ओखर काचो छ को अपार सफलता पछी पैसा
दक्षिण कोरियामा रोजगारको शिलशिलामा रहेतापनि नेपाली जन्म भूमिलाई के दिन सकिन्छ भन्ने चिन्तन राख्ने एक सर्जक हुन् क्रिस गुल्मेली बाबु । उनले नेपालको गीत ,सगीत कला क्षेत्रमा एक पृथक स्वाद दिलाउन आफ्नो रचनाहरु मार्फत धमाधम गीत सिर्जना तर्फ अग्रसर हुदै फेरी नया गीतको तयारीमा जुटेका छन् ।
उनै द्वारा रचना गरीएको पहिलो गीत"ओख्खर काँचो छ"को अपार सफलता पछि फेरी दोश्रो गीत " पैसा" ल्याउदै छन् ।
सो तयारीमा रहेको गीत पैसाको लय शब्द आफ्नै रहेको छ भने संगीत कोरियामै रहनुभएका एक कुशल संगीतकार डी.आर. अटु को रहेको छ । सिडी बिजय अधिकारीको सुमधुर स्वरमा सजीएको सो गीतको म्युजिक भिडिओ अभिनयमा कृष् बाबु , निता र सुरजको रहेको छ ।
सो पहिलो गीत ओखर काचो छ को म्युजिक भिडिओ सफलता सगै श्रोता र दर्शकहरु बिच नयाँ जीवन सँग मेल खाने गीतहरु निरन्तर पस्कने क्रममा रहेका छन् । श्रोताहरुको हौसला साथै सहयोग सुझाबको आशा सहित सिर्जनामा तल्लीन रहेको नमस्ते नेपाल कोरिया डटकम को छोटो कुराकानीमा बताएका छन्।
0 comments
Write Down Your Responses