म्याग्दी समाज समिति कोरिया द्वारा सिन्धुपलान्चोकका भुकम्प पिडितहरुलाई राहत बितरण
नमस्ते नेपाल कोरिया संवाददाता
म्याग्दी समाज समिति दक्षिण कोरियाले नेपालमा हालै गएको बिनाशकारी भुकम्पबाट क्षतिग्रस्त सिन्धुपलान्चोक जिल्लामा राहत बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
समाजको सकृयतामा संकलित करिव २ लाख रुपैया बराबरको राहत जिल्लाको फटकशिला गाबिस वडा न ५ स्थित काफलचौर र माझीगाउ का १०० घरपरिवारलाई बितरण गरिएको हो । माझी बस्ति र आसपासका सम्पूर्ण घरहरु भूकम्पका कारण पूर्ण रुपमा क्षति ग्रस्त भएको र हाल सम्म पनि राम्रो बस्ने प्रबन्ध नभएकाले खेतबारीमा पाल टाँगेर बसेका अति विपन्न परिवार का १०० घर परिवारलाई राहत स्वरुप जस्ता पाटा बितरण गरिएको म्यागदी समाज समितिका भुपु सचिब बाबुराम शर्माले जानाकारी दिनु भयो । राहत म्याग्दी समाज समितिका निवर्तमान पदाधिकारीहरु र स्थानिय जन प्रतिनिधिहरुको रोहबरमा बितरण गरिएको थियो ।
म्याग्दी समाज समिति दक्षिण कोरियाको राहत वितरण कार्यक्रम संगै के एम कोरियन ल्याङग्वेज (KM Korean Language) गोंगबु परिवारको तर्फबाट पनि तेल नुन र चिउरा वितरण गरिएको थियो ।
म्याग्दी समाज समिति दक्षिण कोरियाले भुकम्प पिडित सहयोगार्थ राहत संकलन कार्य संगै म्याग्दी जिल्लाको बैंसरी स्थित काली गण्डकी नदीमा माथिबाट खसेको भिषण पहिरोबाट पिडित परिवारहरुको सहयोगार्थ राहत संकलन कार्य जारी रहेको जानाकारी समाजका अध्यक्ष मुक्ती केसीले दिनु भएको छ ।

0 comments
Write Down Your Responses