आऊदा जादा तिमी -गजल


गज़ल
----------
मेरो घरमा पस्नु है, आऊदा जादा तिमी ।
थकाई मार्न बस्नु है, आउदा जादा तिमी ।
सोह्र वर्षे जवानीले लट्ठै पार्न मलाई सधै,
लाली,पाउडर घस्नु है, आउदा जादा तिमी ।
मनमा साँची राख्या कुरा भन्न नसकेमा हेर,
त्यो नजरले नडस्नु है, आऊदा जादा तिमी ।
नेपालकी छोरी देख्छु म चौबन्दी,चोलीमा,
रातो पटुकी कस्नु है, आउदा जादा तिमी ।
क्रिश बाबू

0 comments

Write Down Your Responses

-->