इपिएसको अभिमुखीकरण तालिम कत्तिको प्रभावकारी
किशन गौतम, दक्षिण कोरिया |
बहुसंख्यक नेपालीहरुको रोजाइमा परेको गन्तब्य मुलुकको रुपमा चिनिने देश दक्षिण कोरिया हालका दिनमा आएर नेपालीहरुको बाक्लै उपस्थिति रहेको छ । यहाँ विभिन्न क्षेत्रमा नेपालीहरु आउने गरेका छन् । सेवामुलक ,ब्यापार र अन्य क्षेत्रमा नगन्य रुपमा नेपालीहरुको उपस्थिति भएपनि उत्पादनमुलक र कृषि क्षेत्रमा अधिकांश नेपालीहरु आउने गरेका छन् ।
श्रम र पसिनाको भरमा देशको बिकाश गर्न सकिन्छ भन्ने कुरामा विश्वास राख्ने दक्षिण कोरिया जस्तो देशमा श्रमिकको रुपमा काम गर्न आउने नेपाली युवा जमातलाई यहाको श्रम कानुन र शारीरिक परिश्रम कम चुनौतिपूर्ण छैन ।
दैनिक सोह्र घण्टा सम्म पनि काम गर्नु पर्ने देशमा प्रवेश गर्दा नेपालमा दिइने अभिमुखीकरण तालिम कतिसम्म प्रभावकारी छ त भन्ने कुरालाइ शुष्म रुपमा केलाएर हेर्नै पर्दछ, किनकि कुनैपनि एक देशको नागरिक अर्को देशमा श्रमिकको रुपमा प्रवेश गर्दा शारीरिक र मानसिक रुपले तयार भएको हुनुपर्ने नितान्त आबश्यक छ ।
नौलो देश ,भाषिक समस्या, नौलो परिवेष आदिकुरा त एकातिर छदैछ त्यो बाहेक कोरियन मालिकहरुको निगरानीमा पूर्णतया शारीरिक परिश्रम गर्नुपर्ने त्यो पनि १२ देखि १६ घण्टा सम्म । प्रवासी मजदुरलाई मेसिनको रुपमा लिने कोरियन कम्पनीका मालिकहरुबाट बेला बेलामा हुनेगरेका दुरब्याबहार लगाएतका समस्या त छदैछ त्यो भन्दापनि नेपाल जस्तो अल्पविकसित देशबाट आएका जहाँ मेसिनको प्रयोगका त कुरै छोडौ मेसिन सम्म पनि राम्रोसंग नदेखेका श्रमिकहरु मेसिनरी कामको लागि प्रयोग गरिदा हुने कम्पनि दुर्घटनाका समाचारहरु बाक्लै रुपमा आउन थालेका छन् ।
समस्या उत्पादन मुलक क्षेत्रको मात्र होइन कृषि क्षेत्रमा आउने श्रमिकहरुको पनि त्यो भन्दा कम छैन । दैनिक १२ देखि१४ घण्टा सम्म बाहिर जाडो, गर्मि सबै सहेर काम गर्नुपर्ने र बिदाका दिनहरुपनि ज्यादै कम हुने यस क्षेत्रमा काम गर्दाका समस्या हरुपनि कम चुनौतिपूर्ण छैन । भौगोलीक हिसाबले बर्षमा ७ महिना सम्म जाडो हुने देश कोरियामा बाहिर काम गर्दा कस्तो तयारी गर्नुपर्छ, स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने कुराको जानकारी नहुदा देखिएका स्वास्थ्य समस्याहरुपनि प्रसस्तै आउने गरेका छन् ।
यी त भए कोरियामा श्रमिकका भोगाई र समस्या तर यी समस्याको निराकरणको बारेमा सोच्नुपर्ने सम्बन्धित निकायले के कस्तो कदम चलिरहेको छ त भन्ने कुरा सबैभन्दा महत्वपुर्ण बिषय छ । के अझैपनि एक नेपाली बिदेशी भूमिमा आत्महत्या, अंगभंग तथा कम्पनि दुर्घटना बाट मृत्यु भएको खबर बन्ने हो ? यसबारेमा सम्बन्धित निकायले गम्भीर भएर नसोचे भविश्यमा यस्ता घटनाहरु पुन नदोहोरिएला भन्न नसक्ने अवस्था छ ।
एउटा नागरिकलाइ बिदेशि भुमिमा अदक्ष श्रमिकको रुपमा पठाउदा शारीरिक र मानसिक रुपले तयारी गराउने संस्था पूर्व अभिमुखिकरण तालिम केन्द्रले गराएको पूर्व तयारी कतिसम्म प्रभावकारी छ त त्यो बारेमा सम्बन्धित निकायले गम्भीर भएर सोच्नै पर्दछ किनकि शारीरिक रुपमा काम गर्न आउने श्रमिकलाई कागजी पानामा दिइने तालिमले कतिसम्म महत्व राख्ला त ?
यसै बिषयमा सउल स्थित नेपाली दुताबासका श्रमसहचारी अनिल गुरुङ भन्नु हुन्छ "नेपालमा दिइने तालिम कोरियामा गर्ने काम, यहाँको जीवनशैलि सबैलाई अध्यन गरेर विज्ञहरुले तयार पारेको हो । समय समयमा त्यसलाई परिमार्जन पनि गरिदै आएको छ । प्रभावकारिनै छैन भनेर भन्न चाहि मिल्दैन तर तालिमको अबधि भने अलि छोटो भएको महशुस हुन्छ ।"
त्यस्तै एनआरएन कोरियाका सल्हाकार डा. देवी बहादुर बस्नेतको बिचारमा तालिमले एउटा कामदारलाइ म कस्तो देशमा र कस्तो कामको लागि जादैछु त भनेर पूर्णरुपले मानसिक तयारि गराऊन सक्नु पर्यो र कोरियाका विभिन्न कम्पनिहरुमा गरिने कामलाइ भिजोलाइज गरि उक्त भिडिओ को आधारमा तालिम संचालन गरियो भने कामदारलाइ आफुले कस्तो काम गर्नु पर्दो रहेछ भन्ने कुराको पूर्ण ज्ञान हुन्छ।
३ बर्ष अघि इपिएस मार्फत कोरिया आएका स्याङ्ग्जा जिल्लाका यादव अर्याल भन्छन् तालिम पक्कै पनि अब्याबहरिक छ किनकि तालिममा सिकाइने कुरा र यहाँको काम आकाश धर्तिको फरक छ । तालिम ज्ञानमूलक भन्दा पनि सिप मुलक हुनुपर्यो । अदक्ष कामदार भनेर झिकाउने अनि दक्ष कामदार बराबरको काम खोज्ने कोरियन साहुहरुको व्यवहारलाइ आधार मानेर तालिम पूर्णतया व्यावहारिक हुनु अति आबस्यक छ ।
आखिर प्रयोगात्मक ज्ञान र शिपको अभाबले नै यस्ता औधोगिक दुर्घटनाहरु निम्तिरहेका छन् । त्यस्ता दुर्घटना पूर्णतया न्यूनीकरण गर्नको लागि कोरियाका विभिन्न कम्पनीहरुको स्थलगत निरिक्षण गरि तयार पारिएको रिपोर्ट लाइ आधारमानि समय सापेक्षित् , व्यावहारिक र सिपमुलक तालिम संचालन गर्नुपर्ने अति आबश्यक देखिन्छ । त्यति मात्र होइन एक नेपाली नेपाल बाट स्वास्थ्य परिक्षणमा फिट छ भनेर कोरिया पठाइन्छ तर यहाको तालिम केन्द्रमा लिईने स्वस्थ्य परिक्षणमा अनफिट भनेर तालिम केन्द्रबाटै नेपाल फर्काइयेका तथा बाध्य भएर तालिमकेन्द्रबाटै भागेका उदाहरण हरु पनि प्रसस्तै छन् । आखिर यस्तो चरम लापरवाइ कसको त , सम्बधित निकायको ध्यान त्यतापनि जहोस l
- हेल्लो नेपाल कोरिया

0 comments
Write Down Your Responses