समस्याको निकास र देशको बिकासको लागी मेरो उम्मेदवारी – रबिन तामाङ्
नमस्ते नेपाल कोरिया संवाददाता
५ औ राष्ट्रिय अधिवेशन अध्यक्षका प्रमुख दाबेदार रबिन तामाङ्ले कोरियामा हुने समस्याको निकास र देशको बिकाशको लागी आफ्नो उम्मेदवारी दिएको जनाएका छन् । अध्यक्ष पदका दावेदार तामाङले केहि भावी योजनाहरु अघि सार्दै कोरियामा बढ्दै गएको आत्महत्या र औधोगिक दुर्घटनाको साथै नेपालबाट बिबाह भिषामा कोरिया आएका नेपाली चेलीबेटीहरुको समस्याहरुलाई सम्बोधन गर्ने उनको योजना छ | कोरियामा रहेका नेपालीहरुले आर्जन गरेको सीप, पुजी र क्षमतालाई नेपालको बिकास निर्माणमा लगाउन सरकारसंग हातेमालो गर्ने उनको अर्को प्रमुख योजना हो । यसअघिका कार्य समितिहरुको काम कारबाहीलाई नजिकबाट मुल्यांकन गरेका तामाङले कोरियामा रहेका नेपाली समुदायको समस्याहरु नजिकैबाट पहिचान गरिसकेको बताएका छन् | त्यहि अनुभवका आधारमा काम गर्न र समस्याहरु समाधान गर्न सहज हुने उनको दावी छ | बिगत २५ बर्ष देखी कोरियामा रहदै आएका उनि बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध भएर सेवा गर्दै आएका छन् | हाल आधा दर्जन भन्दा बढी संघ संस्थाको सल्लाहकार रहेका तामाङ २००८ देखी २०१० सम्म केबिजमा काम गरेको अनुभब रहेको छ यस अवधिमा कोरियामा रहेका बिधार्थी, मजदुर र अन्य नेपालीहरुलाई समस्या पर्दा सहयोग गर्दै आएको बताउछन् । अहिले जनमानसमा नकारात्मक हल्ला फैलाएर भ्रम सिर्जना गर्न लागेकोले त्यस्ता हल्लाको पछी नलागी आफुलाई एनआरएन कोरियाको अध्यक्ष पदमा भारी मतले बिजय गराईदिनु हुन सम्पूर्ण कोरियाबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु , ब्यापारी, बुद्दीजीबी, पत्रकार, बिधार्थी र बिभिन्न पेशामा संलग्न समुदायलाई हार्दिक अनुरोध गरेका छन् ।

0 comments
Write Down Your Responses