कास्की परिवार कोरियाद्वारा धन्यवाद ज्ञापन

सुरज गुरुङ्ग - सउल, दक्षिण कोरिया
गत आईतावार २२ तारिकका दिन नेपाली कला संस्कृतिको सम्मान र संवर्धनको लागि नेपाली चलचित्रलाई मायाँ गरौं भन्ने मुल उद्धेश्यका साथ नेपाली कथानक चलचित्र कबड्डी सउल स्थित जोगेसा गुम्बाको हलमा भव्य प्रदर्शन भएको थियो । साथै मध्यन्तरमा कास्की परिवारका फुटबल तथा भलिबल पुरुष तथा महिला खेलाडीहरुलाई प्रमाण तत्र सहित खादा ओढाई सम्मान पनि गरेको थियो ।


दक्षिण कोरियाका लागि नेपाली राजदुतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाको प्रमुख आतिथ्य तथा विशेष अतिथि श्रम सहचारी अनिल गुरुङ्ग साथै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष भक्त शेर्चन, एन.आर.एन. द. कोरियाका अध्यक्ष विनोद कुंवर, वमन फर वमनका अध्यक्ष जुनु गुरुङ्ग, लगायत कोरियामा रहेका विभिन्न संस्थाका प्रतिनिधीहरुका आतिथ्यमा उक्त चलचित्र प्रदर्शन कार्यक्रम उदघाटन भएको थियो ।


हल भरी खचाखच दर्शकहरुको माझमा सम्पन्न उक्त चलचित्र प्रदर्शनमा दर्शकहरुको इक्षा बमोजिम कुनै पनि शुभकामना मन्तव्य राखेको थिएन ।


कोरियाको यो व्यस्त समयको बाबजुद पनि नेपाली दर्शकहरु नेपाली चलचित्रलाई साचिकै मायाँ गरी टाढा टाढाबाट पनि उपस्थित हुनु भएको थियो । एक दिनको विदामा दर्शकहरु कम आउला भनि ठिक्कको हल लिएको अध्यक्ष नविन गुरुङ्गले बताउनु भयो । तर दशकहरुको भिडले हल खचाखच भरिएर उभिएरनै फिल्म हेर्न परेको त कति दर्शकहरु बाहिरबाटै फर्किएको थियो । दर्शकहरुको असुविधाको लागि आयोजक कास्की परिवारले क्षमायाचना मागेको छ ।
आयोजक कास्की परिवारले उक्त चलचित्र प्रदर्शनमा उपस्थितहुनु हुने नेपाली राजदुतावासका उपनियोग प्रमुख राजाराम बर्तौला, श्रम सहचारी अनिल गुरुङ्ग साथै विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, व्यापारी, व्यावसायी, बुद्धिजिवी, पत्रकार, खेलाडी, विद्यार्थी, तथा सम्पूर्ण नेपाली जनसमुदायमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ । साथै गल्ती, कमिकम्जोरीहरुमा क्षमायाचना पनि मागेको छ ।

0 comments

Write Down Your Responses

-->