तिमि आयौ जिन्दगीमा [म्युजिक भिडियो कोरिया ]


प्रथम पट्क अभिनित म्युजिक भिडियो बाटै चर्चित हुँदै पुरुषोत्तम गौतम


चर्चित गीत "तिमि फुल्यौ कतै म फुलें कतै" गीतका स्वरका धनी सौगात सायरको पछिल्लो गीत "तिमि आयौ जिन्दगीमा" कोरिया मा निर्माण भएको म्युजिक भिडियो ले नेपाली साङ्गीतक बजार मा धेरै नै चर्चा पाउन सफल भएको छ। उक्त भिडियो को मोडलमा पुरुषोत्तम गौतम र सुम्निका लिम्बु ले ले सुन्दर अभिनय गरेका छन् ।संगीता आभास को शब्द तथा गाएक सौगात साएर कै संगित रहेको यो गीतमा माया गर्ने मान्छे आफ्नो जिन्दगीमा आए पछि को खुशी लाई व्यक्त गरिएको छ । दक्षिण कोरिया मा धेरै नै गीत को छायांकन गरेर बजारमा मा आए पनि अहिले भर्खरै सार्वजनिक भएको यस गीत भने सबै भन्दा उत्कृष्ट मानिएको कोरिया मा रहेका नेपालि हरु बताउछ्न।अतिनै सुन्दर लोकेसन मा छायांकन गरिएको 'तिमी आयौ जिन्दगीमा ' बोलको गीतले अबस्य पनि देश बिदेश मा रहेका नेपाली समुदाय मा राम्रो ठाउँ पाएको छ। फुर्सदको समयमा सबैले हेरेर मनोरञ्जन लिइरहेका छन।
रामेछाप गुन्सी भदैरे का पुरुषोत्तम गौतम र इलाम कि सुम्निका लिम्बू को उत्कृष्ट अभिनय को साथ साथै गाएक सौगात सायर को सुमुधुर स्वर् ले सजिएको यो गीत सुनेर युवा पुस्ता लाई आफ्नो प्रेम काहानी को याद दिलाउछ । माया गर्ने मान्छे को आगमन पछि नयाँ जिबन पाए जस्तो भान हुने गरेको देखाउन खोजेको र युवा पुस्ताको प्रेम लाई प्रतिनिधित्व गरेको भिडियो का निर्देशक कमल ओलि ले बताउनु भयो। प्रथम पट्क अभिनित यस म्युजिक भिडियो बाट चर्चित हुँदै सबै सामु चिनिदै छन पुरुषोत्तम गौतम।यो उनी द्वारा अभिनित प्रथम र चर्चा कमाउन सफल भर्को आधुनिक गीतको म्युजिक भिडियो पनि हो। भिडियो https://www.youtube.com/watch?v=8UgfpWoKrNc&feature=youtu.be

0 comments

Write Down Your Responses

-->