नेपालीहरुको सुख-दुख साट्दै कोरियामा नयांबर्ष उत्सब














प्रदीप शर्मा पंगेनी
११ अप्रिल,२०१६
दक्षिण कोरिया l
नेपालीहरूले नेपाली नयाँ वर्ष २०७३ लाई बिबिध कार्यक्रम गरी स्वागत गरेका छन् । कोरियामा फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र (फेन्थेक माईग्रेन्ट सेन्टर) नेपाली समुदायको आयोजनामा नयाँ बर्ष शुभकामना सगै बिबिध सास्कृतिक मनोरंजन कार्यक्रम आयोजना गरेर हर्षोउल्लासका साथ मनाइएको हो |हिजो आईतबार अप्रिल १० तारिखका दिन फेन्थेक वरपरका नेपालीहरु साथै केहि अन्य क्षेत्रका नेपालीहरुको बाक्लो उपस्थितिमा नयाँ वर्षको शुभकामना आदानप्रदान सहित नेपाली गीत-संगीत , कला, सस्कृति र नेपाली पहिचान झल्काउदै बिबिध मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम गरी मनाए | कार्यक्रममा नेपालीहरु स्थानीय नेपाली कलाकारहरुको प्रस्तुति सगै नेपाली परिकारहरुको भोजनमा रमाएर दुख-सुखसाटासाट गरेका थिए |‘जाग ,लम्क चम्क हे, हिउ भन्दा चिसो, जस्ता नेपाली लोक गीत , पप, र्याप ,हिन्दि कोरियन,सहित डेड दर्जन भन्दा बढी गीत संगीतमा नेपालीहरु एकल तथा सामुहिक नाच सगै प्रस्तुतिहरुका बीच रमेका थिए |
कार्यक्रमको सुरुवातमा एमटियु अध्यक्ष उदय राई बाट इपिएसअन्तर्गत परामर्श कार्यक्रम राखिएको थियो l सो कार्यक्रमको प्रमुख आतिथ्यमा रहनुभएका राईले श्रम सम्बन्धित जानकारीहरु प्रदान गर्दै निरन्तर श्रमिक नेपालीहरुको हकहितमा लागिरहने बताउनुभएको थियो l त्यस्तै बिशेष अतिथि रहनुभएकी छनान बैदेसिक रोजगार केन्द्रकी गीता राईले पनि नेपालीहरुलाई आफुले माइग्रेन्ट शेल्टर र आफ्नो केन्द्रबाट सक्दो सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो l कार्यक्रममा समाजसेवी तथा ब्यबसायी बुद्दि गुरुङ,जीवन कुमार थापा, नेपालीहरुको सहयोगी दिदि अम्बिका डीसी पार्क,सरक्षक यादब खनाल लगाएतले शुभकामना आदानप्रदान गर्दै आफुहरुले सकेको सहयोग गर्ने बताए l बिभिन्न संघ,सस्थाका प्रतिनिधि,कलाकार,पत्रकार, अन्य देशहरु जापान, कम्बोडिया,बंगलादेश,फिलिपिन लगाएतका प्रतिनिधि सहित उल्लेख्य नेपालीहरुको जमघटमा नयां बर्ष उत्साह जागेको थियो l कार्यक्रमका ब्यबस्थापक तथा समितिका उपाध्यक्ष श्याम कृष्ण रेग्मीको स्वागत र सास्कृतिक बिभाग सयोजक गौरव न्यौपानेको स्वागत गीत सगै सचिब राजु खड्काले कार्यक्रमलाई अगाडी बढाएका थिए l अन्तमा नेपाली समितिका अध्यक्ष कृष्ण पुरीले शुभकामना सगै समितिले गरेका उपलब्धिहरु साथसाथै समितिका गतिविधिहरुको समिक्षापत्र प्रस्तुत गरेका थिए l नेपालीहरुको उत्साह, सहयोगलाई आभार व्यक्त गर्दै प्रबाशमा निरन्तर सबै नेपालीहरु निश्वार्थ एकजुट भएर अगाडी बढ्नुपर्ने अठोट व्यक्त गरेका थिए l कार्यक्रम अवसरमा नेपालमा संचालित साक्षरता तथा नेपाल सहयोग अभियान अन्तर्गत स्थापित नेको ह्यापी ड्रिम सस्था लाई फेन्थेक नेपाली समितीको तर्फबाट बार्षिक १२ लाख वोन प्रदान गर्न र कोरियामा आपतकालिन कोष को सहयोगार्थ टिसर्ट सहयोग कार्यक्रम राखिएको थियो l कोरियामा स्थापना कालदेखि नै बहुसंख्यक नेपालीहरूको दुख-सुखको साझा सस्थाको रूपमा परिचित फेन्तेक माइग्रेन्ट सेन्टर नेपाली समुदायले उक्त सेन्टरको सहकार्यमा कोरियामा आपत् बिपतमा परेका दैनिक दर्जन भन्दा बढि नेपालीहरूलाई खान बस्न सहितको आश्रय,विभिन्न सहयोग तथा परामर्श पनि दिदै आएको छ भने नेपालमा पनि परोपकार,राहत अभियान जस्ता सहयोगीमुलक सेवा कार्यहरुमा पनि योगदान पुर्याउदै आएको छ | आयोजकले नव बर्षको शुभकामना सहित उपस्थित रहेर कार्यक्रम सफल र भब्य रुपमा मनोरंजनपूर्ण बनाइदिनु भएकोमा सम्पूर्ण नेपालीहरुमा आभार प्रकट गर्दै आगामी दिनमा पनि यसरी सामाजिक पहल तथा सहयोग अभियानमा साथ् दिनुहुन पनि आह्वान गरेको छ |

भिडियो

सामुहिक सास्कृतिक कार्यक्रम भिडियो :https://www.youtube.com/watch?v=8vIT-AL7-sw

सम्बन्धित तस्बिरहरु :-

फोटो :- भरत थापा /सन्तोष गिरी










0 comments

Write Down Your Responses

-->