२०७२ साल समिक्षा गर्दै नया बर्ष ०७३ यस्तो होस

अमृत प्रसाद  बास्तोला (अनन्त )

अमृत प्रसाद बास्तोला 
१३ अप्रिल २०१६ ,कोरिया l
जे जस्तो घाउ चोट दिदै भय पनि २०७२ साल हामी बाट बिदा हुदै छ ।भोलि को सुर्योदय सङै नयाँ साल ले हाम्रो घर आगन मा पाइला राख्ने छ। पक्कै पनि २०७२ साल ले पनि चाहेको त थियन होला हामी नेपाली हरु लाई चोट दिन को लागि तर हामी हाम्रै कारण हरु बाट धेरै चोट खान पुग्यौ र फेरि दोष २०७२ लाई दियौ ।भुकम्प गयो दशौ हजार नेपाली हरु ले ज्यान गुमाउनु पर्यो भुकम्प आफै ले ज्यान लियको होइन हामिले बनायका कमजोर संरचना हरु भत्कियर तेसै मा पुरीदा ज्यान गयो घाइते हुनु पर्यो । सायद हामिले आफ्ना घर महल लगायत बिकास निर्माणका कार्य हरु गर्दा भुकम्प प्रतिरोधी बनाउन सकेको भय क्षति को न्यूनीकरण गर्न सकिन्थ्यो होला ।त्यसै गरि २००७ साल देखि को जनता को माग संविधान सभा बाट संविधान को निर्माण गर्न २०७२ लाई नै कुर्नु पर्यो तर बिडम्बना को कुरा ५२ साल बाट सुरु भयको जनयुद्ध ६३ मा भयको राजनीतिक परिवर्तन अनि शान्ती प्रक्रिया र तेसपछी को दसक लामो राजनितिक खिचातानी का बिच जारी गरियको संविधान पनि न देश का अल्पसंख्यक नागरिक खुशी हुन पुगे न बहुसंख्यक केबल जारी गर्ने ब्यक्ती हरु को मृगतृष्णा मा नै रहिरह्यो संविधान ।संविधान जारी गर्दा को पुर्ब सन्ध्या बाट सुरु भयको मधेश आन्दोलन को फाइदा उठाउदै भारत ले नेपाल लाई अघोषित नाकाबन्दी लगायो जनजिबन दैनिक उपभोग को सामान को अभावमा मा कष्टकर बन्दै गयो भने मधेस आन्दोलन का क्रम मा भयका हिम्सात्मक झडप का कारण रास्ट्र सेबक सुरक्षाकर्मी साथै मधेश बासी नेपाली हरुको ज्यान समेत गयो।
संविधान निर्माण मा सम्पुर्ण सम्बन्धित ब्यक्ती हरु ले रास्त्र को हित को बारेमा सोचेर आफ्ना माग र मुद्दा को पछि नलागी देश हित को बारेमा सोची दियको भय सायदै कोहि कसैले अनाहक मा ज्यान गुमाउनु पर्दैनथ्यो होला तर त्यो भयन र अझै पनि नेता हरु मेरो गोरु को बाह्रै टक्का भन्दै निर्दोश जनता लाई जाती भासा क्षेत्र धर्म आदि को नाम मा भिडाउदै आफ्नो दुनो सोझाइ रहेका छन । अनि हामी जनता तिनै नेताको पछि लाग्दै तराइ पहाड ,बाहुन क्षेत्री जनजाती आदिबासी भन्दै लडिरहेका छौ कसैलाइ पिर भय जस्तो लाग्दैन नेपाल को बारे मा केबल आफ्ना आफ्ना डम्फु बजाउदै आफ्नै ताल मा नाच्दै छौ ।
कुरो भुकम्प र संविधान मा मात्र नरही नेपाली खेल जगत लाई पनि छुने गरि आयो २०७२ मा फूटबल मा लामो समय देखि मिलोमतोमा नेपाली टिम लाई हराउने गरि खेल्ने गरेको आरोप मा टिम क्याप्टेन सागर थापा लगायत अन्य केही खेलाडि हरु कारबाहीमा परे ।नेपाली खेल जगत का हिरो हरु राता रात छि छि र दुर दुर का पात्र बन्न पुगे भने नेपाली समर्थक हरु मा नैरास्यता छायो । तर यहि बेला नै नेपाली फूटबल मा नया युग को सुरुवात पनि सम्भब भयो 23बर्ष पछि नेपाली टोलि ले अन्तर्राष्ट्रिय उपाधी चुम्यो त्यो पनि २वटा जस्ले समर्थक को पीडा मा रहात को काम गर्यो भने युबा खेलाडी हरु बाट सुशोभित नेपाली टोलि ले भबिस्य को बाटो पनि प्रसस्थ गर्न सफल भयो ।
२०७२ को सुरुवात मै गयको भुकम्प त्यसपछी को बाढी पहिरो संविधान जारी र त्यस्को कारण ले सुरु भयको मधेश आन्दोलन भारत ले नेपाल लाई गरेको नाकाबन्दी फूटबल को मिलोमोतो को कान्ड विभिन्न सडक दुर्घटना , बर्ष को अन्त्य तिर लगातर भयका2 विमान दुर्घटना का साथै बर्ष कै अन्तिम दिन मा 2दर्जन भन्दा धेरै ब्याक्ती को हताहत हुने गरि भयको गाडी दुर्घटना आदि ले गर्दा यो बर्ष साच्चिकै अफाप साबित त भयकै हो तर यस्को लागि ७२ साल लाई दोष दिनु भन्दा हाम्रो मानबिय त्रुटिहरु भै रहनु हो कि जस्तो लाग्दछ ।
बिदा हुन लागेको समयला ससम्मान बिदा गर्नु को सटटा निरस तबर ले बिदा गर्दै गरेको कुरा हिजो आज का चर्चीत सामाजिक सन्जाल हरु मा भान भै रहेको छ ।तर म भन्छु हामी हाम्रो चेतना लाई सोच लाई फराकिलो बनाउन सकेनौ भने जति नै नया बर्ष हरु को आगमन भय पनि बिदा हुने बेलामा ७२ जस्तै निरस रुप मा हुने छ यसैले आउ हामी सबै सकारात्मक सोच को साथ मा देश बिकास को लागि अघि बढौ तब मात्र नया बर्ष को शुभकामना अर्थपूर्ण हुनेछ ।
अन्तमा बिचारा ७२ साल आफै पनि विभिन्न चोट सहदै नेपाली इतिहासमा कालो बर्ष को रुपमा दर्ता हुँदै गर्दा हामिलाइ धेरै कुरा सोच्न अनि हाम्रा व्यबहार लाई परिबर्तन गर्ने सुझाव दिदै बिदा हुन लागेको ७२लाई ससम्मान बिदा गर्दै ७३ लाई स्वागत गर्दछु ।यस ७३ साल मा सम्पुर्ण नेता कर्मचारी हिमाली पहाडी मधेशि बाहुन क्षेत्री जनजाति आदिवासी हिन्दु बुद्धिस्ठ सबै सबै नेपाली बन्न सकुन एक हुन सकुन फुटेर होइन जुटेर देश बनाउ ।अनि जब ७३ को बिदा गरि ७४ को स्वागत गर्ने तरखर मा हुने छौ तब खुशी को हात हल्लाउँदै बिदा गरौला ७३ लाई नेपाली इतिहासमा ७३ साल स्वर्णिम बनोस।

0 comments

Write Down Your Responses

-->