म्याग्दी २५ मेगावाट क्षमताको म्याग्दी खोला हाइड्रो निर्माणमा कोरियामा रहेका म्याग्देली लगानी गर्न इच्छुक

म्याग्दी २५ मेगावाट क्षमताको म्याग्दी खोला हाइड्रो निर्माणमा कोरियामा रहेका म्याग्देली लगानी गर्न इच्छुक 


पश्चिम म्याग्दी २५ मेगावाट क्षमताको म्याग्दी खोला हाइड्रो निर्माणमा कोरियामा रहेका म्याग्देली लगानी गर्न इच्छुक देखि।एका छन् । कोरियाको सउलमा भएको अन्र्तरक्रिया कार्यक्रममा जिल्लामा जलविद्युतको सम्भावन प्रचुर भएकाले त्यसलाई अगाडी बढाउन आफुँहरुले लगानी गर्न तयार भएको बताएका थिए । अन्र्तरक्रिया कार्यक्रममा धौलागिरि कालिका हाईड्रो प्रालिका अध्यक्ष प्रमोद श्रेष्ठले जलविद्युत आयोजनाको हालसम्मको प्रगती तथा आगामी दिनमा हुन गतिविधिका बारेमा जानकारी गराएका थिए ।
12208143_1237709079589356_2119757739_n
उनले पश्चिम म्याग्दी जलविद्युतको क्षेत्रमा सम्भावना भएको क्षेत्र भएको र आयोजनालाई निर्धारित समयमै सम्पन्न गरिने बताए । अन्र्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि एनआरएन आईसीसी सदस्य एवम् म्याग्दी प्रवासी नेपाली संघ आईसीका बरिष्ठ उपाध्यक्ष विनोद कुँवर जिल्लामा लगानी भित्राउन प्रवासी म्याग्देली सक्रिय भएर लाग्ने बताए । उनले जिल्लामा रोजगारको सृजना भए समृद्ध म्याग्दी बन्ने भरएकाले पनि उत्पादनमुखी क्षेत्रमा लगानी गर्न समेत अनुरोध गरे । मोना आईसीका संयुक्त लगानी संयोजक समेत रहेका कुँवरले जलविद्युत, पर्यटन, कृषि जिल्लाको प्रचुर सम्भावनए भएको क्षेत्र भएको समेत बताएका थिए ।
12212412_1237709146256016_241909660_n
अन्र्तरक्रिया कार्यक्रमको अध्यक्षता म्याग्दी समाज समिति दक्षिण कोरियाका अध्यक्ष मुक्त केसी, स्वागत बरिष्ठ उपाध्यक्ष लोकबहादुर बानियाँ, संस्थाको परिचय संरक्षक भरत तुलाचन र सञ्चालन सहसचिव कृष्ण खड्काले गरेका थिए । कार्यक्रममा एनआरएन कारियाका बरिष्ठ उपाध्यक्ष ओम नारायण जुग्जाली लगाएत विभिन्न जिल्लाबाट कोरियामा पुगेका नेपालीहरुको समेत उपस्थिती रहेको थियो ।जिल्लाकै बहुचर्चित आयोजना हो । आयोजनाले बार्षिक ९० करोड रुपैयाँ सम्म आम्दानीको अनुमान गरिएको छ ।
दरबाङ देखि २ किलोमिटर माथी ताकम धारापानी जाने भेदीमा बाँध बाँधेर ५ किमी टनेल हुदै दरबाङ र बावियाचौरको सिमानामा अवस्थित सहश्रधारा रातोढुंगामा १ सय मिटर अग्लो हेडका साथ पावर हाउस बनाईने छ। करिव ४ सय करोडको लागत अनुमान गरिएको जलविद्युतका लागि सेयर खुल्ला गरिएको छ ।जिल्लामा राहुघाट, मिस्त्री, अपर कालिगण्डकी, घलेम्दी जलविद्युत निर्माणधिन अवस्थामा रहेका छन् । जिल्लाभर करिव ३ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने सकिने अनुमा गरिएको छ । विद्युत विकास विभाग अनुसार करिव १२ सय मेगावाट उत्पादन अनुमति लिईएपनि अधिकाँले नविकरण मात्रै गरिरहेका छन् । अनन्त गिरीको सहयोगमा 
12231658_1237709449589319_603778314_n
12233238_1237709192922678_671462743_n

0 comments

Write Down Your Responses

-->