कोरियामा नेपाली कामदारलाई सञ्चयकोषको व्यवस्था गर्न लबिङ
काठमाण्डौ । सरकारले कोरियामा काम गर्ने नेपाली कामदारलाई सञ्चय कोष उपलब्ध गराउन लबिङ गरेको छ । कोरियाको निजी क्षेत्रका कामदारले ‘नेसनल पेन्सन फन्ड’ कार्यक्रमअन्तर्गत सञ्चय कोषलगायतका सुविधा पाउने भएकाले नेपाली कामदारलाई पनि सोही सुविधा उपलब्ध गराउनुपर्ने माग रोजगारदाता मुलुकसँग नेपालले गरेको हो । नेपालको यो प्रस्ताव सर्तसहित कार्यान्वयन गर्न कोरिया सरकार तयार भएको छ ।
नेपाली कामदारलाई सञ्चय कोष दिने भए नेपालमा काम गर्ने कोरियालीलाई पनि यस्तै सुविधा दिनुपर्ने कोरिया सरकारले प्रस्ताव गरेको छ । यसमा नेपाल सरकारले अहिलेसम्म कोरियाली पक्षलाई स्पष्ट जवाफ भने दिन नसकेको अन्नपूर्ण पोस्टमा खबर छ ।
कोरियाली कामदारको नेसनल पेन्सन फन्ड कार्यक्रम अन्तर्गत आम्दानीको नौ प्रतिशत रकम सञ्चय कोषमा जम्मा हुने गरेको छ । यसमा साढे चार प्रतिशत रोजगारदाताले थप्ने गर्छन भने साढे चार प्रतिशत कामदारको आम्दानीबाट कटौती गरेर जम्मा गरिन्छ । विनाभेदभाग यही सुविधा नेपाली कामदारलाई पनि दिनुपर्ने माग नेपालले राखेको छ ।

0 comments
Write Down Your Responses