बाग्लुङ्गद्वारा २ बिरामी र रेडक्रसलाई सहयोग, भोजेन्द्र कंडेललाई बिदाई -

यम श्रीस मगर ,दक्षिण कोरिया-
बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरियाको सल्लाहकार सुवाश लामीछानेको बिशेष पहलमा बाग्लुङ्ग जिल्ला रेश गा.बि.स की शुष्मा कार्की किड्नीको बिरामी भई काठमाण्डौंको एक अस्पतालमा उपचार गराईरहेकोले उनको उपचारको लागी रु ५०००० संकलन गरि गत महिना चैत्र मा सल्लाहकार शुवाश लामीछानेले काठमाण्डौंमा भेट गरि हस्तान्तरण गरिएको जानकारी समितिका अध्यक्ष तारा के.सीले बताएका छन्।

 हृदयदेखी सहयोग गर्ने सम्पुर्ण मन हरुलाई समितिले हार्दिक धन्यबाद ज्ञापन गरेकोछ।
१.बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया १०००००।००
२.सुवाश लामीछाने सल्लाहकार बा.स.स १०००००।००
३.तारा के.सी अर्जेवा ४००००।००
४.लक्ष्मण खत्री सल्यान ३००००।००
५.याम खत्री सल्यान २००००।००
६.गणेश खत्री बाटाकाचौर २००००।००
७.प्रेम थापा बाटाकाचौर २००००।००
८.लोकेन्द्र क्षेत्री बाटाकाचौर २००००।००
९.गोबिन्द थापा रेश २००००।००
१०. दिलिप के.सी नरेठांटी २००००।००
११.छानु चन्द बोहोरागांउ २००००।००
१२.तिलक भण्डारी मगर हरिचौर १००००।००
१३.नबिन काला हरिचौर १००००।००
१४.अशोक पुन हरिचौर १००००।००
१५.थमन काउचा हरिचौर १००००।००
१६.दोरन पुन नरेठांटी १००००।००
१७.रन बहादुर पुन लेखानी कादेश १००००।००
१८.शंकर रोका लेखानी १००००।००
१९.नगेन्द्र थापा बा.न.पा १००००।००
२०.टिका नेपाली अमलाचौर १००००।००
२१.यम श्रीस दुदिलाभाटी १००००।००
२२.भगवान छन्त्याल बोङ्गादोभान १००००।००
२३.राम प्रशाद शर्मा जैदी १००००।००
२४.अर्जुन थापा पैयूंथन्थाप १००००।००
जम्मा ५४०००० वन अर्थात नेपाली ५०००० रुपयाँ।
त्यसै गरि बाग्लुङ्ग भीमपोखरा गा.बि.सका रेशम आलेमगर बोन क्यान्सर पिडित भएको र उपचारको क्रममा भारत रहेकोले उनको उपचारमा सहयोग गर्नको लागी बाग्लुङ्ग सम्पर्क समिति कोरियाका नगेन्द्र थापा मगरको पहलमा ३०००० रुपयाँ अर्थात ३४५००० वन संकलन गरि पठाइएकोछ।सहयोग गर्ने सम्पुर्ण महानुभावहरुलाई समितिले बिशेष धन्यबाद प्रकट गरेकोछ।
१ बाग्लुङ्ग सम्पर्क समिति कोरिया १००००० वन
२ नेपाल मगर संघ कोरिया १७५००० वन
३ नगेन्द्र थापा मगर बा.न.पा २५००० वन
४.जीवन श्रीस २५००० वन
५.छबि पुन २०००० वन
जम्मा ३४५००० वन।

यसै बीचमा गत हप्ता अर्थात अप्रिल २० तारिखका दिन बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरियाको समाजसेवाको अभियानमा बिशेष सहयोग गर्ने बाग्लुङ्ग कांडेबास निवासी भोजेन्द्र कंडेल आफ्नो रोजगारको अवसरमा १० बर्ष कोरियामा कार्यरत रहि नेपाल फर्कनु लागेकोले समितिको पदाधिकारीहरुले एक अनौपचारिक तरिकाले बिदाई तथा सम्मानका साथ शुभयात्राको कामना गरेकाछन्। समाजसेवी भोजेन्द्र कंडेलले बाग्लुङ्ग सम्पर्क समितिको हरेक गतिबिधिलाई अत्यन्त सकरात्मक सोचका साथ आर्थीक भौतिक र नैतिकरुपमा सक्दो सहयोग गरेका थिए।साथै धौलागिरी अञ्चल अस्पताल बाग्लुङ्गमा स्थापना गरिएको अक्षयकोष निर्माण गर्नको लागि,त्यसै गरि गल्कोटबाट संचालन गरिने एम्बुलेन्स संचालन अक्षयकोष निर्माण गर्न उल्लेखनिय रुपमा सहयोग गरेका थिए। बिबिध फुटकर सहयोगको साथै बाग्लुङ्ग सम्पर्क समितिको आर्थीक अवस्थालाई दरिलो बनाउनको लागि २ बर्ष सम्मको लागि २०००००० वन बीस लाख वन चलाउन दिएका थिए ।जसबाट २ बर्षमा ८ लाख वन ब्याज संस्थाले प्राप्त गर्न सफल भएको थियो।यसरी मनैदेखी सहयोग गर्ने समाजसेवी भोजेन्द्र कंडेलको उच्च प्रगतिको साथै आगामी दिनमा पनि आफू रहेको ठाउँमा सक्दो सहयोग गनुहुनेछ भन्ने आशा समितिले लिएकोछ। बिदाई कार्यक्रममा समितिका अध्यक्ष तारा के.सी,बरिष्ठ उपाध्यक्ष यम श्रीस,कोषाध्यक्ष यम खत्री,सदस्यहरु डिलाराम खरेल,राम प्रशाद शर्मा,होम बहादुर खत्री त्यसै गरि संरक्षक बिपिन गुरुङ्ग,बरिष्ठ सल्लाहकार खडग पुन ,नेपाली जन सम्पर्क समितिका सभापति नवराज शिवाकोटी,बौद्ध परिवारका अध्यक्ष ईश्वर गुरुङ्ग र स्याङ्गजा परिवारका अध्यक्ष मीलन रानाको समेतको उपस्थितिमा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरिएको थियो।
त्यसै गरि बाग्लुङ्ग बजारमा रेडक्रस सोसाइटीलाई रु ३ लाख सहयोग प्रदान।
 आपतकालिन अवस्था तथा दैबि प्रकोप र प्राकृतिक प्रकोपमा नेपाल रेडक्रस सोसाइटिको सेवा अतुलनिय छ।दीन दुखी र आपतकालिन अवस्थामा रहेका बिरामीहरुलाई एमबुलेन्स सेवा प्रदान गर्दै आएको रेडक्रसको बाग्लुङ्ग जिल्ला शाखाको एमबुलेन्स मर्मत गर्न तथा भवन निर्माण गर्नको लागि यस समिति बाट रु ५०००० र समितिका सल्लाहकार शुवास लामिछानेको बिशेष पहलमा रु २५००००।०० अर्थात ३०००००।०० तिन लाख रुपयां संकलन गरि बाग्लुङ्ग बजारमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको २४ औ अधिबेशनको अवसरमा प्रमुख अतिथि रहेका बाग्लुङ्ग जिल्लाका प्र जि.अ बलदेव गौतम मार्फत यस बाग्लुङ्ग सम्पर्क समितिका पदाधिकारीहरु सल्लाहकार शुवाश लामिछाने,पुर्व अध्यक्ष पुर्ण काउचा र सदस्य नमु खत्रीको बिशेष उपस्थितिमा गत २०७० चैत्र २८ गतेका दिन रेडक्रस शाखाका अध्यक्ष जब्बर ब. लामीछानेलाई नगद हस्तान्तरण गरिएकोछ । तत् पश्चात बाग्लुङ्ग सम्पर्क समितिको उच्च मुल्याङकन गर्दै रेडक्रस शाखाले पनि सम्मान गरेको थियो।

0 comments

Write Down Your Responses

-->