074611324927_o
सिबिटी परीक्षामा उतिर्ण कामदारलाई कोरिया जानका लागि प्राथमिकता हुने ईपिएस कार्यालयले बताउदै आएको छ । कोरियामा ३ बर्ष भन्दा बढी बसेर वैधानिक रुपमा फर्केका कामदारका लागि लिइने परीक्षा भएकोले कोरियामा अबैधानिक कामदार घटाउन प्रभावकारी हुने भन्दै कम्प्युटरमा आधारित विशेष परिक्षा (सिविटी) लिने गरिएको छ । सिबिटि परिक्षा हरेक् ३ – ३ महिनामा १ पट्क् र हरेक् बर्ष ४ पटक् हुने गर्दछ्। पहिलो चोटि अनुतिर्ण हुदा पुन् दोश्रो ,तेश्रो परिक्षामा समावेश् हुन पाउने छ ।

0 comments

Write Down Your Responses

-->