कोरियामा एमाले नबौं महाधिवेशन प्रतिनिधी चयन तथा सउल कमिटि गठन

रमेश खावाजु ,दक्षिण कोरिया 
दक्षिण कोरियामा जुन २२ तारिक आइतबारका दिन नेकपा एमालेको प्रबास सङ्गठन ओएनएफले एमाले नवौं महाधिबिशन प्रतिनिधीको रुपमा सर्बसम्मतले   कपिल  न्यौपानेलाइ  चयन गरेका  छन  ।

ओएनएफ कोरियाका  अध्यक्ष गोबिन्द गाउँलेको अध्यक्षतामा बसेको केन्द्रिय कमिटिको बैठकले  ओएनएफ सचिबालय सदस्य कपिल न्यौपानेलाई महाधिबेशनमा कोरियाको प्रतिनिधिको रुपमा पठाउने निर्णय गरेको हो l । आउदो असार १९ देखी २४  गते सम्म    काठमाडौमा शुरु हुने एमाले महाधिवेशनको लागि प्रवासमा रहेका  एमाले संगठन कमिटिहरुले आफ्नो प्रतिनिधी चयन गरिसकेका छन् l

 ओएनएफको सउल कमिटि गठन 
 ओएनएफले जुन २२ तारिक आइतबार  कै दिन दिन सउलमा  क्षेत्रिय भेला आयोजना गरि आफ्नो सङगठन बिस्तार गरेको छ । सउल क्षेत्रीय भेलाबाट   सर्बसम्मत रुपमा गिताराम सापकोटाको अध्यक्षतामा १३ सदस्यिय सउल  कमिटी गठन गरिएको छ  । सो सउल कमिटिका उपाध्यक्ष, सचिब, सह सचिब र कोषाध्यक्षमा क्रमश : भागिरथ अधिकारी , सुलभ पोख्रेल , धर्मराज घिमिरे र लाक्पा शेर्पा चुनिएका छन ।त्यसै गरि सदस्यहरुमा भने रुद्र खड्का , बिदुर आचार्य, केशब श्रेष्ठ , नरेश भट्टराई , सुसिल थापा, राजिब कार्की , सन्दिप पौडेल र रामजी थापा रहेका छ्न ।सोहि दिन गोर्खाको बिरामी दिल बहादुर गुरुङलाइ २ लाख २० हजार वन ओएनएफले सहयोग गरेको अध्यक्ष गोबिन्द गाउँले नमस्ते नेपाल कोरिया डट कमलाई बताए l

 ओएनएफले गत जनवरिमा आफ्नो चौथो सम्मेलन सम्पन्न गरेको थियो । उसले आफ्नो सम्मेलन पश्चात गतिशिल सङ्गठनको बिस्तार र सबल नेतृत्व निर्माणको अभियान भन्ने नारा सहित कोरियाका बिभिन्न ठाउमा सङ्गठन निर्माण कार्यलाइ निरन्तरता दिएको छ ।

0 comments

Write Down Your Responses

-->