कोरियाली मजदुर ज्याला निर्धारण समितिमा त्रिपक्षिय मतभिन्नता कायमै



तस्बिर -योनाफ

किशन गौतम , द. कोरिया 

८ जुलाई २०१५ 

कोरियाली मजदुर ज्याला निर्धारण समितिमा त्रिपक्षिय मतभिन्नता कायमै l बुधबार साँझ सम्म मतदान हुने सम्भावना । 


सन् १०१६ को लागि कोरियाली मजदुर ज्याला निर्धारण समितिको बैठक मंगलवार साँझदेखि बसेपनि सरकारी प्रतिनिधि ,मजदुर प्रतिनिधि र कम्पनि ब्यबस्थापन प्रतिनिधि को आ- आफ्नै अडान को कारण ले गर्दा बुधबार बिहान सम्म पनि कुनै पनि निष्कर्षमा पुग्न सकेको छैन  बैठक फेरी बुधबार साँझ बस्ने कार्यक्रम रहेको कुरा प्रबासी मजदुर संगठन का अध्यक्ष उदय राइ ले जानकारी गराउनु भएको छ । 

बिहान ५ बजे सम्म समितिको कार्यालय थेजनमा बसेको बैठकमा मजदुर संगठनले प्रति घण्टाको ८ हजार २ सय वन हुनुपर्ने मा अडान लिएको छ भने त कम्पनि ब्यबस्थापन प्रतिनिधिले बैठक को अन्त्यतिर प्रतिघन्टा ५ हजार ७ सय १५ वन सम्म मात्रै हुनसक्ने बताएका छन् त्यस्तै बार्ताको मध्यस्तकर्ता सरकारी प्रतिनिधिले ५ हजार् ९ सय ४० वन देखि ६ हजार १ सय २० वन सम्म मा सम्झौता गर्नु पर्ने प्रस्ताब अगाडी सारेको छ 
बुधबार दिउसो सम्म को लागि स्थगित भएको बैठक बेलुका पनि उस्तै आ-आफ्नै अडान कायमै रहेमा मतदान हुने सम्भावना रहेको कुरा अध्यक्ष राइ ले जानकारी गराउनु भयो 
। 

अध्यक्ष राइ का अनुसार बैठक निष्कर्ष बिहिन भएपछी समितिको कार्यालय अगाडी मजदुर संगठन प्रतिनिधिहरुले पत्रकार सम्मेलन गरेका थिए 
।  स्मरण रहोस कोरियाली मजदुर संगठन र प्रबासी मजदुर संगठन केसिटियु र एमटियु ले संयुक्त रुपमा प्रतिघन्टा १० हजार हुनुपर्ने माग गर्दै एक छन् v 

0 comments

Write Down Your Responses

-->