कोरियामा म्युजिक भिडिओ निर्देशन र अभिनयमा उदाउदै सुरेश कौशल

सुरेश कौशल 




नमस्ते नेपाल कोरिया सम्बादाता 
२९ नोभेम्बर २०१५ 
कोरिया l
कोरिया ब्यस्त शहर सगै ब्यस्त करिब ४ वर्ष ४ महिना अघि कोरिया मा रोजगारी को शिलसिलामा कोरिया आएर सुरेश कौशल बिदाको दिनमा पनि समय लाई पनि सदुपयोग गर्दै म्युजिक भिडिओ निर्देशन र अभिनयमा सक्रिय हुदै उदाएका छन् l उनले निर्देशन ,अभिनय गरि बनाएको म्युजिक भिडिओ चर्चित गाएक प्रमोद खरेल को स्वोर .पासांग तामांग को शब्द र मणिपाल राई को संगीत रहेको कहिले तिमि लाई सम्झिएर रोए बोलको आधुनिक गित लोकप्रिय बनेपछि कौशल लाई भ्याई नभ्याई छ l

गहुगोरो आकर्षण शरीर र मिजाशिला कौशल रुपन्देहिका स्थाई बासिन्दा हुन् l कौशल आफुलाई एक सफल मोडेल का रुपमा नेपाली मोडलिङ दुनियामा आफुलाई स्थापित गरिसकेका छन् l कुनै पनि कामलाई मिहिनेत र लगनशीलता साथ निरन्तरता दिदा सफल हुनसक्ने उनको भनाइ छ l यो मेरो सानो मिहिनेत समय र टेक्निकल समस्स्या ले गर्दा सोचे जस्तो काम हुन नसकेको र अब छिट्टै अफ़िसिअल म्युसिक भिडियो कोरियाको रमणीय बाताबरण लाई कैद गर्दै उत्कृष्ट म्युजिक भिडियो ल्याउने तयारीमा रहेको बताउछन l साथै कोरियामा ब्यबसायिक रुपमा स्थापित गर्ने तयारी मा छन् l कोरियाका गगन चुम्बी भवन, सुन्दर बगैचा व्यस्त शहरलाई आधुनिक टेक्नोलोजीले कैद गर्न सकिए राम्रा म्युसिक भिडियो बनाउन सकिने उनको भनाइ छ l
करिब १ वर्ष अगाडी रमेश बानियाको खै कसरि भनु बोलको आधुनिक गित बाट मोडलिङ दुनियामा डेब्यु गरेका कौशल एक कुशल क्यामेरा मेन पनि हुन l उनले करिब एक दर्जन बडी म्युजीक भिडियोको छायांकन पनि गरिसकेका छन् भने तीन ओटा म्युजिक भिडियोमा अभिनय पनि गरीसकेका छन l

Kahiley Timilai - कहिले तिमीलाई - Pramod Kharel गीत भिडियो भिडियो सहित तलको लिंकमा हेर्नुहोला :-


0 comments

Write Down Your Responses

-->