नेपालको भुकम्प प्रभावित क्षेत्रमा पुर्ननिर्माण सहयोग जारी राख्ने आइएनको प्रतिबद्धता

गत वैशाख १२ गते नेपालमा गएको महाभूकम्पको एक वर्षमा, नेपाललाई उक्त भूकम्पको आपतकालिन घडीमा धेरैले गरेको योगदान तथा सेवाहरूलाई सम्झने तथा समिक्षा गर्ने समय आएको छ । अझै पनि ३० लाखभन्दा बढी मानिसहरूलाई आफ्नो स्थायी घर पुनर्निर्माण गर्नका लागि प्राविधिक तथा आर्थिक सहयोग आवश्यक भएको अवस्था तथा समुदायको पूर्वाधार तथा सेवालाई पुनर्बहाली गर्नका लागि ठोस सहयोग आवश्यक भएको अवस्थामा, हामीले अझ धेरै कार्यहरू गर्दै अघि बढ्नु छ । स्थानीय समुदायलाई ‘श्रेष्ठतर पुनर्निर्माण’ तथा उनीहरूका जीवन र जीविकोपार्जनलाई पुनस्र्थापनामा सहयोग गर्नका लागिअन्तर्राष्ट्रिय गैर सरकारी संस्था संघ (एआइएन) नेपाल सरकारसँग सहकार्य गरिरहन प्रतिवद्ध रहेको छ ।
महाभूकम्प गएको एक वर्षको वार्षिकीलाई स्मरण गर्नका लागि आज आयोजना गरिएको एक कार्यक्रममा एआइएनकी निमित्त अध्यक्ष सराह ब्लिनले एआइएनको प्रतिवद्धतालाई पुनरावृत्ति गर्दै भन्नुभयो, “महाभूकम्पबाट प्रभावित जनसंख्याका लागि यो वर्ष कष्टप्रद रहेको छ, र महाभूकम्प गएको केही हप्ताहरूमै एआइएनका सदस्यहरूले विश्वभरकादाताहरूको सहयोगमा समयोचित तथाजी वन रक्षा गर्ने सहयोग उपलब्ध गराएकाथिए । हामी यी जिल्लाका जनसंख्या प्रति हाम्रो सहयोगलाई अझ विस्तार गर्न चाहान्छौं, विशेषगरी सबैभन्दा जोखिममा रहेका जनसंख्या लाई राम्रो घरमा बस्ने, न्यूनतम सेवाहरूमा पहुँच हुने र भविष्यमा आउन सक्ने विपद्कालागिअझ सबल रुपमा सुरक्षित रहन सक्ने गरी हामी सहयोग गर्न चाहान्छौं ।”
‘इन द रिमम्बरेन्स अफ द विलभ्ड लाइभ्स् लष्ट, इन द ग्य्राटिटउड अफ द टायरलेस इफोर्ट’ नाम दिइएको उक्त कार्यक्रममा आफ्ना नागरिकलाई सेवा गर्नका लागि अथक प्रयास गर्नेमध्ये रेडियो नेपाल, नेपालआर्मी, नेपालप्रहरी र सशस्त्रप्रहरी बललाई सम्मान गरिएको थियो । सञ्चार क्षेत्रका राष्ट्रिय स्तरका प्रतिष्ठित व्यक्तित्वहरूबीच गरिएको प्यानल छलफलमा सञ्चार क्षेत्रको दृष्टिकोणबाट अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको भूमिका उपर छलफल गरिएको थियो ।महाभूकम्पबाट प्रभावितहरूलाई राहत तथा पुनर्उत्थानका लागि सहयोग गर्नका लागि अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूले वर्षै भरी गरेको सहयोग महत्वपूर्ण रहेको र हाल भइ रहेको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले निर्वाह गर्ने भूमिका अहम रहेको निचोड उहाँहरू प्रस्तुत गर्नु भएको थियो ।
आपतकालिनअवस्थाप्रतिको अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूको सम्बोधन
सन् २०१५को विनाशकारी महाभूकम्पप्रति दू्रत तथा प्रभावकारी ढङ्गले सम्बोधन गर्नका लागि अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूले (जो अधिकांश एआइएनको प्रबन्धअन्तर्गत रहेका छन्) सरकार तथा अन्य अन्तर्राष्ट्रिय निकायहरू सँग सहकार्य गर्नका अन्तर्राष्ट्रिय दक्षता तथा स्रोतहरू झिकाएका थिए । प्रभाव समुदायहरूलाई सहयोग गर्न राहतको पहिलो दिन देखि नै अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूले आफ्नो आन्तरिक देशगत टोली तथा स्थानीय साझेदार गैर–सरकारी संस्थाहरूलाई तत्कालै परिचालन गर्न र विपद्को समयमा राहत प्रदान गर्न अन्तर्राष्ट्रिय विशेषज्ञहरको सहयोग लिन एआइएनका सदस्य संस्थाहरू सक्षम भएका थिए । सरकार, संयुक्त राष्ट्रसंघ तथा देशमा प्रवेश गरेका सबै नयाँ अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरू सहित अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूका दातृ निकायहरूको राहत तथा सम्बोधनलाई समन्वय गर्न एआइएनले जसले अन्तर्राष्ट्रिय गैर–सरकारी निकायहरूको आवाजलाई एकरुपता प् रदान गरेको थियो ।
आवास सहयोग प्रदानगर्ने, स्वास्थ्य, शिक्षा, खानेपानीतथा सरसफाई र जीविकोपार्जनसँग सम्बन्धितआधारभूत सेवाहरूलाई सहयोग गर्ने र शिविर तथा लजिष्टिक सहयोग प्रदानगर्ने कार्यहरू अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूको भूकम्पपश्चातको कार्यक्रमहरूमा समावेश भएका थिए । भूकम्प पश्चातको पहिलो ६ महिनामाएआइएनका सदस्यहरूले गरेको सहयोग २० करोड अमेरिकी डलर भन्दा अधिक रहेको थियो रयी क्षेत्रहरूमा अवस्थाहरूलाई सुधार तथा पुनर्उत्थान गर्नकालागि १२ लाख भन्दा अधिक घरधुरीका ३५ लाख भन्दा अधिक व्यक्तिहरू सम्म उक्त सहयोग पुगेको थियो ।
“आगामी दुई देखि पाँचवर्ष भित्रमा पुनर्निर्माण गर्नका लागि एआईएनका सदस्यहरुले थप २२ करोड ९० लाख अमेरिकी डलर जुटाउन प्रस्ताव पेश गर्दैछ्न ।”
पुनउत्र्थान तथा पुनर्निर्माणमा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरू
प्रभावित समुदायहरूको पुनर्निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नकालागिअन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूले उल्लेखनीय स्रोतहरू जुटाएका छन् । विश्वव्यापी रुपमा अन्य विपद् प्रतिको सम्बोधनको अनुभव तथा सिकाइमा आधारित प्राविधिक दक्षता र स्थानीय समुदाय सँग प्रभावकारी रुपमा कार्य गर्ने प्रयोग र प्रमाणित विधिहरू झिकाउने कुरा पनि यसमा समावेश भएका छन् । नेपालका सबैभन्दा गरिब समुदाय र सबैभन्दा जोखिममा रहेका तथा सीमान्तकृत समुदायको विशेष गरी आवास, स्वास्थ्य, शिक्षा, जीविकोपार्जन, सुरक्षा, खानेपानी तथा सरसफाई र विपद् पूर्व तयारी लगायत सबै क्षेत्रमा हुने पुननिर्माणमा प्राथमिक पहुँचको सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरू केन्द्रित रहेका छन् ।
एआइएनका सदस्यहरू विशेष गरी स्थानीय तथा राष्ट्रिय सरकारी निकायहरूसँग सहकार्य र समन्वयमा कार्य गर्न प्रतिवद्ध रहेका छन् ताकी अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूले नेपालको भूकम्प पश्चातको पुनर्उत्थान तथा पुनर्निर्माणका लक्ष्यहरूलाई प्रभावकारी तथा कार्यकुशलताका साथ सहयोग गर्न र नेपालको दीर्घकालिन विकास लक्ष्यहरू हासिल गर्न निरन्तर कार्य गर्न सकुन ।
थप जानकारीका लागि,
कृपया निम्न ठेगानामा सम्पर्क राख्नुहोलाः
सारा ब्लिन
निमित्तअध्यक्ष, एआइएन
director@hi-nepal.org

0 comments

Write Down Your Responses

-->