स्याङजा परिवार कोरियाले एम्बुलेन्स किन्न नेपालमा पैसा पठायो
नमस्ते नेपाल कोरिया सम्बाददाता-
स्याङजा परिवार दक्षिण कोरियाले आफ्नो महत्त्वपूर्ण कार्यलाई पूर्णता दिदै सम्पूर्ण कागजी प्रक्रिया पुरा गरी स्याङजा जिल्ला अस्पताललाइ एम्बुलेन्स(टाटा सुमो) किन्नको लागि १%भन्सार छुट् सहित करिब १ करोड १० लाख वन नेपाल पठाएको छ।
गत छुसक सेप्टेम्बर १९ तारिखमा आधीखोला सांगीतिक सौगात भाग-४ कार्यक्रम गरी मुनाफा भएको रकम मध्ये बाट सो रकम पठाइएको कोषाध्यक्ष गुन बहादुर राना मगरले जानकारी दिनु भएको छ।गत आइतवार दोङदेमुन स्थित एक रेष्टुरेन्टमा बसेको बैठकले कागजी प्रक्रियामा लामो समय लागेकोले ढिलो हुन गएकोमा सम्पूर्ण स्याङजाली तथा नेपाली समुदाय संग क्षमा याचना मागेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय,भन्सार बिभाग लगायतका महत्त्वपूर्ण सरकारी कार्यालय बाट स्वीकृति लिनु पर्ने भएकोले यति धेरै समय लागेको अध्यक्ष मिलन राना मगरले जानकारी दिनुभएको छ।घटीमा २१ दिन र बढीमा १ महिना भित्र एम्बुलेन्स नेपाल आइपुग्ने र अस्पताललाइ हस्तान्तरण गरिने अध्यक्ष रानाले जानकारी दिनुभएको छ।
यस्तै महत्त्वपूर्ण काममा लाग्नु परेकोले परिवारको रचनात्मक गतिविधिहरु ठप्प भए जस्तो देखिए पनि परिवार आन्तरिक रुपमा सक्रिय नै रहेको सचिव दिपेन्द्र अधिकारीले बताउनुभएको छ। सामाजिक दायित्वमा अझै मजबुत बन्न निकट भबिष्यमा बृहत भेला गरी आधीखोला सांगीतिक सौगात सफल पार्न सहयोग गर्नु हुने ब्यक्ति संघ संस्था स्थानीय कलाकारहरुलाइ सम्मान पनि गरिने अधिकारीले जानकारी गराउनु भएको छ।त्यसै गरी गत सुदुर पश्चिमको भलिबल प्रतियोगितामा खेलाडीहरू अपुग भएकोले भाग लिन नपाउदा आफुहरु निकै दुखी रहेको,आगामी म्याग्दी समाज कोरियाको भलिबल प्रतियोगिता देखि निरन्तर भाग लिन गइरहेकोले प्रतिभावान ईच्छुक खेलाडीहरूले सम्पर्क गर्नुहुन खेलकुद प्रमुख धर्म गुरुङले हार्दिकताका साथ आग्रह गर्नुभएको छ।सम्पर्क नम्बरहरु
खेलकुद प्रमुख-धर्म गुरुङ 010-56652347
टिम क्याप्टेन-राजु भण्डारी 010-8803608181

0 comments
Write Down Your Responses