शेयर बजारमा २०.८६ अंकको बृदधि

रमेश खावाजु 
 सोमबार शेयर बजारमा  २०.८६ अंकको बृद्धि भएको छ l

 तराईमा जारी करीब ३ महीना लामो आन्दोलन  र भारतद्वारा गरिएको  अघोषित नाकाबन्दिको प्रभावस्वरुप १ सय ११ अङ्क गुमाएको नेप्सेमा भारतीय नाकाबन्दी खुकुलो हुने समाचार सार्वजनिक भएपछि बजारमा  २०.८६ अंकको वृद्धि भएको हो l

 सोमबार १११ कम्पनीका २४ करोड ३७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।सबैभन्दा वढी सिटिजन्स बैंकको दुई करोड २८ लाखको सेयर किनबेच भएको छ । हिमालयन बैंकको एक करोड ८३ लाख, नेशनल लाइफको एक करोड ३७ लाख, एभरेष्ट बैंक एक करोड २० लाख, नबिल संस्थापक एक करोड तीन लाख र चिलिमेको एक करोडको सेयर किनबेच भएको छ । बिमा ९६.४९ अंक, फाइनान्स १.६४,  जलविद्युत् ४.१७, विकास बैंक १३.४७, होटल ३१.८८ र बैंकिङ २७.३३ अंकले बढेको छ ।
सबैभन्दा वढी लक्ष्मी लघुवित्त, अरनिको डेभलपमेन्ट, गुँरास लाइफ, नेपाल एक्सप्रेसका लगानीकर्ताले कमाएका छन् । यि कम्पनीको सेयर नौं प्रतिशतमाथि वढेको छ । गुमाउनेमा अरुणभ्याली, नेको इन्स्योरेन्स, कैलास विकास बैंकका लगानीकर्ता छन् l

0 comments

Write Down Your Responses

-->