बसन्त संगीतालाई मगर संघ कोरियाले ४६ लाख वन सहयोग संकलन गर्यो
नमस्ते नेपाल कोरिया सम्बाददाता ,कोरिया
बसन्तपुर् झोछे एसिड काण्डकी घाइते संगीता पुलामी मगर र दांङ्का जिब्रो बिरामी बसन्त सिंजाली मगरको उपचार तथा राहत सहयोगको लागि नेपाल मगर संघ दक्षिण कोरियाको संयोजनमा ४६,३१,२२२(छयालीस लाख एक तिस हजार दुइ सय बाइस)कोरियन वन संकलन गरिएको छ|मगर अगुवाहरु हिक्मत पुलामी मगर(बरिष्ठ उपाध्यक्ष),होबिर थापा मगर(खेलकुद प्रमुख तथा सल्लाहकार) र राजु पुलामी मगरको सक्रियतामा र संघको संयोजनमा सो रकम संकलन गरिएको हो।सो अभियानमा करिब १६९ जना कोरियन तथा नेपाली महानुभाबहरुले आर्थिक सहयोग गरेको अभियान कर्ता हिक्मत पुलामी मगरले जानकारी दिनु भएको छ।
यस अघि नै प्रारम्भिक चरणमा उठेको रकम मध्ये बाटै संगीता र बसन्तलाई जनही १/१ लाख ने.रु.सहयोग गरिसकेको छ भने बाकि उठेको रकम बाट अर्का एसिड पिडित सीमा बस्नेतलाई पनि थोरै सहयोग गरिने र संगीताको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने हुनाले बाकी रकम बसन्तलाई हस्तान्तरण गरिने अर्का अभियान कर्ता होबिर थापा मगरले बताउनुभएको छ।
आर्थिक सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई मगर संघ कोरियाको तर्फ बाट अध्यक्ष खड्ग थापा मगरले हार्दिक धन्यवाद दिनुभएको छ।स्मरण रहोस बसन्त/संगीताको उपचार सहयोग विश्व मै पहिलो अभियान मगर संघ कोरियाले शुरु गरेको थियो।अभियान शुरु गरिसके पछि मात्र नेपाल सरकारले संगीताको उपचार खर्चको जिम्मा लिएको थियो भने मगर संघ कोरियाकै पहलमा बसन्त लाइ फोन गरेर दाङ्ग बाट काठमाडौँ बोलाइएको थियो र उपचारको लागि हस्पिटल भर्ना गरिएको थियो।
0 comments
Write Down Your Responses