धेरै माया पाएपछि गायिका मिलन अमात्यको नायिका तर्फ भने यस्तो सोच [नयाँ गीती कोशेली सहित भिडियोमा : ]


कृष्ण पुरी ,सौल ,नमस्ते नेपाल कोरिया l ३१ मार्च २०१६
यति छिट्टै धेरै माया पाउछु जस्तो लागेको थिएन- गायिका मिलन अमात्य संग एक पृथक अनि खुल्दुलीका विषयमा गरीएको अन्तरंग कुराकानी:-
दक्षिण कोरियामा मोरंग डाईनामिक कमिटि द्वारा गत फेब्रुवरी ७ मा आयोजित बिराट सांगीतिक सौगातमा आउनुभएकी सुमधुर स्वरकी धनी गायिका मिलन अमात्य सग नेपाली वेब टिभी कोरियाले तयार पारेको प्रस्तुति सगै छोटो कुराकानी :
नेपाली चलचित्रको पाश्र्व गायनमा होस् या एल्बममा गीतमा, गायिका मिलन अमात्यको खुबै चर्चा छ ।यतिबेला चलेका अधिकांश चचिर्त गीतमा मिलनकै स्वर सुनिन्छ । चर्चित गीतहरु नोटबुक चलचित्रको गाला रातै होस् , काली चलचित्रको स्लोली स्लोली जस्ता गीतहरु बाट मेलोडी क्वीन मिलन अमात्यको चर्चा चुलिएको हो lगायिका मिलन आमात्यको करिअर एकाएक चर्चामा पुगेको भने होइन । यधपी भारतको आसाममा जन्मिएकी मिलनले आफ्नो जीवन यात्रा र सांगीतिक करिअरमा नेपाली भूमीमा निकै ठूलो संघर्ष गरेकी छन् । उनीसग एक फरक प्रसंगमा गीत संगीतमा फड्को मारेसगै नायिका बन्ने चाहना बारेमा कस्तो सोच रहेको छ त ? यस बारेमा लगाएत पुरा प्रस्तुति तलको लिंकमा हेर्न नभुल्नुहोला l
भिडियो लिंक :https://www.youtube.com/watch?v=zPEEptnqTws


, ,

0 comments

Write Down Your Responses

-->