कोरियामा नेपालीहरुले सञ्चयकोष पाउलान त ?
पुस्प लामिछाने -सउल ,दक्षिण कोरिया l
विदेशी श्रमिकहरुलाई कोरिया सरकारले नेशनल पेन्सन सर्भिस (कुक्मिन) दिने ब्यवस्था भए पनि हालसम्म कोरियामा कार्यरत नेपाली श्रमिकहरुले उक्त सुविधा पाएका छैनन् । श्रमिकको तलबबाट ४.५ प्रतिशत र रोजगारदाताबाट ४.५ प्रतिशत मासिक रुपमा जम्मा गरिएको एकमुष्ठ रकम नै नेशनल पेन्सन सर्भिस (कुक्मिन) हो । यसरी मासिक रुपमा जम्मा भएको रकम र जम्मा भएको रकमको ब्याज सहित स्वदेश फर्कने बेला श्रमिकले एकमुष्ठ रुपमा प्राप्त गर्दछन् ।
नेपाल जस्तै कुनै पनि राष्ट्रले विदेशी नागरिकहरुलाई उक्त सुविधा उपलब्ध गराएको खण्डमा कोरिया सरकारले पनि सो सुविधा प्रदान गर्ने यहाँको कानूनमा उल्लेख छ । नेपालको कानूनमा पनि संस्थान अथवा कानूनी रुपमा दर्ता भएको कम्पनीले सञ्चयकोष जम्मा गर्न पाउने प्रावधान छ । नेपालको कानुनलाई कोरियाको कानुनसँग आधार मानेर हेर्दा कोरियामा नेपालीहरुले सञ्चयकोष अर्थात कुक्मिन पाउने देखिन्छ । तर यसका लागि दई राष्ट्रबिच सम्झौता हुनुपर्दछ ।
आगामी जुलाइमा नेपाल र कोरियाबिच इपिएस श्रम सम्झौता हुदैछ । उक्त श्रमसम्झौताका लागि इपिएस कार्यलयले नेशनल पेन्सन सर्भिस सहित अन्य ३ सुविधा थप गर्ने गरि श्रम सम्झौताको मस्यौदा तयार गरेको जानकारी गराएको छ ।
मस्यौदा बमोजिम दुइ राष्ट्रबिच सम्झौता भए नेपाली श्रमिकहरुले नेशनल पेन्सन सर्भिस (कुक्मिन)को सुविधा पाउनेछन् । कोरियामा इपिएस मार्फत आउने १५ राष्ट्र मध्ये हाल ७ वटा राष्ट्रका श्रमिकहरुले यो सुविधा प्राप्त गर्दै आइरहेका छन् ।
- हेनेको

0 comments
Write Down Your Responses