‘दोस्रो स्याङ्जा कप २०१५’ मा १९ टिामको सहभागिता हुने
नोमराज गुरुङ ,सोल कोरिया
अगामी अगष्ट २ तारिख कोरियाको गर्मी बिदालाई लक्षित गर्दै आयोजना गर्न लागिएको ‘स्याङ्जा कप २०१५’ पुरुष भलिबल प्रतियोगितामा जम्मा १९ टिमले सहभागिता जनाउने भएको छ ।
प्रतियोगिताको मिति नजिकिँदै गर्दा आयोजक स्याङ्जा परिवार दक्षिण कोरियाले जुलाई २६ तारिख आईतबार सोलको दोङ्देमुन शहरमा एक कार्यक्रमको आयोजना गरी प्रतियोगितामा सहभागि टिम र सम्बन्धित सबैलाई सहभागि टिमहरु बारे जानकारी गराएको हो ।
आयोजकले दिएको जानकारी अनुसार यसपाली ‘तमु धीँ दक्षिण कोरिया’ले भलिबल प्रतियोगितामै पहिलो पटक सहभागिता जनाउने भएका छन् । त्यस्तै केही समयको बिश्रामपछि ‘नमस्ते पाल्पा परिवार’ पनि भलिवल प्रतियोगितामा आफुलाई सहभागिता गराउँदैछन् । त्यस्तै सोल क्षेत्रमा हुने भलिबल प्रतियोगितामा ‘मोक्फो चौतारी’ पनि नयाँ टिम भएको आयोजकले जनाएको छ ।
‘सद्भाव र एकताको कामना, स्याङ्जा कपको आयोजना’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको स्याङ्जा कप २०१५ को लागि परिवारले आईतबारै खेल तालिका समेत सार्वजानिक गरेको छ ।
सार्वजानिक गरिएको खेल तालिका अनुसार ‘ए’ पोलमा १० टिम र ‘बी’ पोलमा ९ टिम समावेश गरिएको छ । त्यस्तै प्रतियोगिताको पहिलो खेल तमु धीँ दक्षिण कोरिया र तनहुँ सम्पर्क समिति बीच बिहान ८ः३० हुनेछ र दोस्रो खेल मेचीमहाकाली युनाईटेड र युनिक भिजनबीच हुनेछ ।
सोलको गुफाबाल योक नजिकैको उन्फ्योङ्ग खेल केन्द्र (तनहुँ सम्पर्क समितिले भानु कप आयोजना गरेको स्टेडियम) मा सञ्चालन हुने प्रतियोगिताको लागि साँझ ६ बजेसम्म मात्रै हल उपलब्ध भएकाले निर्धारित समयमै खेल सुरु हुने आयोजकले सबै सहभागि टिमहरुलाई सुझाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १० लाख वनका साथै शिल्ड र प्रमाणपत्र र द्धितीय हुने नगद ७ लाख वन र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै तृतीय स्थानका लागि खेल प्रतिस्पर्धा र चिट्ठा सिस्टम दुबै नगराई दुबै टिमलाई प्रवेश शुल्क २÷२ लाख वन फिर्ता गरिनेछ ।
गर्मी विदाको अवसर परेको हुनाले दर्शकको चाप बढि हुनसक्ने र प्रतिस्पर्धी टिमहरुको सहभागिता पनि बढि हुने अनुमान भएकाले परिवारले करिब १ सय जना भोलिन्टिएरलाई युनिफर्म र परिचयपत्र सहित खटाउने आयोजकले जनाएको छ ।
खेलाडीहरु र खेलप्रेमीहरुले ट्रेन लाईन नम्बर ३ बाट गुफाबाल स्टेशनमा झरी गेट नम्बर २ बाट हिँडेर १० मिनेटमा उन्फ्योङ्ग खेल केन्द्र पुग्न सकिने आयोजकले जनाएको छ ।
त्यस्तै सबै खेलप्रेमीहरुको सुबिधाको लागि २ नम्बर गेटबाटै स्टेडियमसम्म बाटो पहिल्याउनका लागि एरो चिन्ह समेत राखिने बताईएको छ ।
प्रतियोगिता अवधीमा भाग्यशाली चिट्ठा कार्यक्रम समेत गरिने छ । १० हजार वनको चिट्ठामा प्रथम पुरस्कार नगद ६ लाख वन, द्धितीय पुरस्कार नगद ४ लाख वन, तृतीय पुरस्का नगद २ लाख वन र सान्त्वना पुरस्कार सोलर लाईट २ जनालाई प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै प्रतियोगिता अवधिमा खेलाडी र दर्शकको सुविधाको लािग सेल, तरकारी, मासु, भुटुवा, चिउराका साथै विभिन्न प्रकारका पेय पदार्थहरु समेत उपलब्ध गरईने बताईएको छ ।

0 comments
Write Down Your Responses