एनसिसी अधिवेशनको हल्ला प्रति जनसम्पर्क समिति कोरियाको आपत्ति



एनसिसी अधिवेशनको हल्ला प्रति जनसम्पर्क समिति कोरियाको आपत्ति सहित एक बिज्ञप्ति


नमस्ते नेपाल कोरिया सम्वाददाता |
२४ जुन २०१५ l कोरिया

कोरियामा सबै संघसंस्थाहरुको साझा एवं पुरानो ईतिहास बोकेको संस्था नेपाली सम्पर्क समिति (एनसिसी) को अधिबेशन नजिकिदै गर्दा नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियालाई आँच पुर्याउने खालका हल्ला प्रति समितिले आपत्ति प्रकट गरेको छ । आज एक विज्ञप्ती प्रकाशित गर्दै समितिले नेपाली सम्पर्क समितिलाई कोरियामा रहेका सबै जातिय, क्षेत्रीय, धार्मिक संस्थाहरुले छाता संगठन मान्दै आएका छन् र यो संस्थाको गरिमा थप उचाईमा पुर्याई सबै संघसंस्थाहरुको अभिभावक संस्था  हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेका बताउदै ध्यान आकर्षण गरेको छ।


विज्ञप्ती

कोरियामा सबै संघसंस्थाहरुको साझा एवं पुरानो ईतिहास बोकेको संस्था नेपाली सम्पर्क समिति (एनसिसी) को अधिबेशन नजिकिदै गर्दा यस नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियासंग जोडिएर बाहिर आएका अवबाह फैलाउने खालका टीका टिप्पणीहरुप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली सम्पर्क समितिलाई कोरियामा रहेका सबै जातिय, क्षेत्रीय, धार्मिक संस्थाहरुले छाता संगठन मान्दै आएका छन् र यो संस्थाको गरिमा थप उचाईमा पुर्याई सबै संघसंस्थाहरुको अभिभावक संस्था  हुनुपर्छ भन्ने हाम्रो मान्यता रहदै आएको छ ।

यसको नेतृत्व गर्न  राजनीतिकरण  गर्नु हुँदैन, स्वच्छछविको सामाजिक व्यक्तित्वबाट चयन हुनुपर्छ र  एनसीसीलाई मजबुत र बलियो बनाउन अब आउने नयाँ कार्यसमितिमा दलिय किसिमले निर्णय गरेर जानू हुँदैन, समितिमा सबै क्षेत्र,जात,जाती,धर्म,महिलाको समान प्रतिनिधित्व हुनुपर्दछ भन्ने हाम्रो स्पष्ट धारणा छ।  एनसिसीको नेतृत्व गर्न नेपाली जनसम्पर्क समितिले बाहिर आएजस्तो कुनै पनि  व्यक्तिलाई  आधिकारिक उम्मेदवार नबनाएको र बाहिर आएको कुरामा कुनै सत्यता नभएको  पनि प्रष्ट पार्न चाहन्छौं।

  हाम्रो संगठन नेपाल र नेपालीहरुका हितमा कार्य गर्दै आएको र कोरियामा रहेका संस्थाहरुलाई एक आपसमा मिलेर अगाडि बढ्नु पर्दछ भन्ने भावनाका साथ हामी निरन्तर लागिरहेको कुरा सर्वबितितै छ ।  कोरियामा रहेका करिव दुई दर्जन कृयाशिल संघसंस्थाहरुले मर्स नामक ज्यानमारा भाईरसको डर कायम रहदै गर्दा  नेपाली सम्पर्क समिति, कोरियाको अधिबेशन केही समय स्थगित गर्न गरेको अनुरोधलाई एनसीसीले वेवास्ता गरेकोप्रति नेपाली जनसम्पर्क समिति, दक्षिण कोरिया गहिरो खेद प्रकट गर्दछ । 

 वर्तमान परिस्थितिमा जुन निर्णय नहुनु पर्ने थियो त्यही निर्णय एनसीसीले गरिसकेकोले अब सबै संघसंस्थाहरु र नेपाली समुदाय मिलेर आउदो २८ तारिख आइतबारका दिन हुन गईरहेको अधिबेशन सफल पार्नुको विकल्प छैन तसर्थ कोरियामा रहेका सम्पूर्ण नेपालीहरुले एकताको संदेश दिदै नेपालमा गएको बिनासकारी भूकम्पको र कोरियामा रहेको मर्सको पीडा कम गर्न सहमतिमा कार्य समिति चयन गर्नु पर्ने नेपाली जनसम्पर्क समितिको घारणा रहेको छ । अन्त्यमा स्वास्थ्यको ख्याल गर्दै एनसीसीको अधिबेशनलाई सफल बनाउन सम्पूर्ण जनससम्पर्क समितिका कृयाशिल सदस्यहरु लगायत सबै संघसंस्था र आम नेपाली समुदायलाई उपस्थित भई दिन हुन नेपाली जनसम्पर्क समिति, दक्षिण कोरिया हार्दिक आव्हान गर्दछौ । 

जय नेपाल
नबराज शिवाकोटी सभापति नेपाली जनसम्पर्क समिती


0 comments

Write Down Your Responses

-->