अव नेपालमा नै केहि गर्ने कि?
वावुराम पोख्रेललाइ हिजौ जस्तो लाग्छ रे मलेसियामा रोजगारीका लागी आएको तर आज समय कति चाडो वित्यो उनलाइ नै पत्तो भएन रे l मलेसियाको रोजगारी सकेर अहिले रोजगारीकै सिलसिलामा दक्षिण कोरीयामा छन् ।कुनै बेला पुर्वि मोरङ्गमा हास्य कलाकारका रुपमा चिनीएका पोख्रेलले स्थानिय निजी विधालयमा शिक्षण पेशा पनि गरे । तर जिवन जिउन भन्दा माथी कुनै उपलव्धी नभएको भन्दै उनि हानिए मलेसिया । २००१को सुरुवातमा नेपालीहरु पहिलो पटक मलेसियामा रोजगारीको लागी गए । ३ वर्ष सम्म मलेसियामा वसेर कुनै आर्थिक प्रगती गर्न नसकेपछि नेपालनै फर्किए । आगोको घाउ आगोले सेकाउने भन्दै फेरी मलेसिया गए । दोस्रो पटक मलेसिया गएपछि भने राम्रो कमाइ गर्न सकेका पोख्रेललाइ पानासोनिक कम्पनीले काम गरेको ४ वर्ष पछि २००९मा भएको आर्थिक मन्दीमा कम्पनीले भिषा नलगाएपछि नेपाल फर्कन वाध्य भए । पछि इपिएस परिक्षा मार्फत कोरीयामा रोजगारीका लागी पुगेका पोख्रेलले नमस्ते नेपाल कोरिया डट कमलाइ आफ्ना प्रवासका अनुभवहरु यसरि पोखे l पथरी ८ मोरङ्ग घर भएका पोख्रेलका कस्ता रहे त मलेसिया रोजगारीका ति दिनहरु उनको आफ्नौ शव्दमा l
वावुराम पोखरेल ,दक्षिण कोरिया -
मोेरङ्ग पथरीको सगरमाथा नाट्य समुहको मुख्य कलाकार भन्दा पनि हुन्थ्यो मलाइ । हास्य कलाकारका रुपमा २दर्जन भन्दा वडि नाटक मा अभिनय गरेको मैले डेढ दशक अघि वनेको सानो पर्दाको चलचित्र मा समेत अभिनय गरेभने मैले अभिनय गरेको नाटक आशुले भिजेको भाइटिका नामको नाटक त रेडियो नेपाल को क्षेत्रिय प्रशारण केन्द्र धनकुटा वाट प्रथम समेत भएर पुरस्कार समेत प्राप्त गरेका थियो । नाटकले त्यो वेला खान पु¥याउने समय नै थिएन् । पछि स्थानिय एभरेष्ट वोडिङ्गमा पढाउने काम गरे । शिक्षक का रुपमा काम गर्दा ४ हजार तलव थियो । त्यो रकम घर व्यावहारमा नै लाग्ने वचत नहुने भए पछि मैले वैकल्पीक विकल्प खोज्न थाले ।त्यहि वेला गाउका धेरै साथी हरु मलेसिया मा काम गर्न धमाधम आउन थालेका थिए । हावापानी र वातवारण राम्रो भन्ने सुनेकाले अरु देश मा भन्दा मलेसिया जाने म पनि निर्णयमा पुगे । यसै मेसोमा गाउका दाइ विष्णु गौतम काठमाडौका म्यानपावरमा एजेन्टको काम गर्थे । उनकै सम्पर्कमा काठमाडौमा रहेको सुनकोशी म्यानपावरमा मलेसियामा रोजगारीका लागी जान २००१को जुनमा काठमाडौ आइपुगीयो । डिल्ली वजार उकालोमा रहेको सो म्यानपावरमा गुरुदेव थेवे प्रमुख थिए । उनले मलेसियाको कापरमा रहेको एक गाडिको फिल्टर कम्पनीमा कामका लागी कामदारको माग आएको वताए । ४८१वेसिक भनीए पनि दैनिक ४ धण्टा ओभरटाइम हुने र १२,१३ सय आरएम सम्म कमाइ हुने थेवेले हामीलाइ वताए । मैले सुरुमा १० हजार र पछि ७५ हजार गरेर जम्मा ८५हजार रुपया जम्मा गरे । करिव ३ महिना पछि अर्थत २००१को अगस्टमा म सुनौलो भविश्यको कल्पनामा वैदेशिक रोजगार लागी मलेसियाको अन्तराष्टिय विमानस्थलमा का लागी हवाइ यात्राका क्रममा थिए । मनमा अनेकौ सपना भरिएका थिए । साच्चै भन्दा एक किसीमको नौलो अनुभव पनि भइरहेको थियो । मलेसियाको अन्तराष्टिय विमानस्थलमा उत्रिए पछि हामीलाइ केहि समयमा नै हाम्रो कम्पनीले पठाएको एजेन्टले ‘रिसीभ’ ग¥यो । पहिलो पटक विदेशको यात्रा थियो विमानस्थलवाट वाहिर निस्किएपछि मलाइ त अर्काै संसारमा आए जस्तो पो लाग्न थाल्यो । फराकिला वाटा नै मेरो दिलदिमागमा वस्यो । त्यसो त मेरो लागी विदेश भएकाले पनि होला वास्तवमै नौलो संसार थियो ।करिव डेढ धण्टा पछि कापरमा रहेको अटो फिल्टरमा रहेको होस्टलमा पु¥याइयो । हामी त्यो वेला १४ जनालाइ एउटा होस्टल दिइएको थियो । एउटा होस्टल त्यो पनि टहरो अनि ओच्छाइएका प्लाइ देख्दा लौ दुःख पाइएछ जस्तो । भान्सा दिइएको थियो तर खान भने आफै पकाउनु पर्थे ।
भोलीपल्ट काममा लगियो । त्यहा काम गर्ने भन्दा पनि पहिलो पल्ट भएकाले त्यहाका मेशिन र काम का प्रकार वारे वताए । पुराना वंगाली थिए काम गर्ने । भोली पल्टवाट काम मा गए । निकै अर्काै अनुभव व्योहोरे । मेरो काम पेपर को मेसिन चलाउने थियो । सो मेसीन चलाउने एक चिनीया पनि थियो भने वंगाली पुरानो भएकाले मेसिन चलाउने र सो मेसीन सिकाउने त्यही वंगाली थियो । सोहि कम्पनीमा मैले ३ वर्ष काम गरे । ४८१ आरएम वेसिक थियो कम्पनीमा ओभरटाइम भने थिएन् । तर कम्पनीले लेविका रुपमा १०० आरएम काट्थियो । जम्मा ३८१ आरएम थियो कमाइ थियो कति सम्म मानसिक तनाव थपिएको थियो । घरमा ४,५ हजार कमाइ गर्दै आएको जागीर छोडेर आएको म यहा त्यहि वरावरको कमाइ थियो । कति तनाव थियो त्यो वेला मलाइ मात्र थाह छ २८ महिनामा मात्र आएको ऋण तिर्न सके ।
मेरो प्रवासको वसाइको पहिलो हप्ता नवित्दै मेरो जिवनमा नविर्शिने घटना आइपुग्यो । सडक दुर्घटनामा म संगै आएका ताप्लेजुङ्ग घर भएका लाल वाहदुर गुरुङ्गलाइ हामीले सधैका लागी गुमाउन पुग्यौ । संगै काम का लागी ड्युटिमा गएका हामी वाटो काट्ने क्रममा थियौ त्यहि वेला सडकमा आएको एक सवारीले लाल लाइ ठक्कर दियो । घाइते भएका उनलाइ केहि समय पछि अस्पताल त पु¥याइयो तर तिन दिन पछि साथीको मृत्यु भएको कम्पनीको म्यानेजरले जानकारी दियो । त्यो वेला कति समस्यामा परे होला मलाइ नै थाह छ । हामी सवै साथी शोक मा पर्याै । संगै आएको साथीको यो अवस्था हुदा को पो दुःखी हुदैन होला र ?
एक तिर ओभरटाइम नपाएर समस्या त्यो माथी घर वाट ऋण तिर्नका लागी आएका पत्र । कति तनावमा थिए भने मेरो दिमागले किन मलेसिया आए भन्ने मात्र सोच्न पुग्थे । भाषा का रुपमा भएको समस्याले पनि एक किसीमको तनाव नै भरिएको थियो । पछि एक वर्ष पछि काममा राम्रो गरेको भन्दै लाइन लिडरको भुमीका दियो तर पैसा वडाउने कुरै थिएन् । काम त सजिलो थियो तर पैसा कमाइको हिसावमा अत्यन्त न्युन । सो वारे नेपालवाट आएको म्यानपावरमा पटक पटक जानकारी गराए । पहिले त समस्या सामाधानका लागी पहल भइरहेको वताउथे पछि त हाम्रो फोन रिसिव नै नगर्ने फ्याक्स गरे त्यसको जवाफ नै नदिन गर्न थाले । वेला वेला त तिनका नियती देख्दा कम्ता रिस उठदैन थियो तर के गर्ने वाध्यतावस हामी अरुको वधुवा भएका थियौं ।
गाउका साथी भेटने त परैको कुरा नेपाली संग भेटदा नि नेपाल नै पुगे जस्तो हुन्थ्यो त्यो वेला । पैसा वचाएर पठाउने रेमिटेन्स थिएनन् । अहिले जस्तो समस्या सुन्ने राजदुतवास पनि थिएन पिजेमा काउन्सीलर थियो भने त्यसकै आसपासमा पछि आइएम इ ले रेमिटेन्सको काम गर्न थाल्यो । त्यो भन्दा पहिला हुन्डी वाट पैसा पठाइन्थ्यो । कति साथीको त पैसा नै हराएको कुरा गर्थे हुन्डी वाट पैसा पठाउदा । यता घरमा हाल खवर गर्न अहिले जस्तो मोवाइल को सुविधा थिएन भन्दा पनि पहुच पुग्न सकेको थिएन् । एक मिनेट फोन गर्दा पनि ४ आरएम तिर्नु पथ्यो । नेपाली भाषाको पत्रिका का रुपमा श्रम साप्ताहिकले प्रकाशन सुरु गर्दा अव मलेसियामा पनि आफ्नौ भाषाको पत्रिका पढदा कम्ती खुसी लाग्दैन थियो ।
एक पटक आफ्ना गाउका साथीहरुले मलाइ वहा हरु वसेको स्थानमा वोलाउनु भयो मलेसिया आएको करिव ६ महिना पछि त्यो वेला मेरो जिवन कै खुसीको क्षण थियो । वासु काफ्ले,शिव रिजाल,लोक उप्रेती,सुवन याखा,राम खडका,राजन खनाल लगायतका साथीहरुलाइ भेटदा म आफ्नौ गाउमा पुगे जस्तो भान भइरहेको थिए । यस्तो अवस्था फेरी पनि आउस भनेर मैले कामना गरे । कति सम्म कि ति गाउले साथी संग छुटिएर नहिडु नै भएको थियो तर के गर्ने ।
त्यहि वेला क्लाङ्गमा ४ पटक इन्डोनेसिया र तामिल समुहका मान्छेको आक्रमणमा परे । ४० हजार जति नेपाली रकम र मोवाइल सेट सोहि आक्रमणमा लुटाए । के गर्ने सुन्दर भविश्यको कामना गरेर विदेश आइन्छ तर महिना भरि श्रम गरेको रकम पनि अरुले नै लुटछन कस्तो सुरक्षा होला मलेसियामा । विदेशका कामदारले कहिले सुरक्षित महसुस गर्ने । त्यो कम्पनी वाट भनेको कमाइ त के ऋण मात्र तिर्ने रकम पनि जेनतेन कमाइ गरेपछि म २००५को जनवारीमा नै घर गए । आगोले पोलेको घाउ आगोले नै सेकाउने भनेर अरु देश नजाने तर मलेसियाको राम्रा कम्पनी वाट भिषा आए मलेसिया जाने तरर्खरमा थिए । त्यही वेला हाम्रौ गाउका साजन कटुवाल ले काठमाडौको कुलेश्वरमा एराउण्ड ओल्ड ओभरसिज खोलेका थिए । दाइले मलेसियाको शाहलम स्थीत पानसोनिक कम्पनीमा कामदारको माग आएको जानकारी गराएपछि दौडेर म काठमाडौ पुगे । कम्पनीका मानिस नै आएर अन्तरवार्ता लिदा रहेछन । मलेसिया वसेर फर्केको मैले मलायु भाषामा नै कुरा गरे । उनीहरुले मलाइ पहिलो प्राथमिकतामा राखेर नाम निकालेछन् । करिव ९० हजार तिरेर म शाहलमको सेक्सन २२मा रहेको पानासोनिक मोटर क्वाइल कम्पनीमा काम गर्न आइपुगे २००५को मे मा । सो कम्पनीका वारेमा त्यहा रहेका नेपाली संग मैले पहिला पनि वुझेको थिए त्यहि भएर पनि म त्यहा आएको थिए । हामीलाइ अर्पाटमेन्ट को व्यावस्था थियो । कम्पनीमा एयर कम्प्रेशर को क्याइल वन्ने गरेको थियो । काम त्यति गाहे थिएन् । कमाइ पनि राम्रो थियो । महिनामा २८५०आरएम सम्म पनि कमाइ गर्न सके । ३ वर्षको अवधिमा एक पटक घर पनि पुगे कमाइ पनि राम्रो थियो । पुरानो घर भत्काएर गाउमै मैले २ वटा घर वनाए गाउमा नै ५ कठा जग्गा पनि किने भने केहि रकम जम्मा पनि गरे । तर २००९मा भएको आर्थिक मन्दिको मारमा म पनि परे । कम्पनीले पुराना कामदारको भिषा नविकरण नगर्ने भएपछि घर फर्किनुको विकल्प भएन । म २००९को मे मा घर फर्के । गाउ गएर शिक्षक अनुमती पत्र को परिक्षा दिए । अधुरो पढाइ पुरा गर्न लागे । शिक्षकको परिक्षा पनि पास गरे अनि जागीरको खोजीमा लागे तर भेटिएन जागीर कहाँ सजिलौ पाइन्छ र ? अनि त्यहि वेला कोरीयाको इपीएस परिक्षाको तयारीको कक्षा सुरु भएको थिए म पनि भाषा कक्षामा सामेल भए अनि परिक्षामा पनि त्यहि वेला भएको परिक्षा पास गरे तर लामो समय पनि हामीलाइ उडाउने कुरै थिएन कति पटक त आन्दोलन नै गर्नु प¥यो । पछि २०१३को अगस्टमा दक्षिणकोरीया काम का सिलसिलामा आइपुगे । यहा आएर प्लाष्टिक रिसाइक्लिीन कम्पनीमा कार्यरत छु । कोरीया र मलेसिया विच केहि तुलनात्मक फरक छन् । हावा पानीमा त मलेसिया राम्रो छ तर त्यहा कामदारको सुरक्षा छ्रैन । वाटो मा नै लुटिने त्रास वोकेर हिडनु पर्छ । यति मात्र होइन मलेसियामा धेरै नेपालीलाइ भनेको काम नदिने र भनेको तलव नदिने समस्या छ । नवुझीकन रोजगारीका लागी मलेसिया गए ठगीने सम्भावना धेरै हुन्छ । कम्तीमा यस वारे सोच्नु जरुरी छ ।
अवका केहि वर्ष कोरीयामा नै विताउछु अनि त्यस पछि नेपाल फर्केर कृषि पेशामा लाग्छु परम्परागत पेशा भन्दा अलि फरक रहेर म कृषि पेशा गर्छु । हुनत कलाकारीतामा भविश्य नभएरनै विदेशिएको हु तर पनि पछि केहि अवसर मिले कलाकारीता पनि गर्ने रहर छ मेरो । हाम्रो देशमा भएको श्रोतको पहिचान गर्न नसक्नुनै हाम्रो कमजोरी रहेछ । कसरी हुन्छ अव ति श्रोतको पहिचान गर्ने काम गर्ने छु । युवाको वैदेशिक रोजगार विकल्प भने होइन तर देशमा भएको राजनितीक गडवड अनि राम्रा होइन हाम्रा खोज्न प्रचलनले पनि देशका शक्ति युवा वर्ग अर्काको भुमीमा काम गर्न वाध्य छ आज यस प्रति अव हामी पनि सोच्नु पर्छ जागीर मात्र होइन व्यावसाय पनि केहि गर्ने कि भनेर तर त्यसको लागी वातावरण वनाउने चै सरकार नै हो जस्तो लाग्छ । आज विदेश आएका युवा राम्रो काम भनी रहेका छन् । उनीहरुले कम्पनी कस्तो हो । कन्टाक पेपरमा के लेखेको छ भनेर हेर्ने गरेका पाइदैन कम्तीमा हावाको तालमा एजेन्टको भरमा भने विदेश जाने काम वन्द गर्ने हो भने पनि यो समस्या वाट केहि हद सम्म मुक्ती हुन्छ । म संगै काम गरेका साथी हरु पनि आज मलेसियामा कार्यरत हुनुहुन्छ वहा हरुलाइ मेरो भन्नु के छ भने अव देश फर्कियौ देशमा नै केहि गरौ । हामीले विदेश वसेर नै घर परिवार भुल्नु हुदैन घर परिवारले तपाइको भर परेको छ । कम्तीमा विदेशको रमझममा परेर देश चै नभुल्यौ ।

0 comments
Write Down Your Responses