हिन्दू जागरण अभियान दक्षिण कोरीयाको बार्षिक सभा तथा प्रथम अधिवेशन डिसेम्बर १३ मा हुदै

डिसेम्बर १३ मा हिन्दू जागरण अभियान दक्षिण कोरीयाको बार्षिक सभा तथा प्रथम अधिवेशनको अपिल :

हिन्दू जागरण अभियान दक्षिण कोरीयाको बार्षिक सभा तथा प्रथम अधिवेशनमा सम्पूर्ण नेपालीहरूमा हार्दिक निमन्त्रणा गर्दछौँ ।
मासिक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आइरहेको हिन्दू जागरण कोरीयाले नेपाल र कोरीयामा बिभिन्न सेवा तथा योगदान गर्दै आइरहेको छ । प्रवासमा नेपालीहरूले आफ्नो मौलिक पहिचान गुमाउन नपरोस भन्ने भावनाबाट प्रेरीत भई बिबिध सांस्कृतिक कार्यक्रमहरूबाट सत्संगको बिकास गर्दै आइरहेको कुरा शुभचिन्तकहरूमा अवगत नै छ । मुलतः नेपालीहरूको एकतामा हामी बिशेष जोड दिँदै आइरहेका छौँ । हिन्दू धर्म एक सत्य सनातन धर्मको महत्व र महिमा हामी हिन्दू तथा बौद्ध एबम् अन्य सनातनी परिवारमा कमी भएकोले हामी यस अभियानलाई सचेतनामुलक तरिकाबाट अझ शसक्त र परिस्कृत गर्न कोरीयामा रहनुहुने सबै बौद्धिक वर्गहरू लगायत सबै नेपालीहरूको एकता र सहभागितामा बार्षिक सभा सभ्य र भव्य बनाउन आतुर छौँ । तपाईँहरूको साथ समर्थन र सहभागितामा हामी हाम्रै नेपालीहरूको सार्वजनिक कार्यक्रमलाई सफल बनाउने छौँ ।

कार्यक्रम बिवरण

मितीः 13th December 2015
स्थानः नेपाल हाउस, दोंगदेमुन (Dongmyo Station, Exit 2 , 150 मिटर अगाडि, देब्रेतिर )
समयः 12 बजे

0 comments

Write Down Your Responses

-->