एनआरएन कोरिया अध्यक्षका उम्मेदवार यज्ञराज सुबेदीका योजनाहरु


एनआरएनए कोरियाको सातौँ अधिवेसनमा अध्यक्ष पदमा कोरियामा मजदुर नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सहयोगीको रुपमा परिचित यज्ञ राज सुबेदीले उमेद्वारी दिने भएका छन् । एनआरएनए दक्षिण कोरियाले सातौँ महाधिवेसन आगामि सेप्टेम्बर २१ र २२ मा गर्ने गरी मिति तय गरिसकेको छ l कोरियामा बिभिन्न सामाजिक कार्यमा बिगत झन्डै तिन दशक अग्रसर रहदै नेपालीहरुको हितमा कोरियामा सदा लागिरहन र कोरियामा सरकारी तथा गैर सरकारी निकाय सगको निरन्तर साथ सम्बन्ध नेपाल र नेपालीका निम्ति उच्चतम सदुपयोग गर्न चुनावमा अमुल्य मत दिएर साथ सहयोग पुर्यईदिनुहुन सबै नेपाली माझ अनुरोध गर्नुभएको छ l नेपाल र नेपालीका निम्ति सदा झैँ निरन्तर अझ कोरियामा विभिन्न निकाय संघ सस्था हरु इपिएस मजदुर सबैमाझ एकता सद्भावना बढाएर सक्रिय भै निस्वार्थ भावानामा "साझा नेतृत्व मजदुर मैत्री सदभाव र एकता -स्वच्छ सबल र सक्षम यात्रा नै एन आर एनको आवश्यकता " मार्फत सामाजिक गतिविधिमा अगाडि बढ्न लागेको खबर मार्फत कोरियामा रहेका सरकारी गैर सरकारी साथै बिभिन्न निकायहरु बाट समेत हाल नेपाल र नेपालीका हितका निम्ति साथ सहकार्यको लागि सम्झौता प्रस्ताबहरु आईरहेको जनाउदै सो महत्वपूर्ण अवसर सदुपयोग गर्ने बातावरणका निम्ति हार्दिक अपिल गर्नुभएको छ l

एनआरएनए कोरियाको नेतृत्वमा वहाका  प्राथमिकताहरु : 

सउलमा एक केन्द्रीय कार्यलयको स्थापना गरी नेपाली मजदुरहरुलाई सिप, व्यवसायिक तालिम पुँजीको लगानीबारे स्टार्टअप तालीम को ब्यावस्था गर्दै दैनिक समस्या समाधनको लागि नेपाली दूतावास, स्थानीय ममाइग्रेंट सेन्टर, र एन आर एनए क्षेत्रिय कमिटीहरुको बीचमा नेटवर्क बनाई समस्या कलेक्सन र समाधनकोलागि पहल गर्ने र मानवआधिकारवादी वकीलहरुको संस्था “प्रजातान्त्रकोलागि वकीलहरुको महासंघ“ जस्ता संस्थाहरु सँग एमओयु सँग समन्वय गरी कानूनी सहयोग गर्ने, जुन अहिले पनि हामीले स्थानीय रुपमा गरिरहेको छ । विशेष गरेर नेपालीहरुको स्वास्थ समस्यामा सहयोग गर्न कोरियास्थित नेपाली डाक्टरहरुसँगको नेटवर्क र क्षेत्रीय स्तरका भाषा अनुवादक स्वयंसेवीहरु तयार गरिने र भिडियो कल सिस्टमको आधारमा नेपाली डाक्टरहरुको सेवा लिन पहल गर्ने योजना छ । त्यसकालागी परीक्षण पनि भईसकेको छ । जून काम मैले किम्हे माइग्रेंट हाउसबाट गर्ने बिचारमा थिएँ तर एन आर एन को व्यानरमा गर्न पाए झन असल हुने निर्णय मा पुगेको छु । त्यस्तै नेपाली मुलका कोरियन र उनीहरुको परिवारलाई नेपाल र नेपाली भाषा संस्कृति सिकाउने र नेपाली उद्योगपति र कोरियन उद्योगपतिहरुको बीचमा नेपाल उद्योग बणिज्य महाशंघ र कोरिया उद्योग बणिज्य महाशंघको बीचमा भ्रमणहरु गराई लगानी र पर्यटन को विकासमा सहयोग गर्ने जुन काम पनि मैले  स्थानीय  स्तरमा गरिरहेको हो ।  साथै हाल कोरियाका स्थानीय निकाय मा सत्तारूढ दल को राम्रो पकड़ भएकोले नेपाल र कोरियाका स्थानीय निकाय बीच को सम्बन्ध जोड़ने काममा मेरो प्राथमिकता रहने छ ।

एन आर एन सम्बन्धि थप योजना आवस्यकताहरु 

१, कोरियामा साधारण तया स्थानीय निकाय अथवा सरकारी गैर सरकारी निकाय हरुसंग काम गर्ने कुनै पनि संस्था भन्नाले उसको आफ्नो अफिस , फोन नम्बर, ठेगाना र नेतृत्व को चार्ट भएको हुनु पर्छ र त्यसलाई स्थानिय निकाय वा सम्बन्धित मन्त्रालय मा दर्ता गरिएको हुनु पर्दछ। २, सामाजिक संस्था संचालन को आधार भनेको यसका सदस्य हरु हुन र संस्थाको सदस्य हुन तोकिएको शर्त पुराभएका इक्छुक हरुले आबेदन गरि नियमित सुल्क अथवा बार्षिक एक मुस्ट तिरेको हुनु पर्छ, जसको लागि सम्बन्धित ब्यक्तिको बैंक खाता बाट नियमित कटिने CMSसिस्टम को ब्यबस्था गर्नु पर्ने हुन्छ। अथवा निश्चित समयमा खाता बाट स्वत काटिने ब्यवस्थापन गर्नु पर्ने हुन्छ। ३, संस्थाको निर्वाचन लाई प्रभाब पार्ने गरि कुनै ब्यक्ति वा समूहले सामूहिक र एकमुस्ट सुल्क दिने र निर्वाचन को बेला मात्र सदस्य्ता दिने चलन लाई बन्द गरि अधिबेसन को ६ महिना अगाडि सम्म मात्र सदस्यता वितरण गर्ने ब्यवस्थापन गर्नु पर्ने देखिन्छ। ४, प्रत्येक क्षेत्र हरुलाई परिचालन गरि क्षेत्रिय अधिबेसन मार्फत निश्चित सदस्य संख्या को आधारमा राष्ट्रीय अधीबेसन प्रतिनिधि छान्ने र नीतिनिर्माण मा सहभागी गराउनु पर्ने र क्षेत्रीय स्तरमा निर्वाचन बूथ को ब्यवस्था गरि सबै सदस्य हरुलाई निर्वाचन मा भाग लीन पाउने ब्यवस्था गर्नु पर्ने हुन्छ। ५ , पुराना र अनुभबि एन आर एन अभियान मा रहेका सबै अगुवा हरुलाई सम्मान गर्दै एक स्थायी ब्यबस्थापन समिती बनाई नीतिनिर्माण र ब्यबस्थापन मा सहभागिता गराउनु पर्ने हुन्छ। ६, सामूहिक आफिस नेपाली माइग्रेन्ट सम्पर्क कार्यालय को अबधारणा बनाई कोरियामा रहेका सबै प्रकार का संघ संस्था हरुलाई आफ्नो अभियान गर्न ब्यबस्थापन मा र त्यस्ता सस्थलाई आबस्यकता अनुसार स्थानीय कानून अनुसार गतिविधि गर्न सहयोग गर्नु पर्ने देखिएको छ।


प्रकाशित मिति :०९ सेप्टेम्बर २०१९ कोरिया 

,

0 comments

Write Down Your Responses

-->