बिन्ती छ नयाँ बर्ष ०७३ तिमिलाई

सी.पी. ओली, कोरिया ,१२ अप्रिल २०१६ l
जिबनका गोरेटो हरुमा अनगिन्ती घुम्ती हरु पार गर्दै जिन्दगिको यो एउटा वैदेशिक श्रमिक जिबनको यो क्षणमा आइपुग्दा ब्यक्तिगत तनाब र कष्टकर जिबनसैली अनि थुप्रै असमान्जस्यता क चुनौती हरु सङग मुकाबिला गर्दै गर्दा आज जिन्दगी ले बिदेशी भुमिमा ठिक दुई बर्ष बिताइसकेछ।सदा जस्तै नयाँपन केहि नदेखिने उस्तै काम फलामे बस्तु र मेसिनरी बस्तुहरु सङग पौठेजोरि खेल्दै चलिराख्ने शरीर र त्यही बिचमा अनायासै कल्पनामा भौतारिने मन मगज आज कुन्नी किन बिगत झल्ल्यास्स फर्केर सोचे ।दिनभरि काम एकातिर र मन अर्कोतिर भैराख्यो केन्द्रित हुनै सकेन।हुनत जीवन यसै पनि सुन्यता बाट सुरु भएर सुन्यता मै विलीन हुन्छ भनिन्छ तर पनि किन किन स्वदेश को माया घर परिवार आफन्तजन र ती बनपाखा भन्दा आजभोलि बिदेशमा फल्ने पैसाको अनायासै उन्माद चढेको छ कुन्नि ?प्रायः जसो उस्तै काम उस्तै तनाब र उस्तै समस्या को बीचमा आज फेरि नयाँ बर्ष को आगमन ले मनै उथलपुथल बनाइदियो।

सदाजस्तै काम सकेर अबेर कोठामा फर्किन्छु तरपनी जुकर्बग को कोशेली नहेरी चित्तै बुझ्दैन।समयक्रम अनुसार कहिले मेरो देशमा तिहार आउँछ त कहिले दसैं तथा कहिले नयाँ बर्ष आरम्भ तथा कहिले कुन भिन्न भिन्न मौसमी फेरबदल र रितुहरुको अदलिबदली संगै भित्रीने चाडपर्बहरुले फेस्बुकका पानाहरु रङगियको देख्छु ।सम्झन्छु बिगत अनि बर्तमान अनि घोत्लिन्छु भबिस्य खै सोचाइ अनि गराइमा कहि तारतादम्यता मिलेको आभास हुदैन ।हो मलाई साह्रै मनपर्ने बसन्त रितु र त्यसका विभिन्न आयामहरु बिहानै उठेर उतर फर्किदा देखिने सिस्ने हिमाल सृन्खला अनि त्यसमा सुर्यको पहिलो किरण पर्दा बन्ने अनौठो आकृति तलतिर फर्की हेर्दा कल्कल बग्ने सारदा नदिको त्यो गुन्जन चराहरुको त्यो सुरिल्लो भाकाहरु र उनिहरुको आगमन र बसाइँसराइ कोइली को समधुर आवाज र काफल पाक्यो भन्दै सन्चार दिने काफलचरी त्यो गाउको माथिल्लो टुप्पोमा फल्ने काफल गेडि र ऐसेलु सङगै भितृने रितुहरुको राजा बसन्त को सुरुवात संगै फेरि पनि जिबनमा एउटा नयाँ बर्सको आगमन हुनै लागेछ।

सुभकामना का पङ्तिहरु लेख्दै गर्दा खै के लेख्ने भन्ने कुरा मनले सोचिरह्यो।अरु बितेका बर्सहरु भन्दा यसलाई अलि भिन्दै नयाँ बर्ष बनाउनेतर्फ मन्ले सोचिरह्यो।दुई चार शब्दहरु मात्र हलेर फेस्बूक मा सेयर गरि शुभकामना आदानप्रदान गर्न मनले किन मान्दै मानेन।हुनत मान्छेहरू को आफ्नै फरक फरक जिन्दगी को पाटो र पक्षहरु होला तर मेरो जिबन मा नयाँ बर्सले खासै नयाँ पन र प्रगति उन्मुख कार्य गर्न नसकेको आफ्नै जीवन कथा छ।

२०७१ सालको नयाँ बर्सको बहारका खुसियाली साटासाट गर्न नपाउदै म घर परिवार सङग बिछोड को टीका टाला गरि बिछोडिनु को पिडा अझै भुल्न सकेको छैन ।नयाँ बर्सको सुभकामना हरु बाहिरि मनले अभिब्यक्त गर्दै गर्दा भित्रि मनमा चाहिँ नमीठो गुन्जायस चाहिँ कायमै थियो ।फेरि पनि २०७२ को अर्को नयाँ बर्स थपिएछ जीवनमा ।सामाजिक संजाल का भित्ता हरु सुभकामना आदानप्रदान गर्दै गर्दा मेरो देशको उच्च स्वाभिमान बोकेको धरहरा ढलेको त्यो क्षणमा मन फुटेर छिया छिया भयो।कयौं परिवार सखाप भए कति घाइते भए कति भौतिक संरचनाहरु ध्वस्त भए र कयौं मान्छे घरबार बिहिन भय त्यो पिडा त अझै बाकी छ अब मैले कुन तवरले अर्को २०७३ को सुभकामनाका सब्द हरुको माला उइनिउ आफैं अकर्मण्यता मा परेको आभास गरेको छु ।त्यसैले किन किन आजभोलि नयाँ बर्सको सुभकामनाहरुमा प्रायः सुख शान्ति र समृद्धि को अति धेरै सब्द जाल हरु भेटाउने गर्छु।तर देश को अवस्था झन्झन् कष्टकर हुदैछ।एकातिर राज्नैतिक अस्थिरता ,भ्रष्टाचार र माफिया तन्त्र ले जालो थाप्दै छ र अर्कोतिर केही मान्छेहरु दिनरात मोटाउने क्रम जारी छ भने अर्कोतिर गरीब दुखी हरु फेरि पनि दिनरात झन्झन् गरिब हुँदै गैरहेछन।हुँदा हुँदा प्राकृति ले पनि हामीलाई दसौं बर्ष उठनै नसक्ने गरि थिलो थिलो पारिदिएको छ ।मान्छेहरुको मन र मस्तिष्कमा नराम्रो डर पैदा भएको छ ।आफ्नै ओत लाग्ने सुरक्षीत घरलाई पनि संकाले हेर्नुपर्ने अवस्था देख्दा सार्है मन दुखेर आउँछ ।

हो त्यसैले बिन्ती छ नयाँ बर्स तिमिलाइ बिगतका नयाँ बर्ष हरुको दाजोमा तिमी असाधारण नयाँ बर्ष को रूपमा फडको मार्ने छौ ।बर्सेनि म जस्ता लाखौं युवाहरु घर परिवार सङ्ग बिदाइ हुदै गाउँ पाखा ,जन्मभुमि छोडेर नमिठेा तिक्तता बोक्दै बिदेशीन पुग्ने लाखौं लाख युवाहरूलाई देसमै बसेर गरिखाने बाताबरण सृजना गरेर आउनेछौ।बिगतमा प्रकृति ले दिएको चोट खपेर बसेका र ध्वस्त भएका संरचना र मनहरुलाइ नयाँ तवरले जोडने आशाको किरण बनेर उदाउने छौ।गरीब दिनदुखी र असाह्यहरुको निम्ति लौरी को सहारा बनेर आउनेछौ।बर्सौदेखी बिदेशी भुमिमा सीप श्रम र पसिना बगाएर बसेका तमाम नेपाली हरुलाइ नेपाल् मै फर्केर काम गर्ने नयाँ सोच र जागर अनि भिजन बोकेर आउनेछौ।देशमा बिद्यमान नाकाबन्दी बन्द हडताल र दिनहु जसो भैराख्ने बलत्कार जस्ता कुरालाई जरैदेखि उन्मुलन गर्ने गरि सच्चिकैको शान्ति अ्मनचैन बोकेर आउनेछौ।

राज्नैतिक खिचातानी र अस्थिरता होईन सुशासन र सदाचार अनि असल नेतृत्व सहित को राज्नैतिक स्थिरता सहितको बिकास मा हातेमालो गरि अगाडी बढने अटुट माला गासेर आउनेछौ।

ब्यक्तिगत महत्वाकांक्षा रट फुट मा भबिस्य देख्ने नजर होइन जुट र एकता मा शक्ति देख्ने र समग्र समाज र रास्ट्रको निम्ति सोच्ने मनहरुको लहर बोकेर आउनेछौ।रास्ट्र विखण्डन को सोच राख्ने हरुलाइ रास्ट्रिय एकता मा जुट्ने नयाँ परिबर्तित सोच बोकेर आउनेछौ।यति भए मात्र मैले सुभकामना का केही शब्द बुनेको सार्थकता हुनेछ।फेरि पनि २०७३को नयाँ बर्ष तिमिलाइ हार्दिक मङगलमय शुभकामना नदिइ बस्नै सकिन तिम्रो सामीप्यतामै बस्न रुचाउने तर आजाभोलि किन किन नजिक हुन हिच्किचाहट लाग्ने तिम्रो प्यारो मित्र ..........

0 comments

Write Down Your Responses

-->