नेपाली जनसम्पर्क समिति सभापतिमा गिरिराज कुंवर विजयी

नेपाली जनसम्पर्कको महाधिवेशन सम्पन्न ,सभापतिमा गिरिराज कुंवर विजयी 

नमस्ते नेपाल कोरिया
२३, नोभेम्बर २०१५
सौल,
गत २२ नोभेम्बर नेपाली जनसम्पर्क समितिको चौथो केन्द्रीय महाधिवेशन नवराज शिवाकोटीको सभापतितब र नेपाली कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । उक्त महाधिवेशनबाट  आस्थाबिन्दु मल्ललाई ६ मतले परिजित गर्दै गिरिराज कुंवर सभापति पदमा विजयी भएका छन् ।गिरिराज कुंवर तत्कालीन कार्यसमितिका उप- सभापति हुन भने आस्थाविन्दु मल्ल तेस्रो महाधिवेशनमा नवराज शिवाकोटीसंग सभापति पदमा पराजित उम्मेदवार हुन । जनसम्पर्क समितिको उप-सभापतिमा भजिन्द्र बहादुर क्षेत्री भारी मतान्तरले विजयी भएका छन् । त्यसै गरि उप-सभापतिमा क्रमशः रोशन शर्मा पौड्याल र मोहन पण्डित आफ्ना प्रतिद्वन्द्वीहरुलाई पराजित गर्दै विजय हात पार्न सफल भएका छन् । मुख्य मानिएको महामन्त्री पदमा भने संगठनमा सकृय मानिएका  जीतेन्द्र सिंह महताको एकल उम्मेदवारी परेपछी निर्वाचन समितिले विजयी भएको घोषणा गरेका थिए । त्यसै सह-महामन्त्रीमा भिम राज चेम्जोङ,
कोषाध्यक्षमा रामु बहादुर कार्की, सदस्य खुल्ला तर्फ  निर्वाचित हुनेहरूमा बिरोध कुमार खड्का,बालकृष्ण त्रिपाठी,उत्तम थापा, हिरा लामा,बाबुराम पाठक छन भने आरक्षण तर्फ क्षेत्र नं १ सउलबाट विनोद बुढाथोकी,क्षेत्र नं २ उइजंबुबाट दिनेश पाण्डे,क्षेत्र नं ३ ईन्छनबाट बिमल गौतम
क्षेत्र नं ४ आनसानबाट यज्ञ राज जोशी, क्षेत्र नं ५ छनान / फेन्थेकबाट कमल बहादुर मगर र
क्षेत्र नं ७ बुसानबाट  राज कुमार न्यौपाने निर्वाचित भएका छन् ।
 महाधिवेशनको खुला सत्रको उदघाटन प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले गर्नु भएको थियो । महाधिवेशनमा विशेष अतिथिकोरुपमा कोरियाका लागि नेपाली राजदूतले शुभकामना मन्तव्य राखेका थिए । त्यसै गरि एमाले निकट ओएनफ अध्यक्ष गोबिन्द गाउले, माओवादी निकट भातृ संगठन जनाधिकार मंचका का.बा. अध्यक्ष गणेश कालीकोटे, संघीय समाजका प्रतिनिधि, संघीय लिम्बुवान परिषद दक्षिण कोरियाका अध्यक्ष लगायतले महाधिवेशन सफलताको शुभकामना दिएका थिए। त्यसै गरि एनाआरएन अध्यक्ष राजु क्षेत्री, आईसीसी प्रतिनिधिद्वय केपी सिटौला र विनोद कुंवर, एनसीसी अध्यक्ष प्रेम शाह, जनजाति महासंघ महासचिव बलराम पुन, वुमन फर वुमन कि अध्यक्ष मल्लिका थकाली लगायतले पनि महाधिवेशनमा सफलताको शुभकामना दिएका थिए । उक्त कार्यक्रममा कोरियास्थित विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
निर्वाचन परिणाम पछि नेपाली कांग्रेस केन्द्रीय सदस्य  गुरुराज घिमिरे, निर्वाचित सभापति नवराज शिवाकोटी, निर्वाचन समिति संयोजक प्रकाश धमला, स्थापक सदस्य मणिचन्द्र चेम्जोङले नयाँ निर्वाचित  कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए। नव निर्वाचित सभापति  गिरिराज कुंवरले निर्वाचनको क्रममा सहयोग गर्ने सम्पूर्ण प्रतिनिधिहरुलाई धन्यवाद व्यक्त गर्दै पराजित उम्मेदवार लगायत सबैसंग सहकार्य गर्दै नयाँ कमिटी अगाडि बढ्ने र सबैले आवश्यक सहयोग गर्ने अपेक्षा समेत गर्नु भएको थियो । प्रमुख अतिथि गुरुराज घिमिरेले उद्घाटन समारोहलाई सम्बोदन गर्दै नेपाली कांग्रेसको ईतिहास कसैले चाहेर मेट्न नसक्ने भन्दै प्रधानमन्त्री निर्वाचनको प्रसंग कोट्याउदै प्रधानमन्त्री बन्न ओलीले दिल्लीमा दूत पठाएर सहयोगको अपिल गरेका र कोईराला  प्रधानमन्त्री हुंदा नाकाबन्दी गरेका मोदीले कहिल्यै सुशील कोईरालाको फोन नठाउनु,भारतीय स्थापन पक्षले नपत्याएका कोईराला कसरी  रातारात राष्ट्रघाती भए ? भन्ने कुराको प्रष्ट पारेका थिए । ओली प्रम  बन्ना साथ दिल्लीबाट बधाईको ओईरो लाग्नु, भ्रमणको निम्तो आउनु र नाकाबन्दी खुकुलो गर्नुले जनताले को राष्ट्रवादी र को अराष्ट्वादी हो भन्ने छुट्टाईसकेका छन् , उनले खोक्रो राष्ट्रवादको नारा जनतालाई भ्रमित पार्ने खेल भएको बताए ।

0 comments

Write Down Your Responses

-->