कोरियामा अन्तर्राष्ट्रिय महिला दिवस गुलाफको फुल र देउरालीको चौतारीमा सगै मनाईयो

प्रदिप शर्मा पंगेनी

०६, मार्च २०१६,दक्षिण कोरिया l
हरेक बर्ष मार्च ८ तारिख विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस नारी स्वन्त्रता र सम्मान स्वरूप भब्य रुपमा मनाइन्छ l नेपालको प्रचलन अनुसार १ सय ६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । नेपाल देखि अन्तर्राष्ट्रिय जगतमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । यसै क्रममा कोरियाको फेन्थेक शहर स्थित फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्रको आयोजनामा र उक्त केन्द्रमा आबद्ध फेन्थेक नेपाली समिति लगाएत अन्य देश बीचको सहकार्यमा संचालित अन्तरास्ट्रिय महिला दिवस आज मार्च ६ तारिख आइतबार बिदाको अवसर पारेर दुई दिन अगावै सो कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ ।
फेन्तेक माइग्रेन्ट सेन्टर हल अगाडि भएको कार्यक्रममा माइग्रेन्ट सेन्टरका संचालक किम र कोरिएन नुना उजिह्वे द्वारा संचालित कार्यक्रममा कोरियन, म्यान्मार,फिलिपिन्स , भियतनाम कम्बोडिया नेपाल लगाएत विभिन्न देशका सहभागी महिला पुरुषहरुलाई महिला दिवसको खुसियालीमा शुभकामना संदेश आदानप्रदान गर्ने अवसर प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा विभिन्न देशहरूका सहभागीहरुले आ-आफ्नो मौलिक गीतहरु,नाचगानहरु प्रस्तुत गरेका थिए भने नेपालीहरुले पनि देउरालीको चौतारीमा संगिनीले... भन्ने बोलको गीतमा मादल सगैको तालमा गाउदै उत्साह जनाएका थिए ।
समानता , संमान र स्नेहको प्रतीक स्वरुप पुरुष सहभागीहरु द्वारा महिलाहरुलाई गुलाफको फुल प्रदान गर्दै अन्तरास्ट्रिय महिला दिवसको अवसरमा हरेक स्थानमा महिलापुरुष बीचको उतिकै महत्व र प्रगाढ सम्बन्ध रहने सन्देश झल्काईएको थियो l
यसै क्रममा फेन्थेक नेपाली समितिको तर्फबाट कृष्ण पुरी,समाजसेवी यम श्रेष्ठ ,ब्यबसायी आरती बज्राचार्यले पनि शुभकामना संदेश प्रबाह सगै सहभागिता जनाएका थिए । मनोरञ्जनात्मक खेल सगै फोटो सेसन गरि साझ चियापान गरि एकापसमा खुसी साट्दै कार्यक्रम समापन गरिएको थियो l

सम्बन्धित तस्बिरहरु :-















0 comments

Write Down Your Responses

-->