कोरियाबाट भिमबहादुरको परिवारलाइ आर्थिक सहयोग
नमस्ते नेपाल कोरिया सम्वाददाता |
अध्ययनको सिलसिलामा जापानमा मिति २०७२ जेष्ठ १५ गते असामयिक निधन भएका धनकुटा हात्तिखर्क १ का भिम बहादुर कटुवालको परिवारलाइ कोरियाबाट सहयोग रकम प्रदान गरिएको छ ।
स्व. भिम बहादुर कटुवालको अध्ययनको लागि जापान पुगेको १५ दिनमै असामयिक निधन भएको थियो । उनको घरायसी आर्थिक अवस्था पनि ज्यादै नै नाजुक रहेको र चर्को ब्याजदरमा रिनपान गरेर उनि जापान पुगेका हुनाले इच्छुक ब्याक्तिहरुबाट सहयोगको समेत अपेक्षा गरिएको थियो त्यसै सिलसिलामा कोरियाको राजधानी सउलबाट लगभग ४०० किलोमीटरको दुरिमा रहेको खजेदो स्थित देउ सीप निर्माण कम्पनी (डिएसएमी) मा कार्यरत धनकुटा र धनकुटा संग भावनात्मक सम्बन्ध राख्ने उमेश पौडेल, हेम कटुवाल, नोबिन्द्र कटुवाल र महेश कटुवालको संयोजनमा सहयोग रकम संकलन गरिएको थियो ।आर्थिक सहयोग संकलन कार्यमा सोही कम्पनीका मनोज भण्डारी तथा आर सि अधिकारी समेतको भुमिका महत्त्वपूर्ण रहेको थियो ।
संयोजन गर्ने साथिहरुको अनुरोधमा देउ सीप निर्माण कम्पनीमा कार्यरत सहयोग गर्न इच्छुक जम्मा ३६ जना नेपाली दाजुभाईहरुबाट संकलीत जम्मा नेपाली रकम रु. ८५ हजार आषाढ ८ गते धनकुटा स्थित स्व. भिम बहादुर कटुवालको परिवारलाई हस्तान्तरण गरिएको छ ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा स्थानियवासिहरुको समेत उपस्थिति रहेको थियो ।सहयोग रकम बुझिलिदै स्व. भिम बहादुरका अभिभावकहरुले कोरियामा रहेर पनि आफुहरुको दुःखमा सहयोगी भावना राखेर सहयोग गर्नुहुने सबैमा धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
0 comments
Write Down Your Responses