कास्की परिवारद्वारा अगस्ट २५ मा तिजको सुमधुर तयारी

पुरन गुरुङ
१८ अगस्त २०१९ कोरिया   नेपाली नारिहरुको महान पर्व हरितालिका तीज को शुभअवसर पारेर कास्की परिवार कोरियाले कोरियामा रहनुहुने सम्पुर्ण कस्केली चेलीबेटी तथा शुभचिन्तकलाई सामुहिक दर खुवाउने कार्यक्रम सदा झैँ आगामी अगस्त २५ तारिख आइतबार राखिने तयारी तिब्र भएको छ। उक्त अवसरमा मिष्ठान्न दर सहित तिज विशेष कार्यक्रम तोङ्देमुन स्थित आगमन रेष्टुरेन्टमा आयोजना गरिने भएको छ। कार्यक्रममा नेपाली मौलिक परम्परागत मिष्ठान परिकार “दर”को साथमा स्थानिय कलाकारहरू रमिला गौतम,पुरन गरुङ,इन्द्र बराल लगायत अन्य चर्चित कलाकारहरूको बेजोड प्रस्तुति सहितको सांस्कृतिक कार्यक्रमहरु रहनेछन
कास्की परिवार ले आयोजना गर्ने उक्त कार्यक्रम मा कोरियामा रहनु हुने सम्पुर्ण पेसाकर्मी विद्यार्थी तथा व्यवसायी कस्केली चेलीबेटी हरु लगाएत इच्छुक सम्पूर्ण सहयोगी -शुभचिन्तक नेपाली दिदीबहिनी तथा दाजुभाइ हरु लाई उपस्थित भइदिनु भै कला सस्कृति रितिरिवाज आपसी भाइचारा तथा भातृत्व बढाउन सहयोग गरिदिनु हुन सस्था का अध्यक्ष सुरज गुरुङ ले आग्रह गर्नु भएको छ। “संगठित समुह नै परदेशको साहारा हो।” भन्ने नारालाइ आत्मासाथ गर्दै यस संस्थाले प्रवासी भुमीमा छरिएर रहेका कास्केलीहरूलाइ संगठित गर्दै र विशेष गरि कोरियामा कार्यरत कास्केली चेलीहरूको सम्मान स्वरूप यस किसीमको कार्यक्रम गर्दै आईरहेको छ

,

0 comments

Write Down Your Responses

-->