जनअधिकार मंच द्वारा कोरियाका लागी नेपाली राजदुत कमान सिंह लामाको विदाई कार्यक्रम आयोजना

जनअधिकार मन्चले माहामहिम राजदुत कमान सिंह लामाको बिदाई कार्यक्रम आयोजना गर्दै

चुडामणि अधिकारी ,इन्छन कोरिया।२० अप्रिल २०१६
नेपाली जनअधिकार मन्च दक्षिण कोरियाले यहि २०१६अप्रिल २४ आइतबारको दिन नेपाल हाउसको सभा हलमा दक्षिण कोरियाको लागि नेपाली राजदुत माहामहिम कमान सिङ लामालाई एकीकृत माओबादीको दक्षिण कोरिया भात्री संगठनले एक भब्य कार्यक्रमको आयोजना गरि सम्मान पत्रका साथ बिधाइ गर्न लागेको जानकारी हाम्रा सम्बादातालाई प्राप्त भएको छ।
दक्षिण कोरियामा नियुक्त भएर आउदा समेत माहामहिम राजदुत लामालाइ एकीकृत माओवादीको भात्री संगठन नेपाली जनअधिकार मन्चले एक भब्य कार्यक्रमका साथ स्वागत गरेको थियो।
उक्त स्वागत कार्यक्रममा अपेक्षा गरे अनुसार नै माहामहिम राजदुत लामाले विभिन्न कार्यक्रमहरु गरि देशको लागि टेवा पुग्ने कामहरु गरेको ठहर हाम्रो सस्थाले गरेको छ।उक्त अवसरमा कोरियामा रहेका सम्पूर्ण संघ सस्थाहरुका अध्यक्ष वा प्रतिनिधिहरु,सम्पुर्ण मज्जदुर,ब्यापारी,बुद्धिजीवीहरु,विद्यार्थीहरु लगायत दक्षिण कोरियाबासी नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ दिनको ठिक १२:००बजे गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ।
समय अभावको कारणले सम्पुर्ण संघ-सस्थाहरुलाई पत्र पठाउन नसकियको हुदा यसै समाचारलाई आधार मानी उपस्थिति जनाइ दिनुहुन यश सस्थाका अध्यक्ष गणेश कालिकोटेले हार्दिक अपिल गर्नु भएको छ।आयोजक सम्पुर्ण साथीहरूले आवस्यक प्रचार प्रसार गरि पहलकदमी लिन समेत अनुरोध गरिएको छ।

0 comments

Write Down Your Responses

-->