आउदो आइतबार सोलमा नयाँ बर्ष लाईभ कन्सर्ट तात्दै

नमस्ते नेपाल कोरिया सम्बादाता ,१४ अप्रिल ,२०१६,कोरिया 
नयाँ बर्ष २०७३ को सुखद अवसरमा दक्षिण कोरियाको राजधानी सोलमा अप्रिल १७ तारिक आईतबार भब्य लाईभ कन्सर्ट हुने भएको छ ।
दक्षिण कोरियामा रोजगारीको क्रममा आएका नेपालीहरु माझ नेपाली नयाँ बर्षमा एकदिन भब्य रमाईलो गराउन एकिकृत सिर्जनशील अनाथलय दक्षिण कोरियाले कार्यक्रमको आयोजना गरेको हो ।
संस्थाले भुकम्पबाट अभिभावक गुमाएका तथा अन्य कारणले अनाथ बन्न पुगेका बालबालिकाहरुको सहयोगार्थ उक्त कार्यक्रम कोरियन नयाँबर्ष सलनालमा गर्ने भनेर निश्चित गरेको भएतापनी उक्त समयमा अन्य सङ्घ -संस्थाहरुको कार्यक्रम सँग जुध्न गएपछी केहि समय स्थगित गरिएको थियो । उक्त स्थगित कार्यक्रम नै नेपालीहरुको बिशेष नयाँ बर्षको अवसरमा बिशेष भब्यताको साथ गर्ने तयारी भैरहेको संस्थाले जनाएको छ ।
सोल स्थित छोङ्गाक स्टेशन नजिक रहेको झोगेसा गुम्बाको हलमा हुने कन्सर्ट सँगै कोरियाबासी नेपालीहरुलाई तताउन नेपालबाट ” द एक्स ब्याण्ड “सहितको टोली आउने भएको छ । संस्थाले अघिल्ली सुचना र टिकटमा दोंङ्गुक युनिभर्सिटिमा गर्ने भनेर लेखिएको भएपनी प्राविधिक कारणले स्थान परिवर्तन गर्नुपरेको समेत जानकारी दिँदै त्यसप्रती हुन गएको अ सरप्रती क्षमा याचना मागेको छ ।
कोरियामा हुने नेपाली नयाँ बर्ष लाईभ कन्सर्ट – २०७३ को आयोजक संस्था एकिकृत सिर्जनशील अनाथलय द कोरियाले कोरियामा रहेका सम्पुर्ण बिधार्थी ,पत्रकार , श्रमिक , बुद्दिजिवी , समाजसेवी साथै ब्यबसायी , बिभिन्न सङ्घ संस्थाका प्रतीनिधीहरु सबैमा आफ्नो राष्ट्रको नयाँ बर्षको महत्व सम्झिएर कार्यक्रममा उपस्थित भैदिनुहुन हार्दिक निमन्त्रणा ,साथै अनुरोध गरेको छ ।

मिती : अप्रिल १७ ,आईतबार्
स्थान : झोगेसा गुम्बा ,(छोङ्गाक स्टेशन ,गेट नं २ बाट ३ मिनेट अगाडी)
समय : ११ बजे देखी ५ बजे सम्म

भिडियो :https://www.youtube.com/watch?v=xiGBN0tWYQc

0 comments

Write Down Your Responses

-->