कोरियामा प्रमुख नेपाली राजनैतिक दलका संगठनहरु बलियो हुँदै

देवेन्द्र सम्बाहाम्फे ,  दक्षिण कोरिया    
कोरियामा प्रमुख दलका प्रवास संगठनहरु  बलियो  हुने दौडमा लागेका छन् । समिति  विस्तार, कार्यकर्ता प्रशिक्षण र अन्र्तकृया कार्यक्रम गरेर उनीहरुले गतिविधि बढाएका हुन् । यस्ता कार्यक्रममा भाग लिन एमाओबादी, एमाले र कांग्रेसका नेताहरु पालैपालो कोरिया आउने क्रम चलेको छ  ।

नेकपा एमाओवादीका उपाध्यक्ष पोस्टबहादुर बोगटी केहि दिनअघि मात्र नेपाल फर्के । उनि पार्टीको प्रवास संगठन नेपाली जन अधिकार मञ्चको तेश्रो अधिबेशनमा भाग लिन आएका थिए । प्रमुख अतिथि रहेका उनले यहां रहंदा कार्यकर्तालाई प्रशिक्षण पनि दिएका थिए ।
पहिचान सहितको संघीयतामा पार्टीको अडान कायमै रहेको र यसका लागि सडक र सदनबाट माहोल बनाउन एमाओवादीले भूमिका निर्वाह गरिरहेको कार्यकर्ता प्रशिक्षणमा उनले भने । बिभिन्न  मोर्चामार्फत आम जनतालाई पहिचानको बारेमा स्पस्ट पार्न कार्यकर्तालाई निर्देशन पनि दिएका थिए ।
बोगटीको प्रशिक्षण लिन बिभिन्न क्षेत्रबाट कार्यकर्ता आएका थिए । मंचले थेगु, थेजन, इन्छन, आन्सान, छनान , वाइजम्बु क्षेत्रमा संगठन बनाएकको छ । यसमा करिब ४ सय सगठित सदस्य रहेका छन् ।
बोगटी फर्केको हप्ता दिन बित्नै लाग्दा कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा यहां आउदैछन् ।  शर्माले पार्टी संगठन नेपाली जन सम्पर्क समितिले यहि आइतबार आयोजना गर्न लागेको ‘आजको नेपाल, अबको नेपाल’ बिषयक अन्तरकृयालाई सम्बोधन गर्नेछन् ।
४० जनाको केन्द्रीय पदाधिकारी रहेको समितिले कोरियालाई ७ क्षेत्रमा बिभाजन गरेर संगठन विस्तार गरेको छ । प्रत्येक क्षेत्रीय समिति १५ सदस्यीय रहने गरेको छ भने कोरियामा ३ सय क्रियाशील सदस्य रहेका छन् ।
त्यस्तै एमालेका उपमहासचिव घनश्याम भुषाल पनि कोरिया आउदैछन् । उनी पार्टी संगठन प्रबासी नेपाली मन्चले आयोजना गर्न लागेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा आउन लागेका हुन् । ५ दिने भ्रमणमा आउन लागेका भुषालले सेप्टेम्बर ६ मा हुने ‘समृद्ध नेपाल निर्माणमा हाम्रो भुमिका’ बिषयक  बृहद अन्तकृया कार्यक्रममा नेपालको सामाजिक र आर्थिक रुपान्तरणका बिषयमा मन्तब्य दिने छन भनै  हालै सम्पन्न नवौ महाधिबेशनको सन्देश पनि कार्यकर्ता माझ पुर्याउनेछन् ।
कोरियामा एमाले संगठन निक्कै मजबुत मानिन्छ । उसले सन १९९६ मा प्रवास भातृ संगठन स्थापना गरेको हो । यहा करिब ५ सय संगठित पार्टी सदस्य रहेका छन् । इन्च्छन, आन्सान, सोल, वाइजम्बु , थेगु र बुशानमा क्षेत्रीय कमिटीहरु संचालनमा छन् ।
कोरियामा हाल एमाओबादी, एमाले, कांग्रेस, संघीय लिम्बुवान र संघीय समाजबादीले संगठन विस्तार गरेका छन् । यी संगठनहरुले पार्टी सुदृरिकरणका लागि बेलाबेलामा केन्द्र बाट नेता बोलाउने गरेका छन् । नेता बोलाउदा लाग्ने सबै खर्च श्रम गरेर कमाएको पैसाबाट जम्मा गर्ने गरेको एक कार्यकर्ताले बताए ।
- See more at: http://www.fonijkorea.com/news.php?id=167#sthash.i3bcnn3e.dpuf

0 comments

Write Down Your Responses

-->