मोहन महर्जन (किकबक्सिङ्ग खेलाडी ) जापान बाट कोरियामा भिड्न आउदै

मोहन महर्जन (किकबक्सिङ्ग खेलाडी ) जापान बाट कोरियामा भिड्न आउदै 


मोहन महर्जन (किकबक्सिङ्ग खेलाडी ) को कोरियाबासी नेपालीहरुमा बिशेष अनुरोध 


बिगत धेरै बर्ष देखी जापानमै रहेर पनी हाम्रो देश नेपाल र नेपालको झण्डा लाई मैले मेरो सीप  र कला मार्शल आर्टस खेलको माध्यमबाट जापानका बिभिन्न मार्शल आर्टस टुर्नामेन्टस हरुमा  फहराउदै नेपाल र नेपालीको परीचय दिदै सक्दो हामी नेपालीको शीरलाई उच्च पार्ने काम गर्दै आयको कुरा यहा समक्ष छर्लँगै छ । सधै यहा लगायत जापानबासी नेपाली दाजुभाई दिदीबहीनीहरु प्रती आभारी छु । यसै खेलको दौंरानमा यही २०१५/११/१४ शनीबार जापानबाट गई कोरीयामा हुन गैरहेको किकबक्सीन्ग च्याम्पीयन टुर्नामेन्टमा भाग लिई नेपालको झण्डालाई कोरीयामा पनी फहराउने सुअबसर प्राप्त भएको छ ।
 कोरीयाको  Namdong Gymnasium、Incheon बेलुकी ६:०० बजे देखी कोरीयन K1- च्याम्पीयन भईकन K-1 world max tournament player Lee sung hyun सँग भिडदै छु । तपाई र तपाई आबद्द को सहयोग र समर्थन नै मेरो बिजयको लागी शक्ती हुनेछ ।
मेरो टुर्नामेन्टको बारेमा जानकारी गराई दिई उक्त समय र स्थानमा उपस्थीती भई मलाई थप उर्जा र हौंसला प्रदान गर्ने कार्यको लागी बिनम्र अनुरोध गर्दछु ।

मोहन महर्जन
किकबक्सीन्ग खेलाडी
टोकीयो, जापान ।

भिडियो सहित :- https://www.youtube.com/watch?v=m7ym8dqVaow&feature=youtu.be


0 comments

Write Down Your Responses

-->