अमेरिकी राष्ट्रपति बाराक ओबामा दक्षिण कोरियामा

नमस्ते नेपाल कोरिया डट कम-
अमेरिकी राष्ट्रपति बाराक ओबामा जापानको  भ्रमणपछि दक्षिण कोरिया पुगेका छन् ।
राजधानी सउलमा राष्ट्रपति ओबामाले दक्षिण कोरियाका राष्ट्रपति पार्क गेयुन हेईसँग भेटवार्ता गरेका छन् । दुई नेताबीचको भेटमा उत्तर कोरियाले गर्न लागेको मिसाइल परीक्षणलगायत राजनीतिक, आर्थिक र व्यापारिक विषयमा छलफल भएको कोरियन संचार माध्यमहरुले जनाएको छ  । ओबामाले दक्षिण कोरियामा हालै भएको पानीजहाज दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरेका छन् ।

ओबामा दक्षिण कोरियापछि मलेलिया जाने छन् । जापान, दक्षिण कोरिया, मलेसिया र फिलिपिन्सको साताव्यापी भ्रमणमा रहेका ओबामाले मलेसियापछि फिलिपिन्सको भ्रमण गर्नेछन् ।

0 comments

Write Down Your Responses

-->