विश्वमा अंग्रेजी भाषामा पुरुष भन्दा महिला निपुण ....
कृष्ण पुरी ,दक्षिण कोरिया
-विश्वमा अंग्रेजी भाषामा पुरुष भन्दा महिला निपुण
विश्वमा महिलाहरु सामान्यतया विदेशी भाषा अंग्रेजी सिक्न पुरुषहरू भन्दा कुशल र निपुण रहेको एक सर्वेक्षणले देखाएको छ l EPI (English Proficiency Index) ले विश्वव्यापी रुपमा ६३ देश तथा प्रान्तहरु समेटेर ७ लाख ५० हजार किशोर किशोरीहरुमा हालै गरेको एक सर्वेक्षण अनुसार औसतमा अंग्रेजी निपुणतामा पुरुष भन्दा महिलाको तथ्यांक दर बढी देखिएको छ l जसमा औशत महिलाको स्कोर ५३.५३ प्रतिशत छ भने पुरुषको स्कोर ५०.७५ प्रतिशत रहेको छ l
उक्त तथ्यांकअनुसार बिश्वब्यापी रुपमा ६९.३० औशत प्रतिशत स्कोरले डेनमार्कका किशोर किशोरीहरु बिदेशी भाषा अंग्रेजी कुशल र निपुणतामा उच्च स्तरमा परेका छन् भने नेदरलैंड (६८.९८%) , स्वीडेन(६७.८०%) ले क्रमश त्यसपछि छन् l त्यसपछि क्रमश चौथो ,पाचौ छैटौमा फिनल्याण्ड , नर्वे र पोल्याण्ड छन्।
एसियन देशहरुमा भने अंग्रेजी स्तर अलि कम देखिएको छ l एसियाको स्कोर दर ५१.२१% अनुसार महिलाको स्कोर ५१.५८% छ भने पुरुष ५०.६७% रहेको छ l एसियन देशहरुको तुलनामा भने मलेसिया सबभन्दा अगाडि ५९.७२% स्कोर दरका साथ विश्वको १२ स्थानमा रहदै र त्यसपछि सिगापुर (५९.५८%) १३ औ स्थानमा रहेको छ । दक्षिण कोरिया २४ औ स्थानका साथ् औशत स्कोर ५३.६२ % मा महिलाहरु ५४.१८% र पुरुष ५२.८३% रहेको छ l २५ औ स्थानमा भारत छ भने २६ औ मा जापान र ३७ औ मा चिन छ । नेपाल भने यस ६३ देशहरुको सर्बेक्षणमा समाबेश गरिएको छैन ।
उच्च स्तरमा टप टेन (Top Ten ) देशहरुमा सबै युरोपका नै रहेका छन् भने ज्यादै न्युन स्तर भएकामा प्राय सबै ल्याटिन अमेरिका, मध्य पूर्व र उत्तर अफ्रिका थिए।

0 comments
Write Down Your Responses