कोरियाको बसाइ , भोगाई ,सिकाई र अनुभव

निकुन्ज तिवारी 

कोरियाको बसाइ
निकुञ्ज तिवारी |
देख्दा र सुन्दामा दक्षिण कोरिया जति शुन्दर छ । भोग्नलाई त्यति नै गाह्रो छ । एसियामा चौथो र विश्वमा बार्हौ स्थानमा रहेको विकसित मुलुक कोरियामा वर्षेनी लाखौं आप्रवाशी कामदारहरु कामको खोजिमा आउने गर्छन् ।
कोरियाले सन् ९० को दशकमा चरम विकासको गतिलिएसंगै नेपाली युवाहरु रोजगारीका लागि यहाँ पसे । सन् २००७ देखि कोरियाले रोजगार अनुमति प्रणाली ‘इपिएस’ मार्फत नेपालसंगै अन्य १५ छिमेकी देशबाट अदक्ष कामदार भित्राइरहेको छ ।
हाल कोरियामा नेपालीहरुको संख्या बढ्दो छ । पछिल्लो एक आंकडाका अनुसार इपिएस मार्फत १८ हजार र अन्य विभिन्न माध्ययमबाट आएका गरी करिब २५ हजारको हाराहारीमा नेपालीहरु बसोवास गर्छन् ।

विकास गती :

२० औं सताब्दीमा उच्च गरिबीको रेखामुनि रहेको दक्षिण कोरिया २१ औं सताब्दीमा आइपुग्दा विश्वमा तहल्का मच्चाइरहेको छ । सन् १९५० को दशकमा गृहयुद्धमा फसेको कोरियाले भोकमरीको सामना गर्नुपरेको थियो ।
नेपाल लगायत अन्य छिमेकी राष्ट्रले खाद्यान्न सहयोग गरेको कोरियाले पछिल्लो ६० वर्षमा चामत्काररिक विकास गर्यो । यहाँको विकासका आधार – विकासमैत्री सरकारी नीति, लगानी योग्य वातावरण, इमान्दार कर्मचरीतन्त्र र मिहेनती नागरिक ।
नागरिकहरु कोही देशभित्रै त कोहि इजरायल, साउदी अरब, मलेसिया, हङकङ, जापान, जर्मन, दुबै लगायतका अन्य छिमेकी राष्ट्रमा काम गर्न गए । त्यहाँबाट विभिन्न सिप र अर्थ आर्जन गरी स्वदेश फर्के र स्वतन्त्र रुपमा उद्योग तथा कर्षि फाम खोले । र आय आर्जन गर्न तर्फ लागे । अहिले कोरियाको प्रतिव्यक्ति आय वार्षिक २४ हजार ४ सय अमेरिकी डलर छ ।

समयको महत्व :

कोरियनहरु समय, पैसा र श्रमको महत्वको एक–एक हिसाव गर्छन् । त्यसैको उपज यहाँको प्रविधि र विधिले मानवजीवनलाई सरलीकृत गरेको छ । जीवनशैली सुविधाजनक छ । नागरिकहरु राष्ट्रको विकासप्रति इमान्दार, वफादार र लगनशील छन् ।
कारण इमान, जवान र लगावको हो । प्रकृतिले मात्रै हावा, पानी र माटो दिएको देशका नागरिकले ‘पाल्ली–पाल्ली’ ( छिटो–छिटो ) नारामै दु्रत विकास गरे । यहाँको विकासको गति उच्च देख्दा हामी हरेक कुरा नेपालसंग दाँज्ने गर्छौ । यहाँका भवन, सडक, औधोगिक कलकारखाना, शैक्षिक क्षेत्र र मानिस ।
देशको परिवर्तन दिनप्रदिन उच्च छ । यहाँका हरेक युवामा जिज्ञाशा, चेतनासंगै नयाँ विषयको खोजी र जोखिम मोल्ने शक्ति छ ।

व्यवहार :

यहाँको संस्कृति, भाषा, खानपान र काम गराई नितान्त भिन्न छ । यिनिहरु भन्छन् (मानी मकयो, पाल्ली इलहेयो) धैरे खाउँ । छिटो–छिटो काम गरौ ।
अधिक कोरियनहरु नम्र र अशल स्वभावका हुन्छन् । एकाद कडा स्वभावका हुन्छन् । तर कम्पनी संचालकहरुले कामदारप्रति गर्ने व्यवहार भने पाल्तु होइन छाडा जनवारसमान हुन्छ ।
यहाँ आउने अधिकांश आप्रवाशीहरु आँफूले आर्जन गर्ने धनभन्दा सयैं गुना बढि नमीठा अनुभूतिहरू बोकेर फर्किन्छन् । हिनताबोध, ग्लानी, व्यवहारमा अभाव, मनमा अशान्ति, र स्वाभिमानमा चोटैचोट यावत ।
युवा स्वदेशकालागि मेरुद्धण्ड हो । हरेक पक्षमा सक्षम हुन्छ । तर यहाँ आएपछि अन्धो अदक्ष । एउटा काम सिक्न सयौं पटक दोहो¥याउनुपर्छ । काम सहज छैन । दैनिक दश घण्टाभन्दा बढि कठोर परिश्रम गर्नुपर्छ । यहाँको भाषा, र छिटो–छिटो काम नजान्दाको कष्ट, र मालिकको प्रताडना खप्न निकै गाह्रो हुन्छ । स्वदेशमा हाशिल गरेको ज्ञान र सीपको खासै काम छैन ।

सिक्नुपर्ने पाठ :

हाम्रो जस्तो विकाशशील मुलुकका लागि द.कोरियाको अनुभवबाट सिक्ने मूख्यतः गरिबी न्यूनीकरण र आर्थिक विकासको कार्य हो । राष्ट्रको स्थायी शान्ति र आर्थिक उन्नतिका लागि नेतृत्वदेखि सर्वसाधारणसम्म सवैमा राष्ट्रप्रति जिम्मेवारी, लगनशील र इमान्दारीता हुनुपर्छ ।
मुलुकको आवश्यकतावमोजिम प्रभावकारी विकास नीति र दृढ इच्छाशक्ति भएको राजनीतिक नेतृत्वकै कारण कोरिया छोटो समयमै आधुनिक एवं औद्योगिक राष्ट्रमा रूपान्तण भएको हो । यहाँको सामाजिक, साँस्कृतिक एवम् आर्थिक विकास एकै पुस्तामा भएको मानिन्छ ।
नेतृत्व वर्गदेखि आम नागरिक सवैमा राष्ट्रिय एकताको हुनु आवश्यक छ । मुलुकबाट मैले के लिए, भन्नुभन्दापनि मुलुकलाई मैले के दिए र के दिनसक्छु भन्ने भावना पलाउनु आवश्यक छ । के युवा, के पौढ र के वृद्ध सवैले सक्नेजति काम गर्योभने देशले विकासको गति लिन्छ ।
यद्यपी, नीतिनिर्माताले राज्यभित्रका साधन–स्रोतको अधिकतम सदुपयोग हुने गरी विकासमैत्री रणनीति लिनु आवश्यक छ ।

देश दुख्दा :

नेपालमा रहनेहरूले सीमाना नाध्नेलाई भाग्यमानी सम्झन्छन् । कुनै अर्थमा सहीपनि हो । तर यथार्थमा प्रदेशमा नमीठा अनुभूतिहरू धेरै हुन्छन् । व्यवहारमा अभाव । मनमा अशान्ति । स्वाभिमानमा चोट । चाहना÷आकाक्षाहरू अधुरा ।
स्वदेशको विधि र व्यवस्थापन निकैनै कमजोर छ । जसले जहाँ जे गरेपनि मनपरितन्त्र छ । नियम–कानुन गरीवदुखीका लागि मात्र छ । दैनिक उपभोग्य खाद्यबस्तुदेखि औषधीसम्म केही शुद्धता छैन ।
कोरियमा एउटा घेरामा बस्न पाइन्छ । पसिना बगाएर खान पाइन्छ । अनि नया“ नया“ प्रविधिसंग रमाउन पाइन्छ ।

नेपाली युवा :

राष्ट्र बनाउने दिमागमा सोच र पाखुरामा शक्ति भएका अधिकांश युवा यहाँ छन् । उनिहरु दैनिक १० देखि १८ घण्टा सम्म काम गर्छन् । धेरै काम गरेर, धेरै पैसा कमाउन चाहन्छन् यहाँ आएका नेपालीहरु । जेहोस् यहाँको कृर्षि क्षेत्र इतर गतिलो आर्जन हुन्छ ।
तर अदक्ष युवा वर्गलाई कोरियामा काम गर्न त्यति सहज भने छैन । ‘थ्रिडि अर्थात डर्टी, डेन्जर र डिफिकल्ट’ कठोर श्रम गर्नुपर्ने बाध्यता, भाषा नजान्दाको कष्ट, र मालिकको प्रताडना खप्न नसकेर कतिपय युवा मृत्युको बाटो रोज्छन् ।
युवाले मुलुकको परिवर्तनका लागि इतिहासका कयौं कालखण्डदेखि अहिलेसम्म महत्वर्पूण योगदान दिदैं आए । देश रुपान्तरणका लागि उनिहरुको शीप र क्षमताको भरपुर उपयोग भएन । राज्यले सत्र्मागमा हिँडाउन र फाइदा लिन सकेन ।
देश विकाशोन्मुख अवस्थामा छ । कृर्षि, पर्यटन, जलस्रोत लगायत पशु पंछीपालन, तरकारी खेतीमा रोजगारीको प्रचुर सम्भावना छ । तर नेपाली आफ्नो भूमिमा होइन अर्कैको भूमिमा काम गर्न बाध्य छ । 
See more at:-nikunjatiwari.blogspot
http://nikunjatiwari.blogspot.kr/

0 comments

Write Down Your Responses

-->