गायक लोकेन्द्रको सायद चर्चाको शिखरमा (अन्तर्वार्ता)
दक्षिण कोरियाजस्तो देशमा रहेर नी आफनो लागि समय निकाल्न सक्नु आफैंमा गाह्रो कुरा हो । भनिन्छ 'जहां इच्छा त्यहां उपाय 'यो उखानलाई चरितार्थ गदैं ६ वर्षको अन्तरालमा यतिबेला गायक लोकेन्द्र राई सोलो एल्बम 'सायद'को साथमा चर्चा बटुलीरहेका छन ।आजभोली मिडियामा 'सायद तिम्रो मायामा डुबे 'भन्ने गीत निक्कैं चर्चामा छ ।२०६५ मा 'यादमा ' एल्बमबाट नेपाली सांगीतिक क्षेत्रमा अमिट छाप छोडेका गायक राई साथीभाइको लहैंलहैंमा कोरियन भाषा पढे जसको फलस्वरुप ऊनी पासमात्र भएनन कोरिया आउन सफल समेत भए । ३ अघि इपिएसमार्फत कोरिया आएका गायक राईले २ महिने छुटटीमा नेपाल गएर समयको सदुपयोग र आफनो रुचिलाई निरन्तरता दिदैं सायद एल्बम नैं तयार पारें । आफनो मेहनत र काममा विस्वास गर्ने गायक राईले छोटो समयमा नैं एल्बम ,टाइटल गीतको म्युजिक भिडियो समेत निर्माण गरे । राईको पहिलो एल्बम 'यादमा ' को 'पल पलको यादमा' गीतले १३ औं हिटस एफ एम म्युजिक अवार्डमा न्यु आर्टिस्ट तथा बेस्ट कम्पोज को अवार्ड जित्न सफल भएका थिए l त्यसै गरि सोहि बर्ष भएको कालिका एफ एम म्युजिक अवार्डमा पनि वेस्ट लिरिक को अवार्ड जितेका थिए lVideo
संगीतकार राम सिटौंलाको (सिटौंला गायकको सांगितिक गुरु हुन) एकल संगीतमा ४ वटा गीत समेटेर राईले सायद बजारमा ल्याएका हुन ।एल्बममा पप, आधुनिक तथा गजल रहेका छन ।गायक राईले यो एल्बममा संगीतकार राम सिटौंला,रबि मल्ल र यमन सुवेदीको शब्द क्रमश 'सायद तिम्रो मायामा डुबे' ,नछुइने आकाश,तिमी गयौं (गजल),अत्तर बनेर आयौं ' रहेका छन ।एशियन म्युजिक सेन्टरले बजारमा ल्याएको यस एल्बमको कभर डिजाइन अनिल स्थापितले गरेका हुन । त्यसैंगरी एरेन्जर गोपाल रसाईली,राजान ईशान,फडिन्द्र राई र सहास शाक्यले उत्ष्कृट एरेन्ज गरेका छन ।गायक राईको एल्बम सायदले आफुले सोचे भन्दा राम्रो सफलता पाइरहेको संगितकार सिटौंला बताउंछन ।प्रस्तुत छ प्रतिभावान स्वरका धनी गायक राईसंग नमस्ते नेपाल कोरिया डट कम का सह-सम्पादक ऐश्वर्य श्रेष्ठले गरेको एक कुराकानी ।
सायद एल्बमले यतिबेला निक्कैं चर्चा बटुलीरहेको छ टाइटल गीतको भिडियो रिलिजसंगैं श्रोता, दर्शकको कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
लामो समयपछि निक्कैं मेहनतको साथमा मेरो यो महत्वकांक्षी एल्बम बजारमा आएसंगैं राम्रो सफलता प्रात्त भैंरहेको छ, यसको मतलव श्रोता,दर्शकले छोटो समयमा नैं यति धेरैं माया दिनुभएकोमा अत्यन्त हर्षित छु साथैं मेरो गीतलाई धेरैं भन्दा धेरैं मन पराइदिनुभएकोमा उहांहरुप्रति एकदम आभार प्रकट गर्दछु । हिजो मात्र मिडियामा सायद तिम्रो मायामा डुबे गीतको म्युजिक भिडियो रिलिज भयो । यसले झन राम्रो कमेन्ट र प्रतिक्रिया पाइरहेको छु ।
आफु कोरियामा भएपनि यो एल्बमको प्रमोसनमा हिडन नपाएपनि सबैं मिडियाबाट सर्पोट पाएको छु । यो मेरो लागि अहोभाग्य हो । यो सफलताबाट मैंले राम्रो कामको रिजल्ट राम्रो नैं हुदोरहेछ भन्ने कुरासमेत थाहा पाए । तपाइहरुको माया ममता र न्यानो साथको लागि मुरीमुरी धन्यबाद ।
अन्य गीतको नी भिडियो तयारी गर्ने सोंचमा हुनुहुन्छ कि ?
अब चांडैं "नछोइने आकास " जुन गीत तपाईको पनि रोजाइको गीत हो जसको भिडियो निर्माण गर्ने तयारी गदैंछु ।
सायद कस्तो खालको एल्बम हो ?
सायद रोमान्टिक तथा फयुजन गीतहरुको संग्रह हो ।जसमा उत्कृष्ट शब्द,एरेन्ज, गुड कम्पोजिसन र भोकलको राम्रो सममिश्रणमा बनेको छ । म्युजिक विना हरेक काम असफल लाग्छ मलाई सो लामो समयपछि कडा परिश्रमको साथमा तयार गरेको छु यो एल्बम ।साथीभाइको सरसल्लाह र मेरो पुज्य गुरु राम सरसंगको सहयोगमा यो एल्बम तयार गर्न सफल भए । २ बर्ष लाग्ने काम २ महिनामा सके । यद्दपि कुनैं कसर बांकी राखेको छुइन ।
हतारको काम लतरपतर भन्छन नि ?
इच्छा नैं सबैं भन्दा ठुलो कुरो रहेछ । तपाईले यो एल्बम सुनेर छि भन्न सक्नुहुन्न यसको मतलव प्रत्येक सेकेण्डको मैंले सदुपयोग गर्ने कोसिस गरेको छु ।व्यस्तताको बाबजुद पनि समय निकालेर काम गदैं रियाज गरेर स्वरलाई माझीरहेको छु सिसटम्याटिकरुपले गरेपछि हरेक काम सहज र छिटो गर्न सकिन्छ । लटरपटर छैंन । पहिलो कुरा त यो सब राम सरको सहयोग र सदभावले सम्भव भएको हो ।
यो एल्बमको सवल पक्ष के हो ?
यो एल्बममा सब कुरा सबल छन् ,शब्द, संगीत, स्वर,एरेन्ज । अहिले आएर भिडियोले समेत आफनो सवल पक्षको प्रस्तुत गरेको कुरा दर्शक श्रोताको प्रतिक्रियाले पाएको छु ।
म्युजिक भिडियो कस्तो बनेको छ ?
अर्जुन अधिकारी दाइले निर्दशन गर्नुभएको यो भिडियो अत्यन्त राम्रो,गुणस्तररुपमा भिन्न बनेको छ ।
म्युजिक भिडियोताका कुनैं रमाइलो क्षण छन् ?
हा हा ( हास्दैं )
म्युजिक भिडियो सुटको लास्ट सिनको लागि पुतलीसडकको शितल छहारी रेष्टोरेन्टमा हाम्रो टिम लगभग ७ बजे सांझ पुगेको थियो ।त्यहां म्युजिकल ग्रुप नैं भेटियो । म्युजिकल कार्यक्रमको साथमा बिहानको १ बजेसम्म सुट गरेका थियौं ।अर्काे रमाइलो कुरा त सबैं जना एकअर्कालाई बेबी भनेर बोलाउने । ज्यादैं रमाइलोको साथमा भिडियो सुट गरेका थियौं ।
किन ढिलो गर्नु भो दोस्रो एल्बम निकाल्न ?
कोरिया आउनु अघि म पढाइमा व्यस्त थिए ।साथीभाइको लहैंलहैंमा कोरियन भाषा पढियो, पास पनि भए । सो कोरिया आएपछि केही ढिलो भएको हो ।
पछि नेपालमा गएर के गर्ने योजना छ ?
म्युजिकलाई निरन्तरता प्रदान गर्छु । मास्टर डिग्री गर्छु । सामजिकसेवामा समेत लाग्ने सोंच छ ।
अन्तमा दर्शक श्रोतालाई के भन्नेहुन्छ ?
धेरैं समयपछि मेहनतका साथ सायद बजारमा ल्याएको छु । एकचोटी सुनेर, हेरेर नेपाली गीतसंगीतलाई माया गरिदिनुस । आ आफनो ठाउंबाट सहयोग गर्नुहुने मिडिया, सञ्चारकर्मी, साथीभाइ, दर्शक श्रोतालाई धेरैं धेरैं धन्यबाद । यसरी नैं सधैं माया र साथ दिनुहोला ।

0 comments
Write Down Your Responses