कोरियामा अवैधानिक संख्या २ लाख नाघ्यो - कोरिया न्याय मन्त्रालय

कृष्ण पुरी ,दक्षिण कोरिया 
३०  ,जनवरी २०१५
कोरियामा अवैधानिक आप्रवासीको संख्या पछिल्लो  तथ्यांकमा  उच्च वृद्धि भएको छ ।हालै निकालिएको  कोरिया  न्याय  मन्त्रालयको आकडा अनुसार  सन् २०१४ को अन्तिम  तथ्याङ्कमा अवैधानिकको संख्या १४ प्रतिशतले वृद्धि हुदै २ लाख ८ हजार ७ सय अठहत्तर रहेको छ l  सन् २०१३ मा १ लाख ८३ हजार १ सय छ थियो l

बिगतमा गैरकानुनी विदेशीको  संख्या सबैभन्दा धेरै सन् २००७ मा २ लाख २३ हजार ४ सय चौसठी  पुगेको थियो । त्यसपछि बिस्तारै संख्या  घट्दै गइरहेको र सन् २०१३ सम्ममा आइपुग्दा  २ लाख भन्दा तल नै थियो  भने  हाल आएर फेरी २ लाख भन्दा बढी हुदै गएको  देखिएको छ ।

0 comments

Write Down Your Responses

-->