नेपाल हाउस कोरिया बारे भरत तुलाचनको विचार : कहां चुक्यो सचिवालय ?




भरत तुलाचन

२७ फेब्रुवरी २०१६ ,कोरिया l
नेपाल टाउन भनेर चिनिने स्थान राजधानी सउलको मुटु दोङ्गदेमुन शहरमा एन।आर।एन कोरिया द्वारा सन् २००९ देखि संचालित नेपाल हाउसलाई सन २०१२ देखि केहि बृहत उद्देश्य राखेर दोङ्गदेमुन नजिकै वन्नामदोङ्ग सागरीमा संचालन गरियो । उक्त हाउसमा आपतकालिन अवस्थामा बिरामी, दुर्घटना ,बेरोजगार वा कम्पनि परिबर्तन गर्दा अस्थायी आवाशको रुपमा धेरै नेपालीहरुले उपयोग गर्दै आए । दर्जनौ नेपाली संघ संस्थाहरुले नियमित बैठक, अधिबेशन, भेटघाट कार्यक्रम, सेमिनार, शिबिर लगायतका बिभिन्न किसिमका कार्यक्रमहरुको आयोजना गर्न सकिने उपयोगि स्थल बन्यो । तर आर्थिक श्रोटको अभावमा नेपाल हाउस संचालनमा कठिनाई पर्न गई तत्कालिन अध्यक्ष बिनोद कुंवरले नेपाल हाउसलाई कोरियामा रहेका सबै नेपालीहरुको साझा दायित्व सहितको साझा घर बनाउनु पर्छ भन्ने दिर्घकालीन सोंच सहित कोरियामा रहेका सम्पूर्ण संघ संस्था,ब्यापारी,बिधार्थी,पत्रकार तथा समाजसेवीहरुलाई बृहत छलफलको लागि आव्हान गरेपछि पटक पटकको अन्तरकृयाबाट दश करोड ओन संकलन अभियानबाटै नेपाल हाउसलाई ब्यबस्थित र दिर्घकालीन बनाउने निचोड निकाल्दै नेपाल हाउस ब्यबस्थापन समिति गठन गरिएको थियो । ब्यबस्थापन समितिमा कोरियामा रहेका सम्पूर्ण संघ संस्थाका अध्यक्षहरु तथा ब्यबसायीहरु ब्यबस्थापन समितिमा पदेन सदस्य रहने ब्यबस्था गर्दै २१ सदस्यीय सचिवालय गठन गरियो । सोहि सचिवालयको सकृयतामा नै गत २०१४ नोभेम्बर देखि २०१५ मार्च सम्म दिर्घकालीन र ब्यबस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई अत्यधिक सफल बनाउदै कोरियाली भूमिमै पहिलो पल्ट ऐतिहांशिक रुप दिन सफल भयो ।

कहां चुक्यो सचिवालय ?

अब्बल दर्जाको परिकल्पना सहित प्रस्तुत हुंदै संसार भर रहेका नेपालीहरुको ध्यान तान्न सफल सचिवालय दिर्घकालीन र ब्यबस्थित नेपाल हाउसको कार्यान्वयनमा असफल देखियो । बिभिन्न कारणहरु मध्य आवास सम्बन्धि कोरियाली नियममा भएको परिवर्तन एक हो । असफल यसरी भयो जब नयां नेपाल हाउसको खरिद पश्चात मूल कोषबाट मासिक रुपमा बिसौं लाख घरभांडा तिर्नु पर्ने भयो । बास्तबमै भन्नु पर्दा सचिवालयले मौकामा चौका हान्न चांहि नजानेकै हो । धैर्यतालाई केहि लम्ब्याउंदै स्यालले कुखुरा कुर्ने शैली अपनाएको भए परिकल्पना साकार नहुनेमा दुई मत थिएन । बिदम्बना त्यो भएन । अभियान ताका करिव ३ महिना सम्म सांझ बिहान चाउचाउको भरमा पवित्र काममा खर्चिएको महंगा समय र लगानी भएका कडा परिश्रमको कारण स्वास्थ्यमा देखिएका खराबीहरुलाई समेत बेवास्ता गर्दै गरिएका कठिन मेहनतको सदुपयोग नहुनु जस्तो दुर्भाग्य अरु के होला रु अर्को तिर नेपाल हाउस सम्बन्धि स्वामित्वको कुरा उठाएर हामी सबैको साझा घर भन्दै हौसिएका प्रवासीहरुलाई लोप्पा ख्वाउंने काम भई रहेको छ । आखिर किन नेपाल हाउसलाई कस्को रु के रु आदि ईत्यादि भन्दै बिबादित बनाईन्छ रु हिजो बन्द हुने अबस्थाको नेपाल हाउस आज आर्थिक रुपमा मजबूट भए पछि स्वामित्वको कुरो उठाउनु स्वभाबिक हो र रु सांच्ची भन्नु पर्दा नेपाल हाउस हामी सबैको साझा घर हो । किनभने आखिर हामी सबै नेपाली हौं । नेपाल हाउस संग हाम्रो मातृभूमिको नाम जोडिएको छ । एन आर एन कोरिया स-सम्मानको साथ संस्थापक बन्दै अविभावकको भूमिका निर्वाह गर्नु पर्दछ । स्वामित्व खोज्न सुहांउदैन , क्षणिक लाभको लागि स्वामित्व खोज्दै गए नेपाल हाउसको समाप्ति संगै एन आर एन कोरियाको शाख पनि केहि हद सम्म गिर्न पुग्ने छ । त्यसकारण, नेपाल हाउस संचालक समितिमा एन आर एन कोरिया लगायत सम्पूर्ण संघ संस्था,बिधार्थी,ब्यापारी,राजनिति कर्मी तथा समाज सेवीहरु मध्यबाट सामूहिक रुपमा गठन गरिनु पर्छ । होईन भने हिसाबै गर्दा अबको चालिस महिना पछि नेपाल हाउस पूर्ण रुपमा बन्द हुने प्राय: निश्चित छ ।

यसो गर्दा कसो होला ?

१० हाल सिनसोल डोङमा संचालन गरिंदै आएको नेपाल हाउसलाई पुनर्विचार गर्दै आपद्बिपदमा परेका प्रवासी नेपालीहरु समेत बस्न मिल्ने आवास सहितको नेपाल हाउसको व्यवस्था गर्ने ।
२० नेपाल हाउस संचालनको लागि निर्देशिका (बिधान) तयार गर्ने ।
३० नेपाल हाउसलाई दिर्घकालीन र ब्यबस्थित रुपमा संचालन गर्न नयां नेपाल हाउस संचालक समिति गठन गर्दै संचालक समितिलाई संस्थागत रुप दिने । जस्ले नेपाल हाउस संचालनको लागि बढिमा तीन तीन महिनामा बिभिन्न आम्दानी मूलक कार्यक्रमहरु ल्याउन सकोस ।
४० संचालक समितिमा आत्मा सांक्षी राखेर मन,वचन र कर्मले सकृयताका साथ सेवा गर्न सक्ने व्यवसायी, समाजसेवी, राजनिति कर्मी र संघ संस्थाका भुपु वा वर्तमान महानुभावहरु मध्यबाट चयन गर्ने ।
५० गठित संचालक समितिमा कोरियामा रहेका सम्पूर्ण संघसंस्थाका अध्यक्षहरुलाई पदेन सदस्य चयन गर्ने ।
६० बुसान क्षेत्रमा समेत निश्चित धरौटीमा नेपाल हाउस बुसान संचालन गर्ने । नेपाल हाउस बुसानको लागि संचालक समिति बुसान शाखा गठन गर्ने । बुसान शाखाले समेत नेपाल हाउस बुसान संचालन गर्नको लागि बढिमा तीन तीन महिनामा बिभिन्न आम्दानी मूलक कार्यक्रमहरु ल्याउन सकोस ।
७० हाल संघ संस्थाहरुले सभा सम्मेलन गरे बापत तिर्नु पर्ने प्रयोग शुल्कको ब्यबस्था खारेज गर्ने ।

नेपाल हाउस संचालक समितिको सकृयतामा आर्थिक श्रोतहरु जुटाउने उपायहरु:


क० अभियानमा संकलित रकम मध्य सउल र बुसानमा हुने धरौतिबाट बांकी रहन आउने रकमलाई निश्चित ब्याज आउने गरि लगानी गर्ने ।
ख० नेपाल हाउस संचालक समितिले दशै तिहार लगायतका अन्य चाड पर्वहरुमा बिशेष आय मूलक कार्यक्रमहरुको आयोजना गर्ने ।
ग० भलिबल खेल प्रेमी र खेल संचालकहरु संग छलफल र अनुरोध गरि बर्षमा १ पटक राष्ट्रिय भलिबल खेल प्रतियोगिताको आयोजना गर्ने ।
घ० फुटबल खेल प्रेमी र खेल संचालकहरु संग छलफल र अनुरोध गरि बर्षमा १ पटक राष्ट्रिय फुटबल खेल प्रतियोगिताको आयोजना गर्ने ।
ङ० कोरियामा रहेका समाजसेवी संघ तथा संस्थाहरुलाई नेपाल हाउस सहयोगार्थ कार्यक्रमहरु बनाउन प्रोत्साहन गर्ने ।
च० कोरियन नागरिक तथा स्थानिय ब्यबसायीहरुलाई आर्थिक सहयोगको पहल गर्ने ।

0 comments

Write Down Your Responses

-->