आगामी मे महिना भित्र एमआरपी बनाइसक्नुपर्ने -फाराम संकलनका लागी घुम्ती सेवा बुसानमा







नमस्ते नेपाल कोरिया सम्बाददाता

०९ ,अप्रिल २०१५

आगामी मे ३ आईतबार २०१५ मा  एम. आर. पी. फाराम संकलनका लागी घुम्ती सेवा  बुसानमा उपलब्ध गराउने भएको छ ।

नेपाली राजदुतावास, दक्षिण कोरियाको एम. आर. पी.  फाराम संकलनका लागी घुम्ती सेवा सञ्चालन गर्ने सम्बन्धी जारी गरिएको  सूचनामा मे ३ मा बुसानबाट एमआरपी आवेदन दिन सकिने उल्लेख गरेको छ ।

  दुताबासले बुसान स्थित बुसान फरेनर्स सपोर्ट सेन्टर (वि.एफ.सी.) मोरादोंग मा सो  सेवा उपलब्ध गराउने भएको हो  । उक्त सेवा दिने समय  विहान १० बजे देखि ४ बजेसम्मका लागी तोकिएको छ ।


सन् २०१५ ,नोभेम्वर २४ सम्म सम्पूर्ण हस्तलिखित राहदानीहरु एमआरपीमा प्रतिस्थापन गरीसक्नुपर्ने  बाध्यकारी ब्यवस्था भएता पनि  भिषाका लागि ६ महिना वाहल अवधि रहनुपर्ने नियम रहेकाले साथै
एमआरपी नबनाएको खण्डमा बसाइ गैह्रकानुनी हुन गई विभिन्न कानूनी तथा प्राविधिक कठिनाईहरु भोग्नु पर्ने भएकाले  एमआरपी बनाउन सउल स्थित नेपाली दुताबासले अनुरोध गरेको हो  ।
 कोरियामा रहेका हस्तलिखित राहदानी बाहक नेपालीहरुले भिषा नविकरण तथा अन्य मुलुक जानुपर्ने खण्डमा अनिवार्य रुपमा २०१५ मे महिना भित्र एमआरपी बनाइसक्नुपर्ने दुताबासको सुचनामा  जारी गरीएको छ ।

0 comments

Write Down Your Responses

-->